एक्लो भिड [ कविता ]


मैले
कहिल्यै सोच्या थिन

एक्लै बस्दा पनि
यादहरुको भिडमा हराउछु

मान्छेहरुको भिडहरुमा
एक्लो हुन्छु भनेर ...

तर
सम्भव रहेछ
यादहरुको भिड
भिडहरुमा एक्लो ...!!

No comments:

Post a Comment