My Blogging @ चौथो बर्षमा !


Bed Nath Pulami
ब्लगिङ्ग यात्राको कुरा गर्ने क्रममा यो पोस्ट सम्म आइपुग्दा खेरि तिन पुगेर चौथो बर्षमा लागि सके छ ! सर्ब प्रथमत : मेरो यात्रा (Own Things - आफ्नै कुरा) लाइ यहाँ सम्म ल्याइ पुर्याउनु हुने र यहाँ सम्म साथ दिनु हुने सम्पूर्ण ब्लगर मित्रहरु, अन्य लेखक, पाठक तथा सुभचिन्तक मित्रहरु सबैमा हृदय देखिनै आभार व्यक्त गर्दछु ! यहाँहरुको सल्लाह, सुझाब र हौसला मेरो लागी सदा अमुल्य रहने छ ! म कुनै ब्यबसायिक लेखन भएको ब्यबसायिक ब्लगर होइन - बस केहि इच्छा र रहरले गर्दा फुर्सदको समयमा ब्लगिङ्ग गरिरहेको छु ! विशेषत : कामको समय देखि बाहेको या विदाको दिनमा यसमै समय विताई रहेको हुन्छु  ! अनि मेरो आफ्ना सोचाइ, रहर तथा अन्तरमनका कुराहरु अनि थोरै प्रविधिका कुरा यो ब्लगमा पोस्ट हुने गरेका छन् ! त्यसैले कुनै समाचार खोज्ने उद्देयले यो ब्लग नछिर्नु होला - तपाइँ निराश हुन सक्नु  हुनेछ ! किनकी तपाइको महत्वपूर्ण समय त्यसै खेर नजाओस ! समाचार र मनोरन्जनको लागी त मेरो ब्लग भन्दा कति राम्रा र उपयोगी साइटहरु रहेका छन्: जस्तै गुगल, युट्युब , बिबिसी, टोरेन्ट आदि आदि !

तर मेरा अनि तपाईका अन्तरमनका कुराहरु, रहरहरु अनि विचारहरु एक आपसमा शेएर गर्न चाहनु हुन्छ भने मेरो व्यक्तिगत ब्लग Own Things - आफ्नै कुरा  लाइ नबिर्सनुस - पहिले झैँ माया र स्नेह दिनुस ! अझ झर्रो र खरो रुपमा प्रतिक्रिया जनाइदिनुस ! यो मन पनि त तपाइकै मन जस्तै हो ! अनि हामी यो समाजका मानिस ! तपाई हाम्रो प्रगति, उन्नति हुनु भनेको यो समाजको समूनन्ति हो ! सोचाइ र बुझाई नवितम र फरक होइन अनि नौलो चिज केहि गरौ होइन - यो लहडको पछी नलागौ ! हाम्रो सोचाइ, बुझाइ र गराइ समाजको समृद्रिको लागी हुनु जरुरि छ ! भन्दै आउदा दिनहरुमा झुक्कीदै भए पनि मेरो ब्लगमा आउदै गर्नुस - यहाँहरुलाई सदा स्वागत छ !
(यस अघिका बार्षिक उत्सबहरुमा लेखिएका पोस्टहरु हेर्न यहाँ जान सक्नु हुनेछ : मेरो ब्लग यात्रा - बर्ष दिनको ! तेश्रो बर्ष तिर लम्कदा !)
भखरै गएको अगष्ट ६ मा दौतरी ब्लगको आयोजनामा भएको पाँचौं अन्तर्राष्ट्रिय नेपाली ब्लगर भेलामा चाहादा चाहादै पनि मैले आफ्नो उपस्थिति जनाउन सकिन तर पछी दौतरीले राखेको समिक्षा तथा Archive हेर्दा भने त्यस भेलामा भएको छलफलमा उठेको केहि प्रसंगहरु सान्दर्भिक लागे ! जस्तो कि :- ‘रचना चोरी’, ‘फुलटाइम ब्लगर', गुगल एड, ब्लगमा समस्या के के छन ? ब्लगबाट के के फाइदा लिन सकिन्छ ? र  आदि आदि ! त्यस मध्ये मलाइ गुगल एडको कुरा गर्न मन लाग्यो ! गुगल एडमा रजिष्टर गरेर आफ्नो ब्लगमा गुगलको एड राख्न सके त्यसबाट केहि आम्दानी हुने थियो ! यदि त्यसरी आम्दानी गर्न सके नेपालीहरुले पनि अन्य देशमा जस्तै फुलटाइम ब्लगर भएर काम गर्न सक्ने थिए तर गुगल एड लाइ प्रभावकारी बनाउन नेपालीमा भन्दा अंग्रेजीमा ब्लग लेख्नु पर्ने रहेछ भन्ने कुराहरु पनि त्यहाँ उठेको थियो ! यो कुरा सही पनि हो ! अनि लेपाली ब्लग लेख्दा गूगल एडमा रजिष्टर हुन् पनि गाह्रो छ ! जस्तो Adsense को लागी Application दिदा एसेप्ट गर्न नसकिने जानकारी यसरी आउछ :-“we're unable to accept you into AdSense at this time. We did not approve your application for the reasons listed below.
Issues:
- Unsupported Language
- Page Type
जुन समस्या मैले पनि भोगेको हु ! तर नेपालीमा भन्दा अंग्रेजीमा ब्लग लेख्दा भिजिटर बढ्ने अनि गुगल एड प्रभावकारी हुन्छ' भन्ने सत्यता सँग मेरो केहि आपति रहेको छ ! के यो सत्यताको स्वरुप परिवर्तन गर्न सकिन्न र ? मलाइ लाग्छ तपाइँ हामी मिलेर कुनै एउटा यस्तो राम्रो पहल गर्यौ भने सम्भव छ -त्यो स्वरुप / धारणा / प्रकृयालाइ परिवर्तन गराउन !

# नेपाली भाषालाइ Google Translate मा समावेश गराउन पहल गरौ / माइ संसारलाइ मेरो अनुरोध !
के हो त Google Translate ? यो एक सरल भाषा परिवर्तन गर्ने गुगलले तयार गरेको त्यस्तो वेबपेज एप्लिकेशन हो ! जसको माध्यमबाट हामीले सजिलै कुनै एक भाषाको text or website /Blog page र document लाइ सजिलै अर्कै भाषामा परिवर्तन गरेर पढ्न या बुझन सक्ने छौ !  यसमा गुगलले अहिले सम्ममा विश्वको 64 भाषालाइ समावेश गरेको छ ! भन्नुको मतलव ति 64 भाषामा रहेको कुनै पनि text or  website /Blog page र document लाइ एक भाषा बाट आफुले चाहेको (त्यो 64 मध्ये कुनै पनि भाषामा ) भाषामा परिवर्तन गराउन / पढ्न र बुझन सकिन्छ !
जस्तै तल चित्रमा हेर्न सक्नु हुनेछ :- (अहिले सम्ममा विश्वको 64 भाषा लाइ समावेस गरिएको पाइन्छ !)
bednath blog
हो ! हामीले नेपाली भाषा लाइ Google Translate मा समावेश गराउन सकियो भने नेपालीमा लेखिएको कुनै पनि डकुमेन्ट ब्लग या वेबको पेजहरु लाइ सिधै विश्वको धेरै भाषामा ट्रान्स्लेट गराउन सकिन्छ !


# Google Translate मा नेपाली भाषा लाइ राख्न सके - फाइदा के छ त ?


  • कुनै पनि सामान्य नेपालीले विश्वको विभिन्न कुनामा रहेको भाषा र सस्कृति तथा समाचार तथा प्रविधिको खबरहरु लाइ सजिलै आफ्नो नेपाली भाषामा Translate गरी पढ्न सक्नेछौ ! जसले गर्दा हामीलाई अझ सारा विश्वको सामिप्यमा रहेको अनुभूत गराउनेछ !
  • उस्तै गरि नेपाली भाषा, साहित्य, सस्कृति अनि हाम्रो जीवनशैली, हाम्रो सोच विचारहरु सजिलै यो विश्वको कुना कुनामा सरल रुपमा पुर्याउन सफल हुनेछौ ! यसले गर्दा नेपाली भाषा र साहित्यको पनि उत्थान हुने थियो !
  • तपाइँ हामि जस्ता सामान्य लेख पढ भएको नेपालीहरुले, कति सोच्नु भएको होला ‘अंग्रेजीमा या अन्य कुनै भाषामा भएको राम्रो र उपयोगी कुराहरु नेपालीमै सरर पढ्न पाए कति जाति हुन्थ्यो होला ? या आफुले लेखेको वा नेपालीमा लेखिएको कुनै महत्वपूर्ण कुरालाइ अरबी, चाइनिज या अन्य कुनै भाषामा सम्प्रेषण गर्न पाए कस्तो हुन्थ्यो होला?’ भनेर ! हो, यस्ता कठिनाइ बाट सजिलै पार पाइनेथ्यो !
  • Google Translate मा नेपाली भाषा राख्न सके ‘गुगल 'एड' मा रजिष्टर गर्न पनि सरल हुने छ ! अनि तपाई हामीले लेखेको नेपाली कुनै पनि वेब/ या ब्लग पेज लाइ विश्वको कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नो (उनीहरुकै स्थानीय भाषा ) भाषामा Translate गरी पढ्न सक्ने छन् ! त्यसो हुदा अफ्नो ब्लग/वेब भिजिटर र रिडर्स पनि अहिलेको तुलनामा पक्कै पनि बढ्नेछ - यसरी हाम्रो ब्लग लेखनको ‘ग्लोबल पाठकको टार्गेट’ भन्ने अभियान पनि पुरा हुने'छ ! के यसले गर्दा गूगल एड प्रभावकारी हुदैन त ? पक्कै पनि हुन्छ !

    सबै नेपालीको परिचित र विश्वासिलो ब्लग माइ संसारलाइसँग मेरो यो एउटा व्यक्तिगत अनुरोध छ कि नेपाली भाषा र साहित्यको विकाशको लागी आफ्ना सबै पाठक माझ “नेपाली भाषालाइ Google Translate मा समावेश गराउन पहल गरौ !” भन्ने एउटा अभियान राखिदियोस ! जसरी हिजोका दिनमा भष्ट्रचारीहरुको पर्दाफास गर्दा, विकट ठाउमा पुस्तकालय खोल्ने अभियान आदि जस्ता प्रभावकारी र पारदर्शी कुराहरु सम्प्रेषण गरेको थियो ! हो, उसै गरि यो अभियान पनि सञ्चालन गरियोस भन्ने ठान्दछु - लाखौ पाठक मध्ये म पनि एक माइ संसारको सुभचिन्तक भएको नाताले ! किनकी माइ संसारले मेरो मात्रै होइन लाखौ  पाठकहरुको मन जितेको छ ! यदि माइ संसारले यो अभियान थाल्ने हो भने - पक्कै पनि उ यो अभियानमा सफल हुने छ भन्ने मलाइ विश्वास छ ! त्यसैले प्राविधिक रुपमा नेपाली भाषा र साहित्यलाइ सबल बनाउन माइ संसार पछी नपरोस भन्ने चाहन्छु !
    सम्पूर्ण नेपाली भाषा र साहित्यविद साथै शुभेच्छुकहरु साथै मेरा ब्लगर मित्रहरु अर्थात  सामाजिक सञ्जालबाट जोडिनु भएका मेरा सम्पूर्ण  शुभेच्छुक, पाठक तथा लेखक मित्रहरुमा पनि यो अभियान लाइ साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु ! यदि यो मेरो कुरा प्रति सहमत हुनु हुन्छ भने “नेपाली भाषालाई Google Translate मा समावेश गराउन पहल गरौ / माइ संसारलाई मेरो अनुरोध !” भन्ने टाइटलमा यहि लेख राख्न पनि सक्नु हुने'छ या यस्तै किसिमको लेख लेखेर आफुले जानेको र थाहा भएको कुराहरु राखेर पोस्ट गर्नु हुन् अनुरोध गर्दछु !
    अन्तमा आज # 12 August # International youth day ! निकै समय अघि देखि नेपालको सगरमाथा र भगवान बुद्धको जन्म स्थल लुम्बिनी  पूर्णत नेपालमै भएर पनि सधै विवादमै रही रहन्छ ! कहिले चाइनाले त कहिले इन्डियाले - झुक्याउने कुरा गरि रहन्छ ! अनि निकै विदेशीहरु पनि झुक्की रहेका छन् साथै यहि कुरा निकै अघि देखि फेसबुक तथा ब्लग जस्ता सामाजिक सञ्जालहरुमा निकै चर्चा पनि पाई रहेको छ - हो त्यहि कारण ! मेरो ब्लगको बार्षिक उत्सब र International youth day ! को अवसर पारेर अबको एक बर्षसम्म मेरो Blog, Twitter, Facebook, Google + र  Instagram मा मेरो परिचय भनौ या मेरो फ्रोफाइल थोरै परिवर्तन गर्ने भएको छु या यस्तो हुने छ : -
    Hi & Namaste! I'm Bed Nath Pulami from Nepal; Where Lord Buddha was born & where has World's highest mountain - Mt. Sagarmatha.
    ह्याप्पी ब्ल्गिंङ् ! ह्याप्पी ब्ल्गिंङ् !! ह्याप्पी ब्ल्गिंङ् !!!
  • 12 comments:

    1. बेदनाथ सरलाई ब्लगयात्राको चौथो बर्षमा यात्रा गरिरहदा मेरो तर्फबाट धेरैधेरै शुभकामना छ है .. तपाँइले उठाउनुभएको इस्यु मलाई पनि मन परेको हो .. यस बारेमा जानकार साथीहरुले पहल र जानकारी गराउनुहुनेछ भन्ने आशा लिएको छु । फेरी पनि ब्लग यात्राको चौथो वर्ष अझै उत्साहका साथ नयाँ नविनतम कुराहरुलाइृ पस्किन सक्नुहोस् शुभकामना ...

      ReplyDelete
    2. bednath ji, tapai blog ko 4th lageko ma dherai dherai suvakamana. ajha ramro garera 40 years of blogging samma pugnuhola.
      sathai taipai ko template ma code ko samsya aye jasto chha. load huna time lagcha ra text haru layer ma compile bhayeka chhan.
      Nepalean from Dautari Blog

      ReplyDelete
    3. लौ बधाई छ तीन बर्ष सफतापुर्बक पुरा गर्नु भा को मा।

      ReplyDelete
    4. badhai cha hai bednath dai. ajhai utrikista post haru padhna paiyos

      ReplyDelete
    5. बेद जी! सफलता पुर्वक तेस्रो वर्ष पार गरि ४ औ वर्षा प्रबेस गर्नु भएकोमा यहाँलाई बधाई अनि सफलताको कामना गर्दछु ! "नेपाली भाषालाइ Google Translate मा समावेश गराउन पहल गरौ " भन्ने तपाइको शोच अत्यन्त सकरात्मक साथ साथै अहिलेको परिबेसमा आबस्यक पनि छ ! यो तपाइको अबियानमा म पनि तन मनले नै साथ दिन चाहन्छु ! बेद जी यो अभियानको सुरुवात अजैका दिनबाट गरौ ! त्यसकोलागि माइ संसारलाइ.कमलाई एक पल्ट औपचारिक रुपमानै अनुरोध गर्ने कि ??

      ReplyDelete
    6. बधाई छ है यहाँलाई !

      ReplyDelete
    7. तीन बर्ष सफतापुर्बक पुरा गर्नु भा को मा बधाई छ यहाँलाई, बेद जी !!!

      ReplyDelete
    8. तपाईंको ब्लगगिङ यात्रा चौथो बर्षमा प्रबेश गरेकोमा हार्दिक बधाई छ बेद जी ।
      नेपाली भाषालाई गूगल ट्रान्स्लेटरमा समाबेश गराउन पाए हुने थियो भन्ने स्वागत योग्य बिचार राख्नु भएको छ, त्यस्तो भैदिए धेरै सजिलो हुने थियो।

      ReplyDelete
    9. बेदनाथजी, तपाईंको सुन्दर ब्लग चौंथो बर्षमा प्रबेश गरेकोमा हार्दिक बधाई तथा पाचौं बर्षको नयाँ गोरेटोको लागि शुभकामना !

      ReplyDelete
    10. बधाइ छ । र सँगै तपाइँले उठाउनुभएको विचार स्वागतयोग्य छ ।

      ReplyDelete
    11. उमेश जि नमस्ते मलाई हजुरको ब्लग साह्रै मन पर्छ म पनि भर्खर ब्लग बनाउन सिक्दै छु कृपया पेजस १२३४ » गरेर कसरी राख्ने सिकाइ दिए आभारी हुने

      ReplyDelete