जन्म दिन र उत्सव [ Birth Day - साउन १० ]


 साउन १०,शनिबार - २०७१  - दमक रेड क्रस हल (झापा)
मान्छेको जन्म भने कै
शब्द ध्वनि – संगीतको जन्म हो रे
त्यसैले पो,
मान्छे आफ्नो जन्ममा
सकी नसकि रुदै भएनी
शब्द, ध्वनि निकाल्दो रहेछन,
तव मात्र हास्दै स्वागत गर्दा रहेछन
यहाँका अरु मान्छेहरूले  …… त्यहि भएर पो अहिले नि संसारका हरेक कुनाका मान्छेहरु र तिनको सस्कारहरुमा आफु सँग या आफ्नो नजिक आउने मान्छेहरु लाइ हाँसेरै स्वागत गर्ने परम्परा जिउदै रहेछ !
      थाहै छ तपाइँलाइ, तपाइँ आफ्नो सफलता / प्रगति सोच्नुस त कति खुसि मिल्छ, अझ अरुको लागी पनि मनै देखि त्यस्तै सोच्नुस र सहयोगको हात बढाउँनुस त, डबल खुसि मिल्छ – तपाइँलाइ
       म भन्छु तपाई धेरै आफ्नो बारेमा सोच्नुस, गर्नुस, खानुस, रमाउनुस, मस्ती गर्नुस तर थोरै विल्कुल तपाईले चाहे भन्दा नि – थोरै, अरुको बारेमा पनी सोच्नुस, गर्दिनुस, दू:ख सुन्दिनुस, खुसी बाड्दिनुस ... हिम्मत दिने, साहस बढाउने हौसला दिनुस – र हेर्नुस त्यसले तपाईलाइ बढी खुसी मिल्छ ! पत्यार लाग्दैन ...?? लाग्दैन भने सोध्नुस आफ्नो बा’आमा लाइ .... !!  उहाहरुले आफ्नो जिवनमा आफ्नो लागी गर्दा कती र उहाको सन्तान (तपाई) को लागी गर्दा कती खुसी मिल्यो भनेर ?? 
       सहयोग र दान भन्ने कुरा आफु रित्तिएर गरिने चिज होइन, तपाइँ सँग भएको मध्ये थोरै - समय, सम्पति, साथ्, हौसला, आइडिया आफ्नै ठाउबाट भए नि शेयर गरेर सहयोग गर्नुस ! किन कि तपाई आफुलाई सकाएर त बाच्नै सक्नु हुन्न ... अनि तपाइँ नै नबाचे तपाइँको सहयोगको अपेक्षा त कुरै रहेन नि ! पहिले आफ्नो लागी बच्नुस अनि अरुको लागी पनि ! हाम्रो धर्म या सस्कारले पनि भन्छ यदि तपाइँ आफुलाई नि खान नपुग्ने गरी दान गर्नु हुन्छ भने त्यो पनि पापै हो ! तपाइँ सँग एउटा कट्टु छ अनि तपाईले तपाइको छेउमा अर्को नाङ्गो मान्छे देखेर बिचरा भन्दै  आफु सँग भएको एउटा कट्टु उसलाई दिए जस्तो गरेर – सहयोग गर्न खोज्नु मुर्खता मात्र हो !
तपाइले चाहे केही गर्नुस या नगर्नुस मान्छेले मर्नु त छदै’छ नि – यार यो त प्राकृतिक नियम हो नि, अनी तपाई किन अरुलाई बर्भात गर्न या मार्न आफ्नो अमूल्य जीवनको महत्वपूर्ण समय खेर फालिरहनु हुन्छ ! त्यसैले भन्छु ‘बाच्नुस र बाच्न दिनुस !

अन्तमा हिजो शनिबार मेरो जन्म दिन(१० साउन) मा  मलाइ प्रत्यक्ष या अप्रत्यक्ष रुपमा उपहार दिएर, टेक्स्ट एस.एम.एस, मेल गरेर सुभकामना दिने सबै प्रति धन्यबाद र आभार प्रकट गर्दै ... जिन्दगी आफ्नै लागि जिए पनि ... सके सम्म अरुलाइ थोरै भए’नि सहयोगको हात बढाउने पहल गरौ भन्न चाहन्छु ... मैले भनेको कुरा मान्नै पर्छ या गर्नै पर्छ भन्ने छैन ... तपाइँ जोसुकैको कुरा सुन्नुस तर आफ्नो निर्यण लिनमा आफ्नै विवेक प्रयोग गर्नुस .... तपाई सँग नि विवेक छ, आफ्ना लागी के सहि के गलत छ भन्ने कुरा छुट्याउन को लागी – हो त्यसैको सहि पर्योग गर्नुस ! सबैको समय शुभ होस्, शुभ रहोस ! तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?

   अघिल्लो वर्षको जन्म उत्सब मनाउदा YFBAN साथीहरु लाइ एउटा प्रोमिस गर्या थीए “#सबैलाइ इन्भाइट गरेर सगै सेलेब्रेट गर्ने भनेर तर  यस वर्ष मेरो ड्य़ाडी दिवंगत हुनु भएको हुनाले मैले कुनै उत्सव मनाइन र कसैलाई इन्भाइट पनि गरिन – त्यसको लागी सबै सँग माफी चाहन्छु ! हुन त मैले मेरो जन्म दिनमा उत्सव नै मनाउनै पर्ने त्यस्तो के नै गरेको छु र - सिवाय आफ्नो  लागी बाच्ने कोसिस देखि बाहेक ? तर अघिल्ला वर्षहरुमा झैँ यस पटकको जन्म दिनमा पनि विहानै DAMAK RED CROSS भवनमा गएर एक पिन्ट ब्लड डोनेट गरे : त्यसैको केहि पोटोहरु यहाँ पोस्ट गरेको छु, अनि सहयोग स्वरूप Give Blood, Save Life’  अभियान संचालन गर्दै आएको YFB JHAPA लाइ रु. १,००० |- बराबरको NCELL RECHARGE उपलब्ध गराएको छु !  तपाइँ पनि आउनुस युथ फर ब्लड सँग हातेमालो गर्न ... र काम सँग रमाइलो होइन, रमाइलो सँग काम गर्दै जिउन सिक्नुस !
गुगलले मेरो गुगल सर्चमा जन्म दिनकोलागी यस्तो गिफ्ट डिजाइन गरिदिएछ - त्यसको लागी गुगल लाइ धेरै धेरै धन्यबाद !
thankx to Google for that gift   i luv it 

No comments:

Post a Comment