मरेर मात्र मिल्ने स्वर्ग चाहीएन ।
मलाइ स्वार्थी मान्छेले झै
प्रलोभन नदेखाउ ...
भगवान !
तिमी नै स्वर्गमा बस र प्रशंसा बटुल !
बस !
मलाइ पृथ्वीमै खुसी साथ बाच्न देऊ ।
म बुझ्दिन
बजार बाट किनेर ल्याएको
मुर्तिको अघि
हामी हात जोडेर
धन सम्पति र सुख, शान्ति माग्छौ !
यदी
मुर्तिहरुले
धन सम्पति र सुख, शान्ति दिने भए
हामीलाई
पसलेले किन पो बेच्थे होला ~ मुर्ति ??
Google Images enhances its search function. (Credit: Google) Google announced today that it is revamping its image search to make it ...
"Thank you for visiting my personal blog. Please feel free to leave your suggestions."
समयले म सँग त केहि पनि सँगै रहन दिएन – सिवाय ति कुराहरुको सम्झना !
मान्छेका नियती
यहाँ
पैसा नभएका कारण
पढाइ छाड्ने
घर छाड्ने
गाँउ छाड्ने
देश छाडेर
विदेश जाने
गर्दै गरेको व्यवसाय छाड्ने
मान्छेहरु धेरै भेटे
तर
पैसा नभएकै कारण
रक्सी छाड्ने
गाँजा छाड्ने
तास खेल्न छाड्ने
मान्छेहरु , अह !
धरो धर्म
आज सम्म मैले भेटेकै छैन यार ।।😄😄
Open 𝐅𝐨𝐫 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠𝐬: 📱9764180108, 9811644722
भगवान भरोषामा चलेको देश [कविता]
आज नेताहारु
भगवान भरोषामा
देश चलाई रहेका छन् ।
तर आम जनता
यो राजनिती
~ छिमेकी र विपक्षीहरुको खेल हो भनेर बुझ्दैछन ।।
जस्तो की
हिजो बा'ले
भगवान भरोषामा जिन्दगी चलाएका थिए
र आमाले
यो जिन्दगी
~ सब भाग्यको खेल हो भनेर बुझ्नु भयो ।।
स्थानिय खबरहरुको जानकारी लिन /दिन E-mail: kohabarayouth@gmail.com
मेरो पहिलो पुस्तक ~ आमा [ कविता ]
आमा भन्नु हुन्थ्यो:-
दिनरातको
साउने झरिले गर्दा
घरसँगै टासिएको रतुवा खोलामा
ठुलो बाढी आयो
दाउराहरु बगाएर ल्यायो
घर नजिकैको बगर भरी छरिदियो
अनि
दिनभरी दाउरा बटुलेर डोकामा ओसारे
साझमा खाना खाए
पाकले खुट्टा बेसरी खाएकोले
भतभती पोेल्यो
पिठारी पोलेर खुट्टा भरी दले
अबेर 10, 11 बजे तिर
ढल्किदा ब्यथा लाग्यो ...
रातभर सुत्न सकिन