यति अवेर सम्म पनी
म
सुत्न सकिरहेको छुइन
आज ।
हैन
मलाई मात्रै हो की
तपाईंलाइ पनि उस्तै भैरहेछ ...??
हेरेर दिनभरको घटना
सोच्दै छु :-
हैन
शान्तीपुर्ण
आन्दोलनको
पहिलो दिन नै
सरकारले
सडकमा सेना उतार्नु पर्ने
कारण के रहेछ?
अनी ५ घण्टाको अवधिमा
करिव २० जना युवाको
हत्या गर्यो ।
हैन
गतन्त्रमा त विरोध गर्न पाइन्छ
आन्दोलन गर्न पाइन्छ
भनेर मरिहत्ते गरेर
ल्याएको ब्यवस्था हैन र ?
ओइ
आज त जनतालाइ
जनता नै सम्झिएनन त
झोले देखी बाहेक
सबै भेडा सम्झेर ढाले त ।
हैन
हिजो
'गाँउ गाँउ बाट उठ, बस्ती बस्ती बाट उठ
यो देशको मुहार फेर्नलाइ उठ '
भनेर पाठ सिकाउनेहरु
आज
त्यही गाँउ गाँउ
र
बस्ती बस्ती बाट उठेका
जनताका सन्तान
मारिरहेका छन त ।
जंगलमा बस्दा होस की
सत्तामा हुदा होस
मारिने त जनता नै रहेछन ! कठै !
हैन
नेतालाइ जनता चाहिदैन भने,
जनतालाइ चाही
यी बाचुनजेल सम्म
कुर्सी नै मात्रै रोजिरहने
नेता किन चाहिने रहेछ? ?
यी नेता हैनन
खकार पो रहेछन
अब मुखमा राखिरहनु हुन्न ~ थुक्दीम
हा क् थु ...
कि त
आजैबाट
स्रोह्र श्राद्ध लागेको छ
श्राद्ध गरेर सक्नु पर्दछ
अबको १६ दिनमा
भ्रष्ट्र नेताहरुको पनी
तपाइ तयार हो ...?
[ नोट: सोह्र श्राद्धमा पितृहरु संगै देशका भ्रष्ट्र नेताहरुको पनि श्राद्ध गर्न की ...??]
No comments:
Post a Comment