गजल


मायामा परे म त, ए ! हजुर उनको !
सक्दिन गर्न कुरा, झार्ने तारा जुनको !!

मान्छे मान्छेका लागी, मरेर गए धेरै !
मान्छेको होइन -मुल्य, वृद्धि भो सुनको !!

रहर फेरिए नि, शहर फेरिए नि !
रह्यो सधै समस्या, उही तेल नुनको !!

देश घुमी शेष रे, भन्छन यो जीवन !
अर्थ भेटिन मैले, किताबमा तिनको !!

बन्द, विरोध - आतंक, यो भेल भो खुनको !
विजोग जनताको, हालत भो घुनको !!
nepal_f_0105_-_maoisti
फोटो स्रोत : jourbikram
Enhanced by Zemanta

5 comments:

  1. चौथो शेरमा काफियाले बाटो बिरायो, नत्र त दामी हो नि गज़ल .. यहाँ यस्तै छ हजुर क्यार्नी त ?

    ReplyDelete
  2. Mitho gajal .. jhataro kaela jee le bhane jhai chautho sherma aansik kaphiyako prayog nagarnu bhayako bhaya tara pani best gajal...

    ReplyDelete
  3. "रहर फेरिए नि, शहर फेरिए नि !
    रह्यो सधै समस्या, उही तेल नुनको !!"
    .......... आहा ! कती मिठो शब्दहरु !

    ReplyDelete
  4. कता कता मनमा गाडिए यी सब्दहरु !

    ReplyDelete