Skip to main content

रुवाइ [भाग -३]


दर्की रहने मौसमी पानिको के कुरा
नजिक भै मस्केर जाने नानीको के कुरा ।

राजनीतिले नै हो, देश बिगार्ने सपार्ने त
नेता झै बोली फेरि रहने बानिको के कुरा ।।

Comments

Popular posts from this blog

मोबाइलमा युट्युबको भिडियोहरुलाइ प्ले गर्दै, त्यही मोबाइलमा अरुकाम गर्नु परेमा या स्क्रिन अफ गरेर सुन्नु पेरेमा

तपाइलाइ युटुबको भिडियो (न्युज, मोटिभेसन कन्टेन्ट, म्युजिक) प्ले गरेर सुन्दा आफ्नो मोबाइलको स्क्रिन अफ गर्ने बित्तिकै भिडियो प्ले नै हुदैन । बन्द हुन्छ, किन र यसको उपाय छैन ?? प्रविधिको जति बिकास हुँदै गयो त्यति नै हामी सुविधा भोगी पनि हुँदै गैरहेका छौ । त्यसैले उपाय र सुविधा खोज्नु / अपनाउनु हाम्रो मानविय स्वभाव पनि हो ।
हुन त पहिला मलाइ पनि यो समस्याले सताएको थियो र मलाइ धेरैले सोध्नु पनि भएको थियो । त्यही भएर आज यस सम्बन्धी यो पोस्ट तयार पार्दैछु आशा छ तपाइहरुलाइ उपयोगी हुने छ । 
युट्युबको भिडियो प्ले गर्दा भिडियो मोडमै राखेर छाड्यो भने ब्याट्री छिटो सकिने समस्या, मोबाइल तातिने समस्या, लामो समय प्ले गर्दा मोबाइल ह्याङ्ग हुने समस्या आदि हुन सक्छ । ब्याग, पर्स या गोजिमा राखेर भिडियोहरु सुन्न नै मुस्किल हुन्छ । कतै टच भयो कि भिडियो नै चेन्ज हुने या बन्द हुने पनि हुन्छ । आफ्नो मोबाइलमा कहिले काहीँ युट्युबको भिडियो सुन्दै अन्य कुराहरु एकै साथ गर्न पाएनि भन्ने लाग्न सक्छ, तर कसरी ??? तर युट्युबको भिडियो लाई मोबाइलको स्क्रिन अफ गरेर बजाउने हो भने यी माथिका सबै समस्या बाट मुक्त हुन सकिन्छ …

I Lv U - This Much !

मेरो पहिलो पुस्तक ~ आमा [ कविता ]

आमा भन्नु हुन्थ्यो:- दिनरातको
साउने झरिले गर्दा
घरसँगै टासिएको रतुवा खोलामा
ठुलो बाढी आयो
दाउराहरु बगाएर ल्यायो
घर नजिकैको बगर भरी छरिदियो
अनि
दिनभरी दाउरा बटुलेर डोकामा ओसारे
साझमा खाना खाए
पाकले खुट्टा बेसरी खाएकोले
भतभती पोेल्यो
पिठारी पोलेर खुट्टा भरी दले
अबेर 10, 11 बजे तिर
ढल्किदा ब्यथा लाग्यो ...
रातभर सुत्न सकिन
बिहान भालेको डाक सँगै ~ तँ जन्मिस 👩‍👧कान्छा 💕 ।


आमालाई #मातातिर्थ_औंशीको शुभकामना । अनि मेरो पहिलो फुस्तक ~आमा #23April #25th #InternationalBookDay

नोट: पाक =बाढीले बगाएर लयाएको धमिलो पानी सहितको हिलोको लेदो ।
आमाको यो भनाइ सालको दुई पटक सम्झने गर्छु म - आमाको मुख हेर्ने दिन र मेरो जन्म दिनमा ।

सरकार ! म सरकार बिरोधी होइन। आम नागरिक हुँ। [कविता]

हिजो
निरंकुश राणा शासनकालमा
राजशीको पालामा
ज्यानको बाजि मारेर
जेल / नेल सहेर
आलोचना गर्दै
बिरोध र आन्दोलन गर्यौ
क्रान्ति गर्यौ
निडर भएर उभियौ

अनि
स्वतन्त्रता, प्रजातन्त्र
गणतन्त्र प्राप्त गर्यौ

तर
दु:खको कुरा
अहिले
आफ्नै पाटी भित्र
- फरक मत राख्न
आफ्नै पाटीको नेता बिरुद्ध
- बैचारिक बहस गर्न
नसक्न्ने क्रान्तिकारी भयौ।।
रेड कार्पेटमा सलामी दिने
भगवान पनि नमान्ने तर
फुलको मालाको थुप्रोले नेता पुज्ने
चाप्लुसी कार्यकर्ता भयौ।।

अर्को पाटीले
जे/जस्तो  गरेनी नराम्रो
आफ्नो पाटीले गरे मौनता।।

राजा फेरिए
सरकार फेरिए
शासन फेरिए
रैती फेरिए
जनता फेरिए
तर
चाप्लुसी
जदौ संस्कार फ़ेरिएन
आखिर कहिले सम्म ???

फेरिनु पर्ने जीवनशैलीमा
सस्कारहरुमा सुधार होइन  र ?



अचम्म लाग्छ
हिजो

राजाको बिरोधी हुँ
सरकार बिरोधी हुँ
समाजमा भएका
- गलत औलाउदै
क्रान्तिकारी हुँ भन्दा,
गर्व गर्ने नेता हुँ भन्नेहरु
अहिले कसैले गरेको
गलत त औलाउनु नै हुदैन
सिध्दै
सरकार बिरोधी घोषणा गरिदिन्छन ।
मेरो मुख थुन्न
विध्येक नै बनाउन लागी पर्छन।

हो - म
गलतको बिरोध जरुर गर्छु
सरकारको होइन
तर
सरकार नै गलत हुन्छ भने
मलाइ कसरी सरकार बिरोधी भन्न …

हाम्रो लाजनीति [कविता]

देशमा
कुनै पनि किसिमको
स्वतन्त्रता थिएन
तर पनि
हामीले
राणाहरुको
राजाहरुको
मण्डलेहरुको
हुकुमी शासन बिरुद्ध
बोल्न कहिल्यै
डराएनौ
बिरोध, बन्द, हड्ताल र आन्दोलन गर्यौ
आवाज उठायौं ।
अन्धभक्त तोड्यौ

तब
देशमा
प्रजातन्त्र आयो ।
गणतन्त्र आयो ।

तर
हामी
हुकुमी शासन लाई
चाप्लुसी गर्दै
सलामी दिने जनता भयौ ।
हामी देशका जनता भन्दा पनि
पाटी, धर्म र जातिय
सम्प्रदाय र गुटमा विभक्त भयौ
अनि
अहिले हामी
आफ्नै पाटीको
आफ्नै धर्मको
आफ्नै जातिको
नेताको, संस्कारको
नराम्रो पक्षको, नीतिको
बिरोध त के
प्रतिवाद पनि गर्न नसक्ने
सर्वभौम गुमाएको
चाप्लुसी गर्ने
नजानिदो डरले थिचिएको
कार्यकर्ता  भयौं ।
भन :-
"तिमी यसमा
आफुलाइ लाज मान्छौ कि
गौरवशाली ठान्छौ ..??"
यो मनले सधैं
यसरी नै सोधीरहन्छ
म आफैलाई ।।
Happy #WorldPoetryDay  #March21

विश्व कविता दिवसको सबै कवि मनहरुमा शुभकामना