नव सृर्जना


मलाइ आज रुन देउ
मैले रोएर नै दिन काट्नु छ
आशुमा नै डुबेर सबै पीर व्यथा भुल्नु छ
किन की म नव सृर्जनामा डुब्नु छ ।


##############

खान नदेउ मलाइ थोत्रा आश्वासन्हरु
म स्वप्न कल्पनालाई निल्न सकू
लै- लै मा हैन म यथार्थता पहिलाउनु छ
किन की म नव सृर्जनामा लाग्नु छ ।

#############

तिमी किन गर्छौ त्यत्रो जात्रा
लेउ है आ-आफ्नो मात्रा,
नहौँ पराई एउटै परिवारका -हामी ,
किन की हामी नव सृर्जनामा जुट्नु छ ।

############

हिलो हलो नगरी हुन्न भलो
हिंसा ह्त्या ले मेरो मन गलो,
आऔं जाऔं सबै हामी मिली
किन की हामी नव सृर्जनामा बाच्नु छ ।

5 comments:

  1. कुरोको चुरो त ठिक हो बेदनाथ जी
    "नव सृजनामा लाग्नु छ"।
    पहिलो सटान्जामा आफै रोएर नै नव सृजनामा लाग्ने कुरामा डुब्नुभो।

    दोस्रोमा भ्रमसँग बच्दै वास्तविकता ठम्याउँदै नव सृजनातिर लम्किनुभो।

    तेस्रोमा 'बढी नहुँ' भन्ने आदेशसँगै मेलमिलापमा नव सृजना लाग्न अरुलाई पनि आग्रह गर्नुभो।

    तेस्रो आग्रहलाई झन् बलियो पार्दै अन्तिममा टुङ्ग्याउनु भो। गज्जबले 'म'देखि 'हामी'मा पुगेर नब सृजना गर्नुभो।

    कविताबारे मलाई खासै कखरा पनि थाह छैन बेदनाथ जी। अन्यथा नलिनुहोला मनमा लागेको कुरा भन्दैछु एउटा साथीको नाताले। वास्तविकता झल्केको र भाव राम्रो भइकन पनि तपाईका अन्य कविताझै यो कविताको शब्द चयन र प्रयोग मलाई खास मन परेनन्। कताकता अलिक खल्लो झैँ भयो पढ्दाखेरी। मतलब नब सृजनाको कुरा भएपनि तपाईको सृजनाका राम्रो सृजनामध्येमा मैले यसलाई राखिन है माफ गर्नुहोला।

    ReplyDelete
  2. मैले देखेको, तपाईको कवितामा प्राय: कुनै शन्देस हुन्छ ।

    यसमा पनि मैले त्यस्तै कुरा भेटेको छु । पक्कै पनि नव सृजना त गर्नु नै छ ।

    दोस्रो पाउको पहिलो हरफमा भने 'खान नदेउ' को सट्टा 'नखुवाउ' राख्दा कसो होला! (हुन त तपाईले कुन भावमा लेख्‍नु भयो र मैले कुन भावमा पढें हगी!)

    ReplyDelete
  3. बेदनाथ जि नवसृजना राम्रो नै लाग्यो मलाई त ।

    नयाँ हो केहि तलमाथि त भै हाल्छ नि ।

    ReplyDelete
  4. बेदनाथजी, राम्रो छ यो कविताको भाव। निकै आशावादी लाग्यो। तर शुरुमै 'रोएर दिन काट्नु' र 'नव-सृजनामा डुब्नु' को संयोजन अलि मिलेन जस्तो लाग्छ। साथमा दिलिप दाइले भनेजस्तै केहि भाषिक परिमार्जनको जरुरत त छँदैछ।

    ReplyDelete
  5. सर्ब प्रथम त - सबै लाइ धेरै धेरै धन्यवाद ! - कमेन्ट को लागी ।

    सबैले सुधार लागी जोड दिनु भएको रहेछ - म त्यसलाई सुधार गर्ने प्रयास राख्ने छू र यहाँ तपाईहरुले भन्नु भए जस्तै'रुनु र नव सिर्जना मा लाग्नु विरोधाबास पकै भएकै हो तर पीडामा मात्र रहनु भनेको दबेर बस्नु हो बरु तपाई रुनुहोस र त्यस पछि आनन्दित भै सिर्जना मा लाग्न सक्नु हुन्छ । एनी हाउ नव सिर्जना मा लाग्नु पर्छ आशावादी भनेर भन्न खोजेको मात्र हु - कतिको सही / या गलत गरे त्यो त तपाईहरुको नयन अघि नै छदै छ नि !

    कैलाश जी ले बिनासितिमा -"तपाईको सृजनाका राम्रो सृजनामध्येमा मैले यसलाई राखिन है माफ गर्नुहोला।" भन्नु भएको रहेछ । असल मित्रले सही लाइ सही र गलत लाइ गलत भनिदिनु नै असल मित्रता हो नि हैन र ? तपाईलाई थाहै होला -'साथिको खोट लाइ लुकाएर उसलाई असल छ भनेर बढ़वा दिनु भनेको उसलाई धोका दिनु सरह हो रे !'तपाईको नजर मा मेरो लेखाई तपाईलाई जस्तो लाग्यो त्यस्तै बोल्दिनु भएको मा म त झन खुसी छू र 'ऐ -मेरो लेखाईमा केही अझै सुधार को खाचो रहेछ है' -भन्ने लागेको छ ।
    अनि दिलीप जी र बसन्त जी को कुरा लाइ पनी हेक्का राख्ने नै छू साथै सूर्य प्रसाद (सिकारु)जी लाइ पनी धन्यवाद छ !

    ReplyDelete