आखिर के हो त माया [ कविता ]


बाल्यकालमा त
बा'आमा, दाजु, दिदी
आफन्तहरुले
खुब केयर गर्नु भयो होला
माया गर्नु भयो होला
तर माया के हो
थाहा भएन

बस
लाग्यो
जस्ले सहानुभुती,
आत्मियता, स्नेह देखाए
ती सबै मेरा
~ आफ्नत हुन ।।

****

स्कुल पढ्दा
मायाको बारेमा
धेरैले धेरे थोक भन्नु भयो
किताबमा पनि केही लेखिएको थियो ।

तर आफैले भने
कहिल्यै त्यस्तो महशुस गरिएन
ए, अँ, हो
भन्ने मात्रै लाग्यो ।।

****

जब घर छाडेर
पढ्न, काम गर्न
टाढा,एक्लै शहर छिरे

साझमा एकान्तमा
छटपटी भएर
बिस्तारामा निन्द्रा नलागेर

"साथीहरु सँग
बराल्लिदै डुलेको, खेलेको,
काले के गर्दै होला ?
गोरे कता गयो होला ?
बा'ले गल्ती गर्दा - गालीगरेको,
नयाँ लुगा, बरफ, चक्लेट किनेर,
पैसा दिएर फकाएको;
आमाले मेरै लागी भनेर
रोटी, दही -चिउरा, चाम्रे भात
बनाएर दिनु भएको"

यी सब सम्झेर
आँखा रसिलो हुदा

बा'आमाको
त्यागको लागी
जस्तोसुकै मिहनेत गर्न
पछि हट्नु हुन्न भन्ने
महशुस भयो

लाग्यो
यही पो हो कि क्या हो
~ माया ???

****

कलेज जादा
अफिस जादा
या कतै जादा
बाटामा, गाडीमा,
पुजामा, कसैको विहेमा – भेट हुदा
मेरै अघी आएर
या टाढैबाट
उ मलाइ नै हेरेर
मुसुक्क मुस्कुराइदिदा
केही बेर
केही दिन
केही महिना नजिकिएर
बोलिदिदा
मेरै कुरामा धेर थोर
समर्थन गर्दिदा मात्रै पनि

मख्खै परे'थे
भोक बिर्सिएको'थे
निन्द्रा हराएको'थे
उस्कै कुराले
हर समय
मगज भरिए पछी
बाटो बिर्सिएको'थे
काम भुलेको'थे

लाग्यो
भगवान मान्छेलाई
जिवनमा
कसै न कसै सँग
कम्तिमा
एकपटक भए पनि
प्रेममा पर्न देऊ
तब मात्रै - उसलाइ
जिन्दगी के हो थाहा हुने'छ
भन्ने महसुस भयो ।

अनि
लाग्यो
यही पो हो कि क्या हो
~ माया ???

****

अधिकांश मानिसहरु
मायालाइ
'आइ लभ यु' भनेर
ब्यक्त गर्दा रहेछन
तर यो प्रश्न होइन
तर पनि यसको
उत्तरको पर्खाइमा
जिन्दगी कुर्दा रहेछन

लाग्यो
आइ लभ यु भन्दैमा
कोहि आफ्नो हुन्थ्यो भने
म सारा संसार
आफ्नो बनाइ सक्ने'थे

नेपलोलिएनले झै राज गर्ने थिए
बादसाह भएर ।।

मायाको कुरा गर्दा
आफ्नो करियर
आफ्नो भबिष्य
जिन्दगी मात्रै होइन

देशमा भएको ब्यतिथि
डण्डहिनता, नेताहरूका भ्रष्ट्रचार
छिमेकीले सिमा मिचेको
करमा कर कर गरेर
मूल्य वृद्धि गरेर
जनताको ढाड सेकेकोमा

देशको
हामी जस्ता आम नागरिकको
समृद्धि नभएको देखे पछी
पिर लाग्दो रहेछ
रिस उठ्दो रहेछ
दु:ख लाग्दो रहेछ

लाग्यो
यो पनि हो कि क्या हो
~ माया ।।
****

बिबाह पछि
धेरै उत्साह
धेरै जिम्मेवारी
धेरै उतारचढाव
बढे पनि
जसले
श्रिमती भएर
भरोषा र साथ दिन
जसलाइ
खुलेर बिश्वास गर्न सके

लाग्यो
अरुको लागि
नबाचिएको जिन्दगी
जिन्दगी नै होइन की ??

त्यसैले त
सधैं
उनकै लागि
बाच्ने निधो गरियो
बाँकी
जिन्दगी

अनि फेरी
लाग्यो
यही पो हो कि क्या हो
~ माया ..!!

****

जब सम्म
हामी आफु बाआमा
भैसकेको हुदैनौ
तब सम्म
न केटाकेटीको कुरा
न त बाआमाको मार्म नै - थाहा हुन्छ ।

जब
म बाबा भए
त्यस पछि

पहिला
केही केटाकेटीले
गल्ति गर्दा
कहिले काहिँ पिटन सक्ने - म
अब कुनै नानिहरुलाइ
पिट्न नसक्ने भए ।

नेशनल जोग्राफी या युट्युबमा
जनबारहरु मारेको
खाएको दृश्य
हेर्न नसक्ने भए

सोसल मिडिया र न्युजहरुमा
बालबालिका हत्या
फालेको हेर्न नसक्ने भए – म

तब थाहा भो
एक बाआमाले कसरी
सन्तानको लागि
त्याग गर्न सक्छ भनेर !

अनि
नानिहरुले ठुलो भए पछि
प्रतिकुल काम गरे
किन बाआमाको मन दु:ख छ भनेर ??

त्यो भन्दा नि
ठुलो कुरा ;
"जिवनको सबैभन्दा
ठुलो खुसी
आफ्नो सन्तान

ठुलो सफलता भनेको
पारिवारिक सुख रहेछ" – भन्ने अनुभुती भयो ।


त्यही भएर त
परिवार देखि टाढा
पर्देशमा रहेर पनि
निन्द्रा नपुगे पनि
थाकेकै ज्यान भए पनि
निरन्तर
काम गर्न सकिदो रहेछ ।
- सन्तान र परिवारको लागि भनेर ।


लाग्यो
कसै प्रती गरिने
केही चिन्ता
केही डर
केही केरकार
केही भरोषा
केही समझदारी
केही सहानुभूति
केही आत्मियता
केही स्नेह
केही आफ्नोपन
नै पो हो कि क्या हो
~ माया ..!!

सायद
शब्दले भनिने
या
बोलेर प्रस्तुत गरिने
चिज मात्रै पनि होइन कि माया ???


No comments:

Post a Comment