Gen Z को आन्दोलनमा, हिजो देशमा मैले जे देखे ~ सायदै इतिहासमा यस्तो खालको आन्दोलन हुनेछ न पहिले भएको थियो नेपालमा ।
इतिहास रचेको दिन ।
हामी आतिनु हुनैन, देश बर्बाद भयो सकियो, नहुनु पर्ने भयो भनेर रोइलो नगरौं । हामी उठ्न सक्ने छौं ।संयमित बनौं ।
सिंहदरबार र सर्वोच्च अदालत खरानी हुदैमा देश सकिएको होइन, हिजो दोस्रो विश्व युद्धमा जापान यो भन्दा तहसनस भएको थियो तर पनी उ उठ्यो र ठडीयो । हो अब हामीले पनी वास्तवि नेपाली पहिचान देखाउनु छ । आरोप पत्यारोप हैन अब जे भयो सकियो अब हातेमालो गरी अघी बढनु छ । हिजो एउटा आधी / बाढी आएको थियो केही राम्रा तर धेरै नराम्रा फोहररु सोत्तर पारेको छ ।
बधाइ छ Gen Z पुस्तालाइ । परिवर्तनको साच्ची बन्न पायौं हामी । जनताले कसैलाइ स-सम्मान माथी उठाउन पनि सक्दछ र गलत्याएर घोक्रेठ्याक लगाउन पनि सक्दो रहेछ भनेर उदाहरण पनी दिन सक्यौं । अब बस देशलाइ सुडान, इथोपिया र सिरिया र युक्रेन जस्तो अन्य देशको रणभूमि बनाउन दिनु हुन्न । समस्या सावधान हाम्रै देश भित्रबाट हुनु पर्दछ कुनै बिदेशीको संयोजकत्व र आडमा होइन ।
दमकमा हिजो दिनभरमा काँहा काँहा के के भएको थियो YouTube हेर्न सक्नु हुन्छ ।
No comments:
Post a Comment