आज रूम आउने वितिकै सधा झै त्यही थोत्रो ल्याप टप खोलेर उसै सँग जिस्कन थाले - यो एउटा दिनचर्या भनौ वा ड्यूटी झै भएको छ तर आज कम्पुटर चलाउने अलिक मुड थिएन (लेख्न चाहि - कसिएर बसे ) । ध्यान चाहि नजिकै को टिभीमा आइ रहेको James Blunt को "Goddbye my lover, Godbye my friends .... " मा गई रहेको थियो , हुन त मलाई यस्ता खालका गीतहरु औधी मन पर्छ । जस्तै पुरानो भए पनी Taitanic को "Every night in my dreams I see you, I feel you ....... " , Akon को "Nobody wanna see us together ......" र Rihana को "Don't stop the music ...." पनी मन पर्छ तर इंग्लिश गीत को पारखी भने हुईन । इंग्लिश भन्दा त हिन्दी नै बढी सुन्छु तर त्यो भन्दा नेपाली अनलाइन रेडियोहरु नै बढी सुन्ने गर्छु र आनन्द पनी लाग्छ ,
जसमा पुराना आधुनिक सदावाहर र देश भक्ति गीतहरु दीइएको होस - आहा कति मज्जा लाग्छ । जस्तै कान्तिपुर रेडियो , हिट्स ऍफ़ एम् , सगरमाथा रेडियो , नेपाल ऍफ़ एम् आदि आकारपोस्ट को podcard मा भएको कुराहरु सुन्ने गर्छु । एअर फोन लगाएर बेडमा धल्कदा बेग्लै आनन्द लाग्छ -अल्छि लागेको बेला यसरी मेरो त मुड नै फ्रेश हुन्छ । नेपाली मन पर्ने गीतहरु मध्ये केही चाहि मइले मेरो आफ्नो ब्लग र फेस बुक मा अप लोड गरेर राखेको छू । बिकाशले मेटालिकाको र प्रकाश ढकाल (डेनमार्क) ले AC DC को गीत सुन्न मन पराएको कुरा गरेका थिए तर ती ब्याण्ड फेमोस नै भए पनी त्यति ज्यादा सुन्दीन । मलाई त्यस्तो बढी साउण्ड आउने अलिक झर्को लाग्छ ।
जसमा पुराना आधुनिक सदावाहर र देश भक्ति गीतहरु दीइएको होस - आहा कति मज्जा लाग्छ । जस्तै कान्तिपुर रेडियो , हिट्स ऍफ़ एम् , सगरमाथा रेडियो , नेपाल ऍफ़ एम् आदि आकारपोस्ट को podcard मा भएको कुराहरु सुन्ने गर्छु । एअर फोन लगाएर बेडमा धल्कदा बेग्लै आनन्द लाग्छ -अल्छि लागेको बेला यसरी मेरो त मुड नै फ्रेश हुन्छ । नेपाली मन पर्ने गीतहरु मध्ये केही चाहि मइले मेरो आफ्नो ब्लग र फेस बुक मा अप लोड गरेर राखेको छू । बिकाशले मेटालिकाको र प्रकाश ढकाल (डेनमार्क) ले AC DC को गीत सुन्न मन पराएको कुरा गरेका थिए तर ती ब्याण्ड फेमोस नै भए पनी त्यति ज्यादा सुन्दीन । मलाई त्यस्तो बढी साउण्ड आउने अलिक झर्को लाग्छ ।
हिजो आजका दिनहरु अलिक अनियमित भए जस्तै लागेको छ, फिजिकल एक्सरसाइज ठप्पै भएको छ भन्नु पर्ला वहाना नै बनाउने हो भने - 'ब्लग लेखन किन ढीला भो भन्दा काम ले गर्दा' भने झै 'बिहान उठदा ८ बजि सकेको हुन्छ अनि कतारमा घाम र गर्मी' अनि के चाहियो -कसरी एकसरसाइज गर्न सक्ने नि ! उही नित्य कर्म गरेर ड्यूटी जान नै धौ छ भनौ या ठीक्क छ ।
साचै गर्मीको कुरा गर्दा - म त छकै पर्छु । मैन ( क्यान्डल) बाहिर राख्यो भने पनी चाडै पग्लने, पोलीथिन (प्लास्टिक को - जून गार्बेजमा प्रयोग गरिन्छ ) ब्यागहरु त घामको तातोले पग्लिएर ब्याग्मै टासिने । हाम्रो एक साथीले त बिरामी भएको बेला कूलर मेसिनमा तातो पानी सकीएको बेला उन्नले चिसो पानी बोटलमा बाहिर घाममा राखी तताएर खाएका । गर्मी कतिको हुन्छ भन्ने कुरामा भन्ने हो भने - म कतार आएको दोस्रो दिन हो ,हात मुख धुन भनेर सिधै रूम नजिकको धारामा (रूम बाहिर - तर कम्पाउण्ड भित्रकै ) गएको थिए र एक अजुली पानी लगाउने वितिकै सातो गयो तातो पानिले ( ठ्याकै उमालेको जस्तो ) र एक मित्रले चिसो पानी दिनुभो - "मुस्किल हुन्छ " भन्दै (मैले काहा सजिलो हुन्छ भनेको थिए र !) , हुन त एयरपोर्ट मै प्लेन बाट झर्ने वितिकै कास्टिङ्ग भने मिलेको थियो -मलाई , यो मरुभूमिको बारेमा , एक्कासी तातो वाफको झड्का मिल्दा ।
"लौन !हामी मात्रै कति नेपाल बस्नु , कमाई पनी गर्नु पर्यो नि !!"
"...."
"visa निकाल्न "
"...."
"१२००/१५०० भए पनी हुन्छ - फार्मेसी मै भए त अझ राम्रो "
"...."
"visa निकाल्न "
"...."
"१२००/१५०० भए पनी हुन्छ - फार्मेसी मै भए त अझ राम्रो "
"ओह ! पर्दैन यस्तो ठाउमा आउन । बाच्नै गाह्रो छ - पैसाको त कुरै छाड्नुस "
"के गर्ने यहाँ खाली बन्द मात्र हुन्छ - लोडशेडिंग उस्तै छ ,महँगी बढेको छ, देशको राजनैतिक अबस्था नाजुक छ ,धानको भाऊ घटेको छ । औसधि पनी बाकी मात्र जान्छ - के गर्ने गाउको ठौ प-यो । खर्चै खर्च मात्र छ अनि !!" ( एकै श्वासमा भनी भ्याउनु भो)
यो वेला मैले अर्को गर्मी को एकजाम्पल दि'हाले :-
"सुन्नु न यहाँ कस्तो हुन्छ थाह छ ? (भनेको भए पो'थाह हुनु ),
"सुन्नु न सुन्नु" जोड़ दिदै भने :-
"घरमा रक्सी पार्दा फालिने तातो पानी हुन्छ नि !"
( रक्सी पार्दा ४ ओटा भाडा प्रयोग गरिएको हुन्छ - सबै भन्दा तलको भाडामा मसलाको रूपमा -कोदो/ धान/ मकै आदि हुन्छ ,जुन आगोको माथी राखिएको हुन्छ । बिचमा एउटा ठुलो भाडा हुन्छ त्यस भित्र सानो भडु राखिन्छ , जसमा रक्सी खस्छ र सबै भन्दा माथी चिसो पानी राख्ने सानो बाता {भाडा} हुन्छ , त्यसको पानी ताते पछि फालिने गरिन्छ । जति पल्ट पानी फालिन्छ त्यसलाई त्यति पाने रक्सी को दर्जा दीइन्छ - जस्तै ३ पाने ।)
"हो ठ्याकै - त्यस्तै । नुहाई धुवाई गर्न त गाह्रो पर्छ, कूलरको चिसो पानी चाहिने । "
"अनि सुन्नु न" (सुनी रा'त छू नि !)
" यहाको जमीनको माटो र ढुंगाहरु त भखरै मरेको कोइला बाट तातो आगोको राप आइरहे जस्तो हुन्छ । "
"मिल्यो भने हेर है ! छिटै "
"बरु म यहाँ पासपोर्ट रेडी गर्छु "
"यस्तो ठाउॅ आउने नसोच्नुस - शत्रु पनी यहाँ आउनु नपरोस "
केही अघि यसरी नै मैले रमेश दाई लाइ फोन कुराकानीमा भनेको थिए -यहाको बारेमा ।
........................................
हुन पनी हो यहाँ यस्तै छ । मार्च महीना देखि नै यहाँ गर्मी लाग्न थाल्छ र सेक्टेम्बर सम्म नै रहन्छ र मे , जून , जुलाई , अगस्त यी चार महिना त बर्णन गरी साध्य हुदैन । ४५ डिग्री देखि ५२ डिग्री सेल्सियस को हाराहारिमा रहेको हुन्छ र यहाँ को सरकारले दिउसो मध्यानमा साइडहरुमा काम गर्न रोक लागाएको हुन्छ तर त्यो नियम यहाका सबै कम्पनीहरुमा त्यति लागू भएको पाइदैन । यो समयमा अत्यधिक कामदारहरुले अकाल्मै ज्यान गुमाउन पुग्छन किन भने दिन भएर तातो मा काम गर्ने अनि साझ एयर कण्डीसनमा सुत्दा सुतेको सुतै हुन पुग्छन -चिर निन्द्रामा । हरेक दिन यस्ता घटनाहरु समाचार भएर आउने गर्छ । त्यसैले हो अहिलेको बढ्दो गर्मी मा टंसिल, रुघा खोकी, टाउको दुख्ने बढी हुने गरेको छ । त्यसैले त बढ़ी चिसो खाने गर्नु हुन र एयर कण्डीसनलाइ बढ़ी चिसो राख्नु हुन्छ । सुत्दा ओढनेले पुरै मुख छोप्नु राम्रो होइन किन भने अक्सिजन कम मात्रा मा रहेको हुन्छ - आदि निकै कुरामा ध्यान दिनु पर्छ । यहाँ नेपाली कामदारहरुमा ह्र्दर्यघात बाट मर्नेहरुको संख्या बढी रहेको छ ।
यसरी थाह पाई या नपाई कतार आई पुगेका नेपालीहरुले बाध्याताको संघर्ष गर्नु परिरहेको छ । अनि कति नेपाली युवाहरु आफ्नो उमंग सहितको रहरलाई बोकी कतारको तातो हावा खान आउन नेपालको कुनै मेनपावरमा लाइन लागिरहेकाहोलान तर राजनेताहरू पद र राज्यसप्ताको निम्ति आफैमा खिचातानी गर्दै देशलाई तहस नहस पार्नै लागी सके। अनि कहिले हो नेपाली युवाहरुको उमंग र जोसिलो रहरलाई समुचित सदुपयोग गराउने । खै कहिले आउने हो स्वदेशमै केही गरेर गर्व गर्ने दिन ।
o manche last cha kya hot ta hai ? ani k ho metallica ko song ni sundinu paryo ni ta dost
ReplyDeleteI have been reading frustrating news from nepal about the political situation and similar pain about the life outside nepal...
ReplyDeletenepali le je gare pani sukha napaune karma!
:(
आफ्नो मनको कुरा शेयर गर्नु भएकोमा धन्यबाद ...
ReplyDeleteअचेल भरि एकनको Don't Matter मा चाहिं मेरो नि दिल बसेको छ |
मरूभूमिमा बसेर पनि नेपाली भाषा, नेपाली सङ्गीत र नेपाली साहित्यलाई तपाईँले पुर्याउनुभएको योगदान कदर गर्न लायक छ ।
ReplyDeleteफेरि पनि नेपाली दाजुभाइको कष्ट सुन्नुपर्यो । मलाई एकदमै नराम्रो लाग्छ यस्तो कुराले । देशमा स्थीरता आएर यतै काम गर्ने वातावरण मिले कति राम्रो हुन्थ्यो होला है !! यस्तै यस्तै सोचमा डुब्नबाहेक के नै पो गर्न सकिन्छ र खै !!
माथि dai प्रवेशजीले लेख्नु भएको जस्तै भावहरु आए मेरो मनमा पनि ।
ReplyDeleteहुन त अध्ययन र कामको सिलसिलामा म पनि -२० र ४० डिग्रीको स्थानमा पनि बसेको छु तर तपाईको
"अनि कति नेपाली युवाहरु आफ्नो उमंग सहितको रहरलाई बोकी कतारको तातो हावा खान आउन नेपालको कुनै मेनपावरमा लाइन लागिरहेका होलान"
भन्ने वाक्यले साँच्चै सोच्न बाध्य बनायो ।
बेदनाथ जी देशको अवस्थाले गर्दा नै हामिहरु यसरि पदेशिनु परेको पिडा त छदैछ त्यसमाथि पनि प्रतिकुल वातावरण र न्युन तलबको थिचोमिचोले गर्दा बिदेशमा पनि दबिएर बस्नु पर्ने यथार्त धेरै नेपालिहरुको छ ।अनुभुति बाडनु भएकोमा धन्यबाद।
ReplyDeleteअब मध्यपुर्बमा गर्मिको सिजन शुरु भएकोले अति नै गाह्रो छ बस्नलाई जसलाई मैले पनि अनुभव गरिरहेकै छु ।
तर लेख संगै नयाँ कुरा पनि जान्ने अवसर (तिन पाने बनाउने बिधि )दिनुभएकोमा धन्यबाद ।
बेदनाथ जी सारै राम्रो कुरा गर्नु भयो है।तपाईँको भाव पढ्न पाऊँदा खुशी लाग्यो।सुन्दर लेखनको लागि धन्यबाद!
ReplyDeleteआफूपनि कतारमै छु जस्तो अनुभूत गराई दियो तपाइंको लेखले | कतै गर्मी भए जस्तो ! जीवन्त लेखन छ | यथार्थको सग्लो प्रस्तुती | बेदनाथजी धन्यबाद छ |
ReplyDeleteसुनेको त थीए एकदमै हुन्छ भनेर। यथार्थमा यथार्थताको वास्तविक चित्रण। यहाँको सामाजिक र अन्य पारीबेशको बारेमा जान्न अझै मन छ। अझै लेख्नु होला है। मुरी मुरी धन्यवाद तपाईंलाई।
ReplyDeleteआकाशको फल आँखा तरी मर भन्दाभन्दै एकदिन त्यही आकाशको फल टिप्न अनेक ऋणपान गरेर, पारिवारिक वियोग खेपेर विदेशी भूमिमा गयो र पनि सास्ती पार हुँदैन । यो आजको कटु भोगाइ भएको नेपाली दाजु-भाइका लागि । र पनि विमानस्थलमा उस्तै नयाँ-नयाँ लाइन छ दिन-प्रतिदिन । तपाईँको लेखले विदेशमा पैसा रूखमा टिप्न पाइन्छ भने झैँ कल्पना गरेर बसेकाहरूलाई एकपटक सोच्न बाध्य बनाउँछ । 'शत्रु पनि नआओस्' भन्ने ठाउँमा तर लाखौँ भाइहरू मरिह्त्ते गरेर एकोहोरिएका छन् ।
ReplyDeleteयस्तो लाग्छ-
नेपालीहरूले देशमा त काम गरीखाने मेलो पाएनन्-पाएनन्, विदेशको सपना पनि आँखाभरि भत्किँदै गएको छ ।
धन्यवाद तपाईँको कटु यथार्थको बेलिबिस्तारको लागि ।
बेदनाथजी , स्वदेशमै निर्धक्क , निस्फिक्री र निश्चिन्त भै बाँच्ने दिन आउला पक्कै कुनै दिन त - आशा गरौं ।
ReplyDeleteरहर र आकांक्षा त एकातिर छदैछ यद्यपि विदेशिनु मुलत: देश दुख्नुको पिडा हो, वेरोजगारीको पिडा हो । हो, अझै कति नेपालीहरु मिठा मिठा सपना बोकी तातो हावा खान म्यानपावर कम्पनिमा लाइन लागि नै रहेका छन र यो लाइन घट्दो नभई बढ्दो क्रममा छ, नेपाली भाग्यमा लेखिदै आएको "परदेश" समय संगै विस्तारै मेटिदै जाओस र सबै खुसि र सपनाहरु स्वदेशमै आर्जन गर्न सकियोस भन्ने कामना मात्र गर्न सक्छौं ।
ReplyDeleteलाखौं नेपाली दाजुभाइ-दिदीबहिनीहरुको पिडालाई शब्द दिएको छ तपाईँको यो टाँसोले! हामी नेपाली बाध्यताले होईन 'रहर'ले, पर्यटक बनेर विदेशिने दिन कहिले आऊलान् खै! अत्यार लाग्छ।
ReplyDeleteतपाईँको लगन, परिश्रम र ब्यस्तताका बाबजूद पनि तपाईँले देखाउनुभएको सृजनशीलताको लागि सलाम तपाईँलाई!
Bedanath jee,mata ghumdaghumdai balla tapailai bhetna saphal bhaye. Ma pani nepali kamdam paryatak bhayera Arabiyan gulfko 5,6, desko chakkar lagayekochhu.
ReplyDeleteTato hawa bhitra mitho sapana gholdai jindagi jiunu tyati sajilo b hane abasya chhaina. Yo hamro dukha abasya yekdin purahunechhan.
Janakari garaunubhyekoma dhanyabad.
Qatar ma ta garmile road ko pich nai paglera aauchhare. charaaharu udda uddai behos bhayera bhuima jharchha re bhanne suneko thiye
ReplyDeletethanks of your comment and pics!
ReplyDeletehttp://qatar.pordescubrir.com/2009/06/13-souq-waqif-ii.html#comments
कमेन्ट गरीदिनु हुने सबै लाइ धन्यबाद !
ReplyDeleteबेद जी तपाईंले आफ्नो अनुभब सुनाउनु भएकोमा आभार ब्यक्त गर्न चाहन्छु। हामी सबैलाई थाहा छ बिदेसिनु मान्छेको रहर पक्कै हुँदैन र त्यो एक पालिको चोलामा सबै सुखी र खुशी भएर बाँच्न चाहन्छन तर सबै जना त्यस्तो भाग्यमानी कहाँ हुन्छ र ? फलस्वरुप आशाहरुको दियो जलाई आफ्नो मन मुटु चटक्क छोडि परदेश हिंड्नुको पिडा छुट्टै हुन्छ त्यो भन्दा बढी पिडा त झन बिदेशी मुलुकको माहोलसँग आफुलाई ढाल्नुपर्दा र कहिलेकाहीँ त्यो पनि आफुले भने जस्तो नहुँदाको पिडा झन सार्हो हुन्छ तर पनि उपाय के त? आखिर पाइला राखिसकेपछी निकाल्नु कसरी? जहाँ क्षितिजपारी त्यो अभाबहरुको भण्डारले आफुलाई कुरी बसिरहेको हुन्छन। कस्तो बिडम्बना ! तर जे जस्तो भएपनी नेपालीहरु यती मेहनती,धर्यबान र इमान्दार भएको देख्दा साँच्चै गर्ब लागेर आउँछ।
ReplyDelete