जुन जस्तै यो घामको कुरा !


साझमा लुकामारी खेल्न आउने 
- जुन !
पन्ध्र दिन कृष्ण पक्ष भन्दै हराउने 
अनि अरु पन्ध्र दिन 
शुक्ल पक्ष भन्दै झुल्कने .... गर्थ्यो !
तर हिजो आज
हरेक दिन / हरेक बिहान 
सबेरै आउने गर्छ 
मेरो बिस्तारा सम्म ...

अनि यसो हेर्दा लाग्छ
खै के को रिसले हो कुन्नि
प्रचण्ड, रापिलो  भएर दिनको शुरुवातगर्छ !
अनि म
फकाउन गीतकै शिलिमा भन्छु :-
'यी हल्लाहरु हुन् तिमीले सुनेका
कसैसंग मैले मुटु साट्या छैन'
लाग्छ मेरो कुरामा
रति भर कुनै सत्यता छैन
अनि उ अझ मध्य दिन सम्ममा
अझ बढी चुर हुदै चरक्क  चर्किन्छ 

मार्ने गरि - मलाइ नै !
 तर
जुन जस्तै यो घामको कुरा
गर्न नसकिदो रै'छ -
 जति दिन बढ्दै जान्छ
उ उतिनै तातिदै जान्छ
 अनि फेरी लाग्छ
साझ त पुन: राम्रै होला
तर नि साझमा पनि
म आनन्दले सुत्न सक्दिन
किनकी 
दिनभर उ जुर्मुरिदा छाडेको राप
मेरा लागी साझ सम्म नै भारि भएर रहन्छ !
पुन म उन लाइ भन्ने गर्छु
 विश्वास दिलाउन  पुन :
मैले भनेका वा मैले निश्चय गरेका 
कुनै पनि कुरा पुरा नगर्ने ,
आफ्ना कुरामा अडिक रहन नसक्ने 
म -
 तिम्ले पुज्ने तिम्रो कुनै देवता होइन !
यो देशको कुनै नेता पनि होइन ! !

फोटो Via soundlogik.com

No comments:

Post a Comment