बराल्लिदै हिड्दा !


निक्कै समय भो यो मगजमा केहि फुर्ला र ब्लगमा एउटा पोस्ट भए'नि थपौला भन्ठान्दै केहि दिन यता देखि सोची रहेको थिए ! तर फु-र्या चाही केहि होइन ! हैन, ब्लग लेखनको लागि एउटा कस्तो नजानिदो नियम या धारणा मेरो मानसपटलमा बसिसकेको रहेछ भने  ! कुनै लेख, प्रसंग, कविता या कथा जस्ता कुराहरु नअँकुराउनजेल सम्म कुनै पोस्ट नै गर्नुनै हुन्न भन्ने लाग्न थालिसकेको रहेछ ! त्यस्तो हुदा स्वतन्त्र नभई कुनै नियममा रहेर ब्लग पोस्ट गरिरहे जस्तो लाग्ने भन्या ! हो त्यहि क्रम उपक्रमलाई तोड्दै आज गएको (शुक्रबार) विदाको दिन साथीहरु सँग यता उता बराल्लिदाको इभेन्ट लाइ संगाल्ने जमर्को गरेको छु !
DSC00571
गोधुली साँझमा - सिटि सेन्टर एरिया लाइ हेर्दा देखिने दृश्य !

DSC00549
बत्तिस दन्त झार्दिम कि क्या हो ! विचार गर्नुस है - तपाइँ पनि !!
DSC00527
घर जाने तरखर भै’रा बेला ! हैन कति सपिङ्ग गर्नु पर्ने हो ? सबै सपिङ्ग महल नै उठाएर लगुम लगुम जस्तो लाग'छ भन्या ! मिल्ने भा' त ! बेर पनि लाउने थिन होला ..हाहाहा …!
DSC00542
पानि नै नलाउदा पनि कति राम्ररी सप्रेको फुलबारी  रहेछ !
DSC00556
गिफ्टको लागी टेबल मै चढ्दा पनि बराबर भै'एन यार ! (निकै दु:खको कुरा …हाहाह ) अब त्यो गिफ्ट उनले देको कि मैले देको हो भन्ने कुरा चाही तपाइँ नै सोच्दै गर्नुस है …..!
DSC00562
यो लिफ्ट देख्ने वितिकै - झट्ट ! सानामा पोखरीमा पौडी खेल्दा चिप्लेटी खेलेको याद आयो र झटपट चिप्लेटी खेल्न के बसेको मात्र थिए … म सुल्किनु भन्दा पनि लिफ्ट पो सुल्किन थाल्यो भन्या ! हाहाह ….. म पनि !!!
IMG_0896
समय रमादानको पर्यो ! बाहिर खाने कुरा त परै जाओस पानि पिउन पनि पाइदैन ! कति बेला रोजा (खाने समय हुनु) खुल्छ भनेर कुर्दै रविन सर र धन दाइ !
DSC00568
६:१९ PM भए'छी रोजा खोल्दै ----- हेर ! कत्रो हतार !
IMG_0909
धन दाइ किन ? कसलाई यस्तरी चियाउदै हुनु हुन्छ ?
DSC00569
यो साँझ @ कर्नेशको डिलमा : ताततातो नेसकफी को चुस्क्की सँगै  !
DSC00572
भोलिका दिनमा देशमै गएर केहि उत्पादनशील उधम गर्दै मुलुकमै बस्ने योजनाका कुरा गर्दै ! भोली आउने ति मिठा दिन कल्पिदै ! मन्द मुस्कान सहित मित्रहरु : ओम र तारा श्रेष्ठ @ कर्नेशको सामिप्यमा  !
DSC00620
अ ! अह …! अब कुन एअर लाइन्सको टिकट लिउ … हेर्दै छु ….कुनै मेसो नै पाइन !  ह्या … म पनि लिष्ट चाही पछाडी रहेछ …यता हेर्दा कसरी थाहा पाउनु नि ….हाहाह …तपाइँ पनि यसो खुसुक्क अघि नै भन्नु पर्दैन - लिष्ट यता होइन पछाडी छ भनेर ! साथि भएर पनि यार ! हेहेहे …. धन्यबाद !

5 comments:

  1. रमाइलो पोष्ट | बरालिनु पनि राम्रै रहेछ, सम्हालिनु त छंदैछ |

    ReplyDelete
  2. Ekdamai Ramailo lagyo hau Bed Sir. Tapaiko Blogko aafnai maulikta chha. Bela bela alchi lagyo bhaney yatai chiridinchu, jangar chalaunchha tapaiko blog ley. "Own Things" naam anusar ko blog ani ustai khurak.
    Thank you.

    ReplyDelete
  3. "बरालिनु पनि राम्रै रहेछ, सम्हालिनु त छंदैछ" chaitanya ji बेद जी को ब्लागिंगमा आफ्नै कुरा हरुको खुराक छन.अनि तपाइँको कमेन्ट पनि मलाई मन पर्यो.

    ReplyDelete
  4. धन्यबाद ! चैतन्य जी -नेपाली युथ जी & ओम बोगटी जी !
    यो मेरो ब्लगिंङ् यहाँहरु हुनु हुन्छ र त् = म छु भने जस्तै हो !

    ReplyDelete