Virtuous snaps @ My Hamlet



ब्लगको दुनियामा म केहि आफ्ना अनुभूतिहरु, विचारहरु साथै कतै हिड्डुल गर्दा खिचेका फोटोहरु सम्प्रेषण गर्दै आइरहेको छु | त्यस मध्ये पनि फोटाहरुमा म सधै कतै हरियालीको, हिमाल, बगैचा या राम्रा राम्रा बिल्डिंग खोज्दै …आफ्नो क्यामेरा (मोबाइल) डुलाउथे कुनै राम्रो स्न्याप भेटिन्छ कि भनेर तर अझै सम्म आफ्नो गाउघरको दृश्य तिर ध्यानै गएको थिएन ! अनि मौका मिलेको बेला यसो केहि तस्विरहरु मैले केहि समय अघि नै लिन भ्याएको थिए - आफ्नै गाउघरको | यसो सोचे कसो आफ्नै गाउको तस्विरहरु किन नराखौ यो पोस्टमा भनेर !
हेर्दै जानुस यस्तो छ मेरो गाउँ :- तस्विरमा मेरो गाउँ | जसको बारेमा म त्यति खासै केहि लेख्दिन | तस्विर आफै बोल्छ भने झैँ धेरै कुरा त तस्विर हेरेरै बुझ्न सक्नु हुने छ भन्ने लागेको छ |
(कोहबरा -१, बलुबथान बजार तलको तस्विर गएको बर्षायाममा खिचिएको फोटो ! धान रोप्दै गरेका किसानहरु )
bed nath blog (2)
(केहि हप्ता अघि खिचिएको फोटो : हिउदे  धान रोप्दै : आफ्नै बारीमा : कोहबरा –४)bed nath blog (3)
(दामुना बजार –कोहबरा -८, दुइ महिना अघि खिचिएको फोटो !)
bed nath blog (4)
(आफ्नै गाउ –माहादेवस्थान , गएको असोज तिर खिचिएको फोटो !)bed nath blog (5)
(गएको कार्तिकमा खिचिएको फोटो, खाडी गाउ -कोहबरा ५ !) bed nath blog (6)
(केहि हप्ता अघि खिचिएको फोटो, भानु मार्ग – कोहबरा –४ !) bed nath blog (7)
(गएको माघ तिर खिचिएको फोटो : आफ्नै करेसा बारीको तस्विर) bed nath blog (8)
(गएको मङ्सिरमा खिचिएको फोटो: आफ्नै बारीको तस्विर: रायो साग !)  bed nath blog (10)
(आफ्नै बारीको तोरी खेति : केहि महिना अघि खिचिएको फोटो!)   bed nath blog (13)
(आलु खेति : केहि महिना अघि खिचिएको फोटो : आफ्नै बारीको ! )    bed nath blog (17)
(गएको मङ्सिरमा खिचिएको फोटो : कोहबरा –५ ! )  bed nath blog (19)
(गएको मङ्सिर तिर खिचिएको फोटो : धान ओसार्दै गरेको : खमारमा राख्नको लागि ) bed nath blog (21)
कोहबरा: खएरबारीमा : गएको असोजमा  लिइएको फोटो !bed nath blog

3 comments:

  1. यी तस्विरहरु हेर्दा त घरको सम्झना धेरै आयो । सबैभन्दा बढी त हिउँदे धान रौप्ने बेलमा लिएको तस्विर ।

    ReplyDelete
  2. जीवन्त तस्विरहरु, मलाइ पनि गाउको धेरै याद आयो ।

    ReplyDelete
  3. यस्तै छ पवन जी & कृष्ण जी मेरो गाउँ ठाउँ ....

    ReplyDelete