अर्थोकै सिकाएछन - राधे राधे गुरुले [ कविता ]


हामीले मनाउने

बुद्ध जयन्तीमा - शान्ति
उभौली पर्वमा - प्रकृति
दशैँमा - दुर्गा
तिहारमा - लक्ष्मी
श्री पन्चमीमा - सरस्वती

यी कुराहरु
साहित्य भनेर
शब्दमा लेख्दा मात्रै पनि
सृजना, कृति, रचना  आदिका कुरा आउछन !

यसो बुझेर ल्याउदा
नारीका कुरा र प्रसंग विना त
हाम्रा चाडपर्व
उत्सवहरु पनि नचल्दा रहेछन

अनि
नारी विना
हामी कसरी चल्न सक्छौ र ?

तर
सानामा
स्कुलका
राधे राधे गुरुले

‘हेर केटा
मेरो छोरी –
कविताको पछी मात्रै होइन
शब्द बटुलेर लेखिने
कविताको पछी पनि लागिस भने
तेरो प्रगति कहिल्यै हुदैन
ख्याल गर’

भनेर किन पो भने
भनेर अझै सोच्दछु ... :-) :)


लाग्दै'छ
गुरुले
जहाँ नारीको सम्मान हुन्छ
त्यहाँ भगवानको वास हुन्छ
भन्ने कुरा सिकाउन छाडेर ...
अर्थोक मात्रै सिकाए'छन कि क्या हो .... :) :)  !!!

No comments:

Post a Comment

विश्वास जिन्दगी [ कविता ]
विश्वास जिन्दगी [ कविता ]
प्रेम र मायामा ~ मान्छे हजार पटक भाचिएर सयौ पटक टुक्रिएर पटक पटक धोका पाएर केही  थान विश्ववास गुमाए पनि आखिर मान्छे मायाकै विश्वास गर्छ मान्छेकै भरोषा गर्छ अलगै भए नि । नत्र त जिउदै दिवंगत भेैसकेको हुन्छ मान्छे ~ यो प्रेममा । यो माया यो प्रेम यो राजनीति यो भुगोल यो परिवेश यो सबको बारेमा यो बुझाइ छ कि ~यिनको भर हुन्न तर मान्छेको जिन्दगी पुर्ण यसैको भरमा परेर पुर्ण विश्वासमा रहेर चलाउनु
एक्लो भिड [ कविता ]
एक्लो भिड [ कविता ]
मैले कहिल्यै सोच्या थिन म एक्लै बस्दा पनि यादहरुको भिडमा हराउछु र मान्छेहरुको भिडहरुमा एक्लो हुन्छु भनेर ... तर सम्भव रहेछ यादहरुको भिड भिडहरुमा एक्लो ...!!