विगत केही समय देखि मेरो ब्लग लेखनले अलिक सुस्त गति लिरहेछ र मित्रहरुको घर आगन तिर डुल्न फुर्सदिलो भएर भ्याइ रा'छुइन , केही लेखेर पोस्ट गर्ने विचार पनी नभएको होइन तर 'खोई के खोई के' भने जस्तो भईरह्यो । आज निकै दिन पछि ... ब्लगमा चारो हाल्दैछु र .... दिलीप जी ले सोध्नु भा'रहेछ "कता हराउनु भो'भनेर ?" ...त्यसैले नहारएको जनाउन पनी यो टांसो टास्दैछु ।
२६ जून २००९ , हामी केही साथिहरु मिलेर उम सलाल बाट अल्खोर गएका थियौ , जून दोहा बाट करीब ५० / ५५ KM को दुरिमा रहेको छ , यो कतारको दोहा पछिको दोस्रो ठुलो शहरको हो । अल्खोरको र त्यहाको कर्नेस एरियामा रहेका मनमोहक दृश्यहरुले हामीलाई गर्मी र त्यतिवेलाको तातोपनलाइ निकै कम महसूस गराएको थियो ।
( बस कुरिरा - अल्खोर जान को लागी ) (अल्खोर जादै गर्दा लिएको पिक्चर )
( अल्खोर नेरको राउण्ड बोर्ड को पिक्चर )
( गर्मी र घाम बाट बच्न राउण्ड बोर्डको बिच छाहारिमा बसेर पेपर हेर्दै )
( गर्मी र घाम बाट बच्न राउण्ड बोर्डको बिच छाहारिमा बसेर पेपर हेर्दै )
(अल्खोरको कर्नेस नेरको बाटामा राखिएको कतारी कलात्मक बस्तु )
(लटरम्म फलेको खजुरको बोट र कर्नेस को केही झलकहरु )
तस्बीरहरु हेर्ने मौका दिनुभएकोमा धन्यबाद बेदनाथजी!कतारको एक झलक पाईयो।
ReplyDeleteधेरै रमाइलो गर्नुभएछ, हामीलाई पनि धेरै रमाइलो लाग्यो ।
ReplyDeleteघुम्न तपाइ जानु भयो रमाईलो चाही हामिले पनि गर्यौं है, तपाइकै फोटोहरु हेरेर ।
ReplyDeleteफोटोमा गर्मी नआएकोले तपाइलाई भन्दा अझ यो हेर्नेलाई नै बढी मज्जा आउँछ जस्तो लाग्यो :)
जे होस त्यो गर्मीमा पनि पानी चिसै हुँदो रहेछ, त्यो भने राम्रो लाग्यो ।
निकै रमाईलो ठाँउ रहेछ।मैले पनि तपाईकै फोटो हेरेर घुमेको जस्तै मजा लीएँ है।
ReplyDelete