ढुङ्गाको अस्तित्व [ कविता ]


एउटा ढुङ्गा
एक पटक मन्दिर गयो भने
भगवान बन्छ र ...
पुज्य हुन्छ ।
तर
मान्छे हरेक दिन
मन्दिर जान्छ र ...
ढुङ्गा बन्छ ।।

अनि

यहाँ
एउटा ढुङ्गा देउता बने पछि
मान्छे ढुङ्गा भएर बसेको छ ।
मान्छेको होइन
ढुङ्गाको अस्तित्वको लागि ।।

No comments:

Post a Comment