रमितेडाँडाको हाम्रो रमिता ।
झापा मोरङका मानिसहरुलाइ गर्मी छल्ने उपयुक्त ठाँउ । पछिल्लो समयमा पूर्वमा निक्कै भाइरल र प्रसिद्ध हुदै गैरहेको एक सुन्दर आन्तरिक पर्यटकीय हब ! एक किसिमले सिजनल ब्यापार ब्यबसाय पनि हुन् थालेकोले अचेल यहाँको जग्गा र प्लाटिङ्ग कारोबार पनि निक्कै बढ्दै गैरहेको छ ! हुन त झापा मोरंगका स्थानीय बासिन्दाहरुलाई गर्मीमा चिसो छल्न कतै जाम न त भन्दा कि त भेडेटार या इलामको कन्याम पुग्नु पर्दछ .... हो त्यसैको बैकल्पिक स्थान हुन् पुगेको छ अचेल --- रमिते डाँडामा सडक बाटो पुगे पछी भने ! हुन त कन्याम जस्तो आकर्षक ठाउँ नभए पनि मौसमको हिसाबले भने निक्कै आनन्द र चिसो हुने भएकोले ...... नजिककैको around One Our मा पुगिने ठाउँ भएकोले गएर फर्कन छिटो हुने भएकाले पनि झापा मोरंगका मानिसहरुको नजरमा पर्न सकेको हो यो ठाउँ ! त्यहाँको स्थानीय सरकारले अलिक ब्यबस्थित गर्ने हो भने यस ठाउँले पछी निक्कै ठुलो सम्भावना बोकेको छ - त्यहाको जान जीवनमा सास्कृतिक, सामाजिक तथा आर्थिक रुपमा निक्कै ठुलो परिवर्तन ल्याउन सक्दछ !
बिशेस गरेर पार्कीङ्ग, खान पिन, View Spot, फोहोर ब्यबस्थापन लाइ चाही पहिलो प्राथमिकतामा राख्नु पर्ने देखिन्छ !
धेरै चाही यहाँ जोडी र साथी भाइहरुको झुण्ड बनाएर डुल्न आउदा रहेछन अनि विशेष गरेर खानपिन गर्न पनि बढी आउने गरेको देखे ! यसले गर्दा स्थानीय उब्जाउ साग सब्जी र अन्य कुराहरु अन्त भन्दा महँगो मुल्यमा बिक्री गर्न राखिएको हुदो रहेछ - यसले पनि यहाँ आयमा थप टेवा दिएको हुनु पर्दछ ! धेरैले यहाँ आउदा आफैले खाने कुराहरु लिएर आउने गरेको पनि देखियो ..म्याटहरु बिछ्याएर बाटोको छेउमा बसेर खानपिन गर्दा रहेछन त्यस्ता भिजिटरहरु ! अनि धेरै भल्ग र टिकटक, रिल भिडीयो बनाउनेहरुको भने भिड नै देखिन्थ्यो !
मलाइ चाही लाग्यो यो ठाउँ डुल्न भन्दा पनि गर्मीले आजित भएको बेला छुट्टीहरुमा बिहानै खानेकुराहरु लिएर गएर बसेर खानपिन गर्दै दिन भर बसेर साझामा घर फर्कदा आनन्द आउदो हो भन्ने लाग्यो !
पार्किंङ्ग र फोहोर व्यवस्थापन सबै भन्दा ठुलो समस्या देखे यहाको !
छोरी युसिताले डाँडा बाट तल दमक तिरको View हेर्दै गर्दा दाजुले चलाउन आए पछी ...पिट्न खोज्दै ....
दमकको गर्मीले उखरमौलो भएका हामी रमितेको आइतबारे बजारमा पुग्दा ... यस्तो जाडो अवस्था रहेको थियो ! जहाँ नानीहरुलाई ज्याकेट र टोपी लागाईदिनु परेको थियो !
सुविन्द्र राइ दाजुले नानीहरुलाई बाटोको साइटमा खेलाउदै गर्दा ....
लुन त बुढी सबैको फोटो खिचेको खीचैं गरेको बेला मेरो फोटो पो कसले खिचिदिने भएको त ... सलुजले यी यस्तो खिचिदिन ...दामी ☺
नानीलाई Fruity Juice खुवाउदै ...The Tent Town मा यहाँ बाट झन् राम्रो दृष्यहरु देखिदो रहेछ तर हामी गएको बेला हुस्सु लागेकाले त्यस्तो दृष्य हेर्ने मौका नै मिलेन ! चिसो हावा भने बेसरी चली रहेको थियो ... एकछिनमा स्यार पानि पनि पर्यो एकछिन ....
No comments:
Post a Comment