विश्वास जिन्दगी [ कविता ]


प्रेम र मायामा ~ मान्छे
हजार पटक भाचिएर
सयौ पटक टुक्रिएर
पटक पटक धोका पाएर
केही  थान विश्ववास गुमाए पनि
आखिर मान्छे
मायाकै विश्वास गर्छ
मान्छेकै भरोषा गर्छ
अलगै भए नि ।

नत्र त
जिउदै दिवंगत भेैसकेको हुन्छ मान्छे ~ यो प्रेममा ।


यो माया
यो प्रेम
यो राजनीति
यो भुगोल
यो परिवेश
यो सबको बारेमा
यो बुझाइ छ कि
~यिनको भर हुन्न
तर
मान्छेको जिन्दगी
पुर्ण यसैको भरमा परेर
पुर्ण विश्वासमा रहेर
चलाउनु पर्ने हुन्छ ।।
त्यसैले
विश्वास माया हो
विश्वास प्रेम हो
विश्वास राजनीति हो
विश्वास धर्म हो
विश्वास जिन्दगी हो ।।

No comments:

Post a Comment

ताराहरु [ कविता ]
ताराहरु [ कविता ]
साझमा एक हुल ताराहरु मेरै घरकै धुरी नेर - साहुती मार्न आए तारा बन्ने रहर थियो -सानामा मेरो बाजे जस्तै । फुत्रुक फुत्रुक बाख्राका पाठा झै चम्कदै उफ्रने अनि कति साना - फुचाफुच्ची जस्तै तर  सानामा मेरा स्कुलका -साथीहरु जस्तै धेरै ।। आकाश भरी खेलिरहेका ।।
अर्थोकै सिकाएछन - राधे राधे गुरुले [ कविता ]
अर्थोकै सिकाएछन - राधे राधे गुरुले [ कविता ]
हामीले मनाउने बुद्ध जयन्तीमा - शान्ति उभौली पर्वमा - प्रकृति दशैँमा - दुर्गा तिहारमा - लक्ष्मी श्री पन्चमीमा - सरस्वती यी कुराहरु साहित्य भनेर शब्दमा लेख्दा मात्रै पनि सृजना, कृति, रचना  आदिका कुरा आउछन ! यसो बुझेर ल्याउदा नारीका कुरा र प्रसंग विना त हाम्रा चाडपर्व उत्सवहरु पनि नचल्दा रहेछन अनि नारी विना हामी कसरी चल्न सक्छौ र ? तर सानामा स्कुलका राधे राधे गुरुले ‘हेर केटा मेरो छोरी –