नागरितामा राजनीति गर्न छाडौ । समस्या सावधान गर्न लागी परौ ।


राज्यले कहिले सम्म नागरिकताको बिषयमा राजनीति गरेर बस्ने हो?? भोट बैकको नारा बनाएर राख्ने हो ??? अंगिकृत नागरिकता भएका बाबुआमाका करिब 7 लाख जति छोराछोरीहरुले यो देशको नागरिकता पाउन सकेका छैनन् ।

कतिपय नेपालीहरुको त बाजेको बंशजको नागरिकता छ, बाऊको अंगिकृत अनि छोराछोरीको नागरिकता नै बन्न सकिरहेको छैन ...? आखिर गल्ती कस्को अनि बाऊको बंशजको नागरिकता हुदा हुदै छोरालाइ अंगिकृत नागरीकता थमाउदा गल्ति कस्को ?? यसो गर्दा सजाय त्यस्तो गर्ने सरकारी कर्माचारीलाइ हुनु पर्ने हो तर सजाय उसको नातिले पाउछ किनकी उसले नागरिकता पाउन सक्दैन । अनि अंगिकृतका छोराछोरी लाइ चाही किन नागरिकता दिन नमिलेको ? आमा या बाबु मघ्ये कुनै एकको नागरिकता भएन भने उसको छोराछोरीको पनि नागरिकता किन बन्दैन, भन्देन सरकार ? ?? बाबुआमा मघ्ये कुनै एक सँग नेपालको नागरिकता भएको खण्डमा उसबाट जन्मेकोले बच्चाको बंशजको नागरिकता बनाउन पाउनु पर्ने संविधानमै उल्लेख गरिएको भए पनि तिनका छोराछोरीको नागरिकता नै बन्न सकिरहेको छैन, आखिर किन ? के नेताहरुले आफ्नो राजनैतिक अभिष्ट परा गर्न मात्रै नागरिकता विध्येकको कुरा उठाउने हो ? यहि हो नैतिकता?? याद राख सरकार कुनै पनि कुराको अतिवादले अति नै गर्छ यो तिम्रो राष्ट्रबादको अतिवादले कतिलाइ खति गरेको छ याद छ ??
(भिडीयोमा बोल्ने भाईको बाऊ आमाकै नेपालको अंगिकृत नागरिकता छ तर यी भाइ जन्मेर २८ बर्ष पुग्दा सम्म नेपालको नागरिकता पाउन सकेका छैनन् ) भन्नुस राज्यले आफुलाइ नागरीक नठान्दा अनि तपाईं जस्तो समाजले धोति भन्ठानिदा कस्तो पिडा हुन्छ । यदि देशले नागरिकलाइ नागरिक ठान्दैन भने ६/७ लाक नागरिकले देशलाइ किन देश मान्नु ?? भन्ने सवाल आउन सक्दछ? भोलि यहि बिषय ले नै देशमा दन्द र अस्थिरता ल्याउन सक्छ । सरकार र वुद्धिजिवीहरुले मनन् गर्नु पर्ने कुरा हो यो।
हामी सोच्छौ मधेशी अनुहार गरेकाहरुले मात्रै नागरिकता पाएका छैनन् किनकिन उनिहरु नेपाली होइनन्, इण्डियनहरु हुन ।यो र यस्तो खाले सोच नै गलत छ हो बरु यो कुरामा भने चनाखो हुनु पर्दछ । तर अन्य नेपाली रैथाने जातिका नागरिकहरु (क्षत्रि बाहुन, गुरुङ्, भोटे, तामाङ्, राइ लिम्बुहरु) नेपाली नागरिकता लिन बाट बन्चित भएका छन ।
यदि कसैले विदेशी महिलालाइ बिहे गरेर ल्याएमा -10-15 बर्ष पछि अंगिकृत नागरिकता देऊ त्यो ठिक छ तर यही जन्मेका जसको बाबु आमाको नागरिकता नेपालको छ तिनका छोराछोरीलाइ नागरिकता दिन बाट चाही किन बच्चित गरिदैछ ?? यस्ता नेपालिहरु करिब ६ देखी ७ लाखको हाराहारीमा छन नेपालमा ।
एक पटक सोच्नुहोस तपाईं आफै हुनु हुन्थ्यो भने के गर्नु हुन्थ्यो??
मान्नुस तपाईंले कुनै विदेशी पुरुष या महिलासँग विवाह गरेर बच्चा जन्माउनु भयो भने अनि त्यो बच्चाको पछि उमेर पुगेर नागरिकता बनाउनु पर्दा विभिन्न बाहाना बनाएर राज्यले तपाईंको त्यो बच्चालाइ नागरिकता बनाउन मिल्दैन पछि कुनै टोलि आउदा बनाउनु या नया कानुन आए पछि बनाउनु भनेर आलटाल गर्दा तपाइमा के वित्छ, एक बर्ष दुइ बर्ष होइन 20/30 बर्ष नै विताइदिदा तपाईंमा के वित्छ??
राष्ट्रबादको कुरा गर्छौ, यही बिध्येक एमालेले पास गर्दा, कांग्रेसीहरु खरो राष्ट्रबादको कुरालिएर डुक्रिएका थिए अनि यहि बिध्येक काग्रेसीले पास गर्दा एमालेहरुमा बडो राष्ट्रवाद तातेर आयो ... हिजो देख्नु भएको होइन यही विध्येक के पि बाले पास गर्न लागी परेको ... गठबन्धन दलहरु कति उफ्रेका थिए देशद्रोही केपी भनेर र आज ठ्याक्कै उल्टो छ गठबन्धनले त्यही विध्येक पेश गर्दा केपी बा मा बडो राष्ट्रवाद बढेर एक्कासी आएको । हैन कति बुझ पचाएर बसन सकेको हो हामीहरु असलि जनताको समस्या बुझेका छन नेताहरुले अनि राम्रो कामको जस आफैमात्र लिन खोजका हुन । आफुले गरे चमत्कार अरुले गरे बलत्कार हो ।
नागरितामा राजनीति गर्न छाडौ । समस्या सावधान गर्न लागी परौ ।
कुनै नकारात्मक र राष्ट्रवादको कमेन्ट गर्नु पुर्व साच्चिकै यो समस्या परेका नेपालीहरु मेरो आफ्नै स्थानीय ठाउमा चाही के कति छन त बुझेर मात्रै कमेन्ट गर्नुहोस । नत्र भावना मात्रै आएर थोत्रा आदर्श नछाट्न अनुरोध छ ।जो पिडामा परेको छ उसैलाइ मात्र यो हावा होइन, जिन्दगीको लडाइ भन्ने लागेको छ । ल विदेशीले नै नागरिकता पाउने समभावना बढी छ भने स्थानीय सर्वदलिय 10/20 जनाको नागरिकता टोलि नै बनाएर हरेक वर्डामा खटाऔं ~ यदि समस्या नै सावधान गर्ने हो भने नत्र भने हरेक चुनाव अघि नागरिकता चुनावी एजेण्डा बनाएर फाइदा लिन पल्केका दलहरुको भण्डाफोर गर्नु जरुरी ।

No comments:

Post a Comment