सित्तैमा,
पराग, चुरोट खुवाउने
~ साथी भेटिदो रहेछ,
“एक सर्को त तान न यार…” भन्दै फकाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
जाँड–रक्सी खुवाउने
~ साथी भेटिदो रहेछ,
“आज त mood fresh गरौं…” भन्दै रातभरि बसाउने
~ साथी पनि भेटिदो रहेछ ।
सित्तैमा,
गाँजा, भाङ खुवाएर ...“चिल फिल” हुन्छ भन्दै
ऐयासी, बेमतलवी जिन्दगी जिउन सिकाउने
~ साथी पनि भेटिदो रहेछ,
सित्तैमा,
दुई/चार - बोइफ़्रेण्ड, ग्रलफ़्रेण्ड बनाउनु पर्छ भनेर आइडिया दिने
~ साथी पनि भेटिदो रहेछ ।
तर सित्तैमा,
यी सब आदतहरु छुटाउने खालको
~ साथि नभेटिदो रहेछ ।
यदि यस्तो खालको साथी तपाइँ सँग छ भने
उसलाई ... सम्हालेर राख्नुस । ।
किनकि…
खराब बाटोमा लैजाने त हजार भेटिन्छन्,
तर बिग्रिन नदिने मान्छे —
भाग्यमानीले मात्रै भेट्दा रहेछन् । ❤️



No comments:
Post a Comment