होलि र भाङगको लड्डु


होली पर्व, रंगहरुको पर्व यानी रमाइलोमा तिहार पछिको दोस्रो लाग्छ - मलाई । तिहार रंगीचङ्गि बतिहरुको रौनकमा बित्छ भने होली सप्तरंगी रंग र लोलाह को उमंग्गमा जम्छ । यती खेर खूब गाउघरको याद आउछ - अनि टिनएजको  तमासा । होली भने पछि खूब बडेमानका दिनहरु- मेरो मानसपटलमा सलबलिएर आउछ कलरफुल हुदै .....।

फोटो श्रोत :- Raj Chhetri (फेसबुक मित्र)-पुण्य पर्व होली


विभिन्न रंगहरुको मोसो लगाएर वादर जस्तो भएको होस या वाल्टीका वाल्टी रंगीन पानिले भिजेको मुसो जस्तो होस या कोहाबरा (मेरो गाउको बजार ) मा आदिवासीहरुले बजाएको बाजा संगै उफ्रीएको अतित  -"जोगिरा सरररर ...वोलो जोगिरा ...सररर - हो ! वोलो  सररर.....", भन्दै !

होली कै कुरा गर्दा - भाङ्गको लडू त बिर्सनै सकिन्न नि ! होली - होली र भाङ्गको लडू । आहा ssssssssss होली भन्ने बितिकै म २००५ को होली लाइफमै बिर्सन सक्दिन । कुरो के हो भने .... होलीको अघिलो दिन टंक भण्डारी सर ले भन्नु भा'थियो - "हाम्रो घरमा भएको - वालमा रहने देशबालि ले मज्जाको भाङ्गको लडू बनाउछ "
"खानु पर्छ र मज्जाले होली मनाउनु पर्छ - है "
"हत ! काहा - भाङ्ग खाने " मैले भने ( नशाको  इनकार गर्दै )
"केही हुदैन- तिनीहरूले त कति खान्छन , केही हुन " टंक सर ले भन्दै जानू भो -"मिठो पनी हुन्छ "
के पि ( खड्ग नन्द पौडेल ) सर ले पनी -
"हुन्छ हुन्छ ... बी पि सर ! रमाइलो गर्नु पर्छ"  भन्दै सहमति जनाउनु भो ।
----------------------------------------------
सोही बमोजिम भोली पल्ट - ... म के पि सर र टंक सर संगै हिड्यौ होली खेल्न - लीला राज चौलागाई र अरु मित्रहरु भै सबै मिलेर होली खेलियो .... दमक नगरपालिका को गेट नेर  ...! अनि भाङगको लड्डु पनि मज्जाले मिठो मानि मानि खाइयो , शुरुमा त मिठो लाग्यो र केहि हुन्न जस्तो लाग्यो र थपियो - डोज  ! १ , २ ,३ गर्दै !
 ... २ / ३ घण्टा जति त केहि भएन अनि मैले ठाने अब केहि हुन्न र त्यति थोरै ले असर नगर्दो रहेछ भन्ने ! तर कुरो बिग्रियो त्यहि तर ले .... कोठा गएको केहि छिन पछी - भित्र बाहिर गर्न मन लाग्यो र .... पेट हल्का विषेक नहोला जस्तो भो , टाउको भारि भएर आयो ..... यता उता छटपटाएको देखेर भावना दिदीले त भन्दै हुनु हुन्थ्यो ... "भाङग लाग्यो कि क्या हो - भाइ लाइ " ! 
नभन्दै ..... हुनु नहुनु ....हुन् थाल्यो ... स्मरण शक्ति छोटो हुन् थाल्यो .... एकै छिनमा कता / कहा गएको पतै नहुने .... कसरि म एक ठाउ बाट अर्को ठाउमा गए / कति खेर के हुने  - मेसो नै पाउन छाडे ! खाटमा सुत्यो खाट त दाया बाया - तल माथि पुरै हल्लिन थाल्यो  - यस्तो भए पछी त , यस्तो कसरि भो भनेर- पतै नपाइ मज्जाले हासिदो रहेछ (पागल झैँ ) .... अनि घरि घरि ...हैन अब यस्तो के भो   लौ म त बितेछु जस्तो लाग्ने ...... एकोहोरो भै'दो रहेछ .... अनि दु:ख लागेर आउदो रहेछ र ग्वारग्वार'ति रुन पो थालिदो रहेछ ! अनि त अरुको नजर मा -"मान्छे वौलायो" , पुरै पागल !
पिरो , अमिलो , गुलियो .... खाना , पानि केहि को पनि स्वादै नहुने ... के खाए खाए जस्तो हुने ... भुस हो कि माटो ..सब बेतालको ! आफु अगाडिको चिज र मान्छे  सबै चिनिने - यो यो हो भनेर तर केहि अघि म कहा थिए र के गर्दै थिए भन्ने नै थाह नहुदो रहेछ !  ... हैन म अघि त अर्कै कोठा मा थिए जस्तो लाग्छ अहिले कसरि यो कोठामा आए हैन म यहि थिए होला अघि देखि ... भन्ने भान हुने अनि .... आफु लाइ मन मा लागेको कुरा बोलु र भन्नु लाग्दो रहेछ ! तर वर्तमान भने थाह हुदो रहेछ .... यो गाडी हो यसले किच्यो भने म मर्छु , यो छत हो यहा बाट झरे भने मलाइ असर पर्छ .... (तर केहि हुन्न होला जस्तो पनि लाग्ने ) अनि कता कता - हैन मलाइ यो भाङग ले गर्दा यस्तो भएको हो ...किन झुक्किएर खाएछु नि ! ठिक भै दिए नि हुन्थ्यो ! जस्तो लाग्ने ! 

मलाइ अचम्म लागेको कुरा के हो भने - सट मेमोरी हुने , रुने र हास्ने हुने , बिन्दास र बेताल को आदत हुने , अनि केहि खादा पनि स्वाद नै नहुने ! यति रमाइलो होलि र होलिका रंगहरु संगै म - ३ दिन सम्म बेताल र बेसुर मा हल्ली रहे ..नाचिरहे ....नजानिँदो भाका लिएर .. नमिठो अतित र दोस्रो जीवन को अनुभूति - यस्तो पनि हुदो रहेछ भनेर ... !

 त्यसैले म - यो होलि आयो कि ... कहिल्यै जीवनमा त्यो इभेन्टलाइ विर्सन सक्दिन र मेरो मनाशपटलमा ति दिर्श्य झल्झल्ती आउछ ....यो अनौठो अनुभूति , टंक सर , के . पि . सर र  ... बाबु राम गैरे सरले जिस्काउनु भएको अनि दिदि ( भावना विमली ) ले  अमिलो कागतीको अचार खुवाउनु भएको र ३ दिन सम्म मैले कम्पुटर कलास नै पढाउन नसकेको कुरा !

होली - होलिका जस्तो राक्षसी प्रवितीको अन्त्य र सत्यको जितको उत्सब हो । रंग त एक जित , आनन्द र खुसिको प्रतिक मात्र हो - त्यसैले यस्तो महान पर्वहरुको उत्सब सबै खुसी र एक आपसी सद्भाब तथा सहमति मा मनाऔ ! बरु खडू खाऔ तर भाङग को लड्डु नखाऔ !  (हाह ...हाह ... हुन् त दुवै खान नहुने कुरा हुन् नि ! )
 ह्यापी होली..... होली को अबसरमा म सबैलाइ हार्दिक शुभकामना दिन चाहन्छु ! धन्यबाद ! जोगिरा सरर ...बोलो जिगिरा ..सरररर ......

3 comments:

  1. गज्जब अनुभूति सुनाउनु भयो तपाइंले | अविस्मरणीय होली ! जोगिरा सरर ... साँचो कथन रहेछ है!

    ReplyDelete
  2. La hai Bedanath Ji Happy Holi...

    ReplyDelete
  3. Dai ko Samsmaran paddha dherai aanand aayo..Happy Holi Dai

    ReplyDelete