व्यक्ति पिछे मोबाइल, घरै पिछे डिस होम छ तर शौचालय एउटा पनि छैन !


UNICEF ले तयार पारेको विध्या बालन अभिनित 'UNICEF Total Sanitation TVC 3 DULHAN Featuring Vidya Balan' एड र Grey Worldwide India  ले तयार गरेको 'सोच्छ भारत' अभियानको Swachh Bharat 60Sec Master 30 10 14 भन्ने एड टिभीमा हेर्दै मुस्कुराउने म ....

 ..केहि समय अघि हामी एउटा सामाजिक कार्यको लागी चन्दा संकलन गर्दै  घर दैलो अभियान अन्तर्गत स्थानीय आदिवासी टोलमा गएका थियौ ! विहान सबेरै देखि दिउसो १ बजे सम्म पुरै २,३ ओटा टोल हिड्दा पनि मैले एउटै घरमा पनि शौचालय (toilet) देखिन अचम्म लाग्यो  प्रति घर रु. ५० देखि रु.  ५,५५५ सम्म चन्दा दिन सक्ने को त यस्तो हालत छ, अझ अचम्म के पनि रहेको छ भने प्राय: व्यक्ति पिछे मोबाइल छ, घरहरुमा डिस होम जोडिएको छ तर शौचालय छैन !

कुनै कुनै सस्थाले कुनै समयमा एकाध शौचालय निर्माण गर्दिएका थिए रे त्यो ठाउमा तर घर भित्र कसरी ट्वाइलेट बस्न सकिन्छ भनेर ट्वाइलेटकै  ढोकै भरी आची गरेर जात्र अनि कसैले चाही सुकेको गोबरको थाप्लो (जुन दाउराको रुपमा चुलोमा बाल्न पर्योग गरिन्छ ) भरेर, दाउरा राख्ने घर बनाएर ... शौचालयको अस्तित्व नै समाप्त पारि सकेका रहेछन ! 
म समाचारमा या अन्त त्यस्तो छ भन्ने खबर देख्थे, पढ्थे ... अनि देशको सुदुर, दुर्गमको  ठाउँको अवस्था अझ कति दैनिय होला भन्ने लाग्थ्यो तर हाम्रै झापामा पनि यस्ता धेरै गाउँहरु रहेछन ! थाहा पाएर साह्रै दु:ख र अपशोच लाग्यो !
अनि त्यो एडले दिन खोजेको शिक्षा हाम्रो दरिद्र मानसिकतामा पनि त्यस्तै एडमा जस्तो सरल तरिकाले बुझाई दिने माध्यामको कमी रहेको महशुस गरे ! भारतीय टेलिभिजनमा देखाइने यो दुइ एड मैले एका / दुइ पल्ट हेरेको थिए तर आज युटुब लगभग डोर्याई दोह्र्याई ६/७ पटक हेरे निक्कै चित बुझ्यो / घत लाग्यो !
जुन भिडियो तपाई पनि हेर्नु हुन्छ कि ...  लिंक यहाँ राखेको छु राम्रो लागे कमेन्ट भन्दा नि शेयर गर्न नबिर्सिनुस है !

No comments:

Post a Comment