प्रिय: पाटीका साथिहरु हो परिवर्तनलाइ स्विकार्नुस ।



जनताको
आक्रोस पुर्णको आन्दोलन पछिको उपलब्धीलाइ आत्मसाथ गर्नुस तपाइले पाटी भित्र रहेर बषौं सम्म गर्न नसकेको काम Gen Z पुस्ताले पुरा गर्दिएको अझै पनी तपाईंको आफ्नो पाटीको वृद्ध भ्रष्ट्र नेताकै विज्ञप्तीलाइ अनुसरण गर्नु भनेको प्रतिगमन चाहनु हो

इतिहास हेर्नुस :- २००७ मा राणाहरुले परिवर्तन स्विकार्न नसकेर यस्तै रोइलो गरेका थिए, २०४६ पछी पंञ्चेहरुले परिवर्तन स्विकार्न नसकेर यस्तै रोइलो गरे त्यस पछि फेरी २०६३ मा राजावादीहरुले परिवर्तन स्विकार्न नसकेर यस्तै रोइलो गरेका थिए अझै राजावादीहरु त्यो रोइलो अहिले सम्म पनि गरिरहेका छन

अहिले पुन: यो परिवर्तनको बेला राजनैतिक झोलेहरु परिवर्तन स्विकार्न नसकेर त्यस्तै रोइलो गरिरहेका मात्रै हुन ~ आफ्नो हुदा खादाको यस आराम खोसियो भनेर नत्र उनिहरुले नै हिजो राजनैतिक प्रशिक्षण गर्दा प्रतिगमन छुट्याएर जनभावनाको कदर गर्दै अग्रगमन परिवर्तन स्विकार्नु पर्दछ भनेर सिकाएका होइनन ??? किन अहिले आफुमा लागु हुदैन ?

घरमा पनि बाउ मर्दैमा जिन्दगी सकियो भनेर सधैं भरी रोएर, झोक्राएर हुदैन परिवर्तनलाइ स्विकारेर जिवन अघि बढाउनै पर्दछ यो धुर्व सत्य हो

तपाईंको आफ्नो पाटीको वृद्ध भ्रष्ट्र नेतालाइ हटाएर अब आउने निर्वाचनमा आफ्नो पाटी, आस्था विचार सहित भाग लिएर आफ्नो पाटीको इतिहास जोगाउनुस ।अझै पनि संविधान समयले त्यो मौका तपाइहरुलाइ दिएको नत्र जनताको समय सापेक्ष अनुसारको भावना परिवर्तन लाइ बुझ्न चाहनु हुन्न भने पाटी मात्रै होइन तपाइ आफु पनि इतिहासको पानमा हराउनु होला

Gen Z
पुस्ताको आन्दोलन उग्र हुनुमा धेरै आन्तरिक बाह्य कारण साथै उत्प्रेरक तत्वहरु होलान तर मान्नुस या नमान्नुस सबैभन्दा ठुलो कारण चाही तपाईंको आफ्नो पाटीको वृद्ध भ्रष्ट्र पुस्ताका नेता हुन के यति हुदा पनि अझै त्यही नेतृत्वको नै पछि लाग्नु हुन्छ? बुझ्नुस पाटी देशभन्दा तपाईंको आफ्नो पाटीको वृद्ध भ्रष्ट्र नेता कदापी ठुला हुदै होइन्न

के तपाईं लाइ लाग्दैन देश पाटिको यो हालत बनाउदा सम्म नैतिकताको आधारमा तिनीहरुले आफ्नो पाटिको अध्यक्ष पदबाट किन राजिनामा दिरहेका छैनन् ?? कि तपाईंहरु आफुहरुलाइ निकम्बा कार्यकर्ता ठान्नु हुन्छ लाग्दो हो तिनिहरु विना पाटीको अस्तित्व नै बचाउन सकिदैन ??

आफ्नो पाटीको आस्था राख्नेहरुले Gen Z को आन्दोलन पछि आएको उपल्ब्धी, संसद बाहिरबाट आएको नेतृत्व संसद बिघटनको बिरोध गर्नुको सट्टामा बरु आफ्नो पाटीभित्र नेतृत्व हस्तान्तरणको दबाब दिनुसन।

यति भै सक्दा पनी यीनीहरु पाटीभित्रै किन नेतृत्व हस्तान्तरण गर्न तयार छैनन्?? अझै पनी लुट्न पाइन्छ की भनेर विज्ञप्ती निकाल्दै कार्यकर्ताहरु अझै आफ्नै दास झै ठानेर भड्काउन लागी परेका छन । के तपाइँहरु आफ्नो पाटीको वृद्ध भ्रष्ट्र पुस्ताका नेताको लै लै मा लागेर अझै उनीहरुको लागी मरिहत्ते गरेर हिड्न तयार हो ??

देशबाट राजा हटाउने तपाईंहरु विगत २०/३० बर्ष देखी चाही पाटीमा एउटै राजा पाल्न सक्ने मानसिकता कस्ले, कसरी विकाश गर्दियो ~ तपाइहरुमा, बुझ्न चाहनु हुन्न ?? के प्रजातन्त्र, गणतन्त्र यही हो? यदी बुझ्न चाहनु हुन्न तिनिहरुकै शरणनम् गच्छामी भन्नु हुन्छ भने देश गृह युद्धमा जान सक्दछ । त्यसको  नतिजाको असर तपाइँ हामी र तपाई हाम्रा सन्तानले अवश्य पाउने छ!

अहिलेको समयमा देशलाइ गृह युद्धमा लाने, वैदेशीक चलखेल अझै बढ्न दिने कि परिवर्तनलाइ स्विकारेर ... नयाँ समय सँगै Gen Z पुस्ता उनिहरुको परिवर्तनको सपनासँगै हातेमालो गरेर देश बनाउने भन्ने जिम्मा अब तपाईं झोले कार्यकर्ताहरुको निर्णयमा निर्भर रहेको

हेलिकप्टरमा भागेर आर्मि ब्यारेक टाउको लुकाउने नामर्द नालायक असक्षम नेताहरू तपाइ झोले कार्यकर्ताहरुलाइ फकाउन फेरि बिज्ञप्ति निकालेर गोहिको आसु खसाल्दैछन, उनिहरुलाई संविधान देशको, सिर्फ आफ्नो कुर्सि स्वार्थको माया तपाइ झोले कार्यकर्ताहरुले बुझ्नु पर्ने के भने फेरि आन्दोलन भड्कियो भने तपाईंका स्वार्थी नेताहरु आर्मि ब्यारेक मात्रै होइन देश नै छाडेर नि भाग्न सक्दछन तर देश जनताको दुर्दशा हुन्छ! त्यसैले उचित समाधान खोजौं

पहिले तपाईंहरुका नेताले निर्णय गर्न नसक्दा देशले यो अवस्था भोग्नु पर्यो अब पालो तपाइले निर्णय लिने को हो ! बस, निर्णय लिनुस परिवर्तनलाइ स्विकार्नुस यो नै सर्वोपरी हित हुने उत्तम उपाय हुने'छ।


No comments:

Post a Comment