Hi & Namste to You....

Welcome to My Personal Blog ....
aNd Thanks to visit it.

उपदेश

आटनु, गर्नु , पछि नपर्नु'रे !
अल्छी , दोधारे , धूर्त नबन्नु'रे !

गल्ती, भूल - अपराध गरे'नि !
देश डुबाउने नेता नबन्नु'रे !!

खेदनु , खेदाउनु नभेटनु'रे !
कुटनु, हिर्काउनु - नमार्नु' रे !!


सानो, कलिलो -अबूझ सम्झे'नि !
हेला, शोषण - हद नगर्नु'रे !!

चुरोट ,रक्सी , चरेस खाए'नि !
हुन्न , सक्दिनको -हरेस नखानु'रे !!

7 Comment / प्रतिक्रिया लेख्नुहोस:

  1. हो हो ल साचो कुरा। सही उपदेशहरु छन्। छोटो तर निके मिठो लाग्यो है।

    ReplyDelete
  2. "कुटनु, हिर्काउनु - नमार्नु' रे !!"

    उपदेश पढेर नमर्ने गरी हान्दिउँ हान्दिउँ जस्तो लाग्यो तर कस्लाई हान्ने ? हान्ने सामर्थ्य भएकाहरुले त उपदेश नै पढ्दैनन् क्यार, हामी पढ्नेले कसैलाई हान्न सक्ने हैनौं । क्या अप्ठ्यारो!

    जे होस् उपदेश मनपर्यो है बेदनाथजी ।

    ReplyDelete
  3. मनन गर्नै पर्ने उपदेशहरु ! दीपक जी संग हाँसो मैले पनि थपे है ।

    ReplyDelete
  4. मैले त थुतुने कितावतिरै कमेन्ट गरिसकेँ अघिनै । त्यही कुरो के दोहोर्याईरहनु र फेरि!!

    ReplyDelete
  5. उपदेश साह्रै राम्रा छन् तर सुन्नुपर्नेले नसुनिदिएपछि हाम्रो के लाग्छ?

    ReplyDelete
  6. वेद जी, असाध्यै काम लाग्ने उपदेशहरु रहेछन् । विशेषगरि माथिको पंक्ति चाहिँ सार्है मन पर्यो । नेताहरुलाई झटारो चाहिँ दह्रै हान्नु भएछ ।

    ReplyDelete
  7. असाध्यै राम्रा उपदेशहरू रहेछन |

    ReplyDelete