ज्युदो मान्छेको मरेको कथा


सुन सान रातमा म मस्त निदाई रहेको थिए, कुनै कोलाहाल कतै थिएन .. गुण गुण (कोहि गफ गर्दै आए'जस्तो ) आवाज सुन्दै थिए, २ जना अपरिचित व्यक्ति आए र मलाइ लिएर गए .. मैले अलिक पर पुगेर फर्कीएर आफ्नो घर, बेड हेरे । बेडमा म आफैलाई सुतेर पल्टी रहेको देखे । म छक्क पर्दै'थिए, मैले केही नसोधी कन कुनै एकले भन्यो तिमी मरी सक्यौ ।एक्कासी मन भक्कानियो, निचारियो .. कठै मेरो छोरो , मेरो बुढी .. मैले तिनका लागि केहि राम्रो बन्दो बस्ति गर्दिएको छुइन ..कसरी जीवन व्यतित गर्लान भन्ने लागी रह्यो …. तर त्यतिन जेलमा मलाई ति दुइ जनाले निक्कै टाढा कहाँ हो पुर्याई सकेका थिए … खै खोलामा हो कि पोखरी माथि झोलुंगे पुल जस्तोमा चुडिए जस्तो या त्यस पानीमा दुबे जस्तो भयो …खर्स्याङ्ग गर्यो ..ति दुइ कता हराए त्यहि झोलुंगे पुल समाउन गए जस्तो त गर्दै थिए । मैले बल गर्दा मेरो शरीर पर्लक पल्टियो …म चलमलाए बेडमै अवचेतन होस् आए जस्तो विहोस भए जस्तो हुदै थियो ३/४ पटक सम्म ।

सायद म सहित ३ जनालाई एक जना डाइभरले स्पिड हुइक्याउदै ट्याक्सीमा लादै'थिए । ट्याक्सी कुदाइ रहेको बेलामा ड्राइभरले गाडी बाट लड्छौ भनेर हाम्रो हातहरु समाउदै पनि थिए । त्यतिकैमा पुन: एउटाले भन्यो यिनीहरु सबै मरी सकेका छन तिमी किन यसरी यिनीहरुलाई जतन साथ समाउछौ ? मेरो मन भने उकुस मुकुस भएर छटपटाइ रहेको थियो … म मरेको छुइन हैन भने कसरी म यी सब कुराहरु महशुस गर्न, मनमा कुराहरु खेलाउन सकी रहेको छु भन्ने लाग्यो । चटपटाउन, बोल्न मात्रै पो सकी रहेको छुइन … अब यो कुरा जसरी नि ड्राइभर लाइ भन्नु पर्छ बरु छिट्टो नजिकमा जुन हस्पिटल आउछ त्यहि लगेर हाम्रो उपचार गर भन्ने कुरा मेरो आत्मा देखि नै आयो … अब कसरी हुन्छ ड्राइभर लाइ फोन गरेर यो सब कुरा भनौ (तर थाहा भएन किन मेरो दिमागमा त्यहि कुरा सँगै भएको ड्राइभर लाइ उसले सुन्ने गरि सिधै नभनेर किन फोनको प्रयोग गर्नु परेको ) नभन्दै मेरो मोबाइल बाट ड्राइभरको मोबाइलमा फोन गएको रिंग आयो (कसरी थाहा भएन) तर उसले फोन रिसिभ गरे पछी मैले सबै कुरा भने । उसले हतपत नजिकैको हस्पिटलमा लाग्यो र ३/४ जना नर्सहरुको हुल आए लगतै हामी मध्येको १ जना गाएब भयो … जुन मलाई लिन आएको थियो । मेरो मन त झन् झसंग भयो त्यतिवेलै एक जना नर्सले इन्जेक्सन लागाइन मेरो पाखुरीमा चिरिक्क दुख्यो : मेरो होस आयो, म ब्युझे । झट्ट हेरेको त पाखुरीमा लामखुट्टेले झुल बाहिर बाटै टोकी रहेको रहेछ । बाहिर झम झम पानि परेको आवाज मेरो कान सम्म आएको थियो र गर्मीको समय भए पनि हल्का चिसो महशुस भै रहेको थियो शरीरलाइ, छोरा भने मेरो टाउसँगै जोडिएर मेरो अपोजिट हुने गरी मस्त निदाई रहेको रहेछ ।

हैन आज के भएको सात बजी सक्यो र पनि बाऊ छोरो उठ्दैनन त ? छिटो उठ्नु कालेका बा' खाजा चिसो भै सक्यो ।किचन बाट बुढीले रिसाउदै कराएको आवाज बेड सम्मै सुनिदै'थियो । बेड नजिकै भएको मोबाइल ताने र होम बटन थिचेर हेरेको त ६:४७ भै सकेको रहेछ । झरीले फूलका पाहरु समाएर बजाएको एकोहोरो मिठो धुन अनि आफैले आफैलाई जीवित भएको अवस्थामा पाउदा मन दंग परिरहेको थिए, छोरा लाइ टक हेरे अनि … बुढीको रिस सम्झेर मुसुक्क फुल झैँ मुस्कुराई रहे .. नउठीकन ...
*** ~~~***
मरेको मान्छेका बाँचेको सपना लेख्छन मान्छेहरु, तर कहिले काहीँ  भने बाँचेका मान्छेको मरेको सपना लेख्नुु पर्दो रहेछ ।
मलाइ ननिदाई कन देख्ने सपनाहरुले मात्र होइन निदाए पछी देखिने सपनाहरुले नि आरामले निदाउन दिरहेको हुदैन । कयौ सपनाहरु दोहोरी रहन्छन, कारण के हो थाहा छैन । २/३ महिना अघि देखेको सपना देखि २/३ बर्ष अघि देखेको सपना सम्म दोहोरिने गर्दछ । हरेक पटक दोहरिएका सपनाहरु पहिले जति सम्म देखेको हुन्थे अर्को पटक पनि पहिलेकै अवस्थामै पुगेर टुंगिन्थे, कहिले कही भने त्यो अवस्था सम्म नपुग्दै डर या कुनै कारणवस बिउझन्छु । कहिले काही भने सपना देख्दा देख्दै ऐठन हुने नि गर्द्छ । सपना नै देख्नु त सामान्य कुरा ठानेर एकाध साथीहरु बाहेक कसैलाई पनि भनिन तर ऐठन बारे निक्कै लाइ भनेको नि थिए ~ कसै कसैले बोक्सीले दु:ख दिएको नि भन्थे । गुगल, युट्युवमा सर्च गर्दा पुनर्जन्म भएकोलाइ या त धामीझाक्री हुने लक्षण भन्ने भेटिन्छ । तर भरोषा योग्य तथ्य कतै भेटिन ।
समय वितेर गए’नी, समस्या वितेर गए'कै थिएन ~ म कलेज पढ्दा साह्रै राम्रो कथा पढ्न पाएको थिए रिकरिम ड्रिम्स ।ठयाक्कै मेरो जस्तै दोहोरी रहने समस्या, म चकित परे मलाई जस्तै अरुलाइ नि हुदो रहेछ भनेर । तर मेरो सपनामा एउटै कथा (घटन) मात्रै दोहोरिदैन कुनै कुनै सपना २/३ पटक त कुनै कुनै सपना त ५/७ पटक २/३ बर्ष सम्ममा देखि सकेको हुन्छु । धेरै पटक देखिएको सपना भए पनि शुरुमा त याद नहुने तर पछी भने सपनामै मन मनैमा लाग्दथ्यो म पहिले पनि यो ठाउँ आएको छु या पहिले पनि यस्तै घटना घटेको थियो भन्ने लागी रहेको हुन्थ्यो विउझिदा सम्म …. पछी पूर्ण बिउझिएर एक छिन पछी सोची रह्यो भनेर सम्झियो भने पहिला पहिला देखेकै सपना पो आज पनि देखे'छु भन्ने बुझ्दथे । तर किताबको कथामा भने एउटै कथा दोहोरी रहनेको बारेमा लेखिएको कथा थियो ।
7 Nov 2018 
12:28 AM 
जापान 
Yuki Station 


यस्तै समस्याको बारेमा मैलै 2010 तिर नै यही बल्गमा पनि लेखेको थिए

No comments:

Post a Comment