भेडेटारको बारेमा भन्नु पर्दा यो धरानदेखि १६ किलोमिटर टाढाको दूरीमा र समुद्र सतहबाट १४२० मिटर उचाइमा रहेको छ ! यसको उचाई करिब ३० फिट जति रहेको छ ! विक्रम सम्वत् २०४० देखि बेलायतका युवराज चाल्स्रको नाममा यस भियु टावर लाइ ‘चाल्स्र प्वाइन्ट’ पनि भन्न थालिएको छ ! यही चाल्स्र प्वाइन्टमा नेपाल टेलिभिजन र कान्तिपुर एफएमको टावर राखिएको छ ! लोभलाग्दो पर्यटकीय स्थल भएको ले गर्दा हिजो आज सबैको रोजाइमा परेकाले छ -भेडेटार । साथै धनकुट्टा जिल्लाकै मात्र नभएर भेडेटार पूर्वकै राम्रो गन्तव्यस्थल बन्न सफल भएको छ ! यो टावर चढ्दा इन्ट्री फि लाग्ने रहेछ -क्यामेरा सहितको !
(भेडेटारको टावर बाट तल हेर्दा देखिने मनोरहम दृश्य !)
(हाम्रो यात्राको सहभागी –मित्रहरु :दायाँ बाट क्रमश: टिकाराम, घनिन्द्र, म र मनोज !)
(पार्किङ् खोज्दै … साथीहरु !)
(छ बर्ष पछी भेटेर - यसरी पहिलो चोटी फोटो खिच्ने मौका जुर्यो !)
दायाँ बाट क्रमश: घनिन्द्र, टिकाराम, मनोज & म !
जेहोस धेरै दिन पछी रमाइलो लुट्न पाएर दंग भैयो, त्यसमाथी पुराना साथीहरु सँग धुमधामको घुमघाममा धरान र भेडेटार पुरै घुमेर पुरा गरियो !!






