अइठन के हो? कसरी र किन हुन्छ? साबधान के ?? [ डायरीको पानाबाट ]


 चैत १२ गते , २०६० साल / 15 March 2004
मेरो एउटा समस्या छ , त्यो हो ऐठन (अइठन - यानी सुतेको समयमा श्वास फ्रेन गाह्रो हुनु- मेरो बुझाइमा / मैले सुने अनुसार ऐठन को अर्थ ) हुने ! जुन मलाइ सानै उमेर देखि नै हुदै आइरहेको छ ! दिउसो सुते भने विरलै रुपमा कहिले काही मात्र हुने गर्छ भने राति चाही प्राय: धेरै जस्तो हुने गर्दछ ! यस बारेमा मैले धेरै सोचे किन ? कसरि ? र के कारणले हुन्छ ? भनेर (सोच्नु सिवाय म संग त्यस्तो के नै ज्ञान छ र ! ) !

अइठन हुँदा कस्तो हुन्छ अनि के हो यसको कारण ?
अइठन हुदा श्वासप्रश्वास गर्न निकै कठीन हुने र हल्लिन  पनि सकिदैन , वोल्न खोज्दा वोली आउदैन , कहिले काही कम्मर देखि माथि कसैले काउकुती लागाए जस्तो पनि हुन्छ ! ( मलाइ चाही ) ! तर यस्तो वेलामा कसैले आफुलाई चलाई दियो या आफैले शरीरको कुनै भाग चलानु सकियो भने ( जस्तो खुट्टाको बुढी औला हल्लाउनु , पुरै कोल्टे फेर्न सक्नु आदि )  नर्मल अवस्थामा आउन सकिन्छ ! तर त्यति खेर निकै अल्छी लाग्छ र निन्द्रा पनि धेरै लाग्छ र उठ्न मन लाग्दैन र म त्यस्तो अबस्था बाट पनि उठिन भने र फेरी केहि नगरी सुतेमा पुन: ऐठन भै हाल्छ यानी दोहोरिन्छ  ! ऐठन बढी चाही निदाउन लागेको वेला हुने गर्छ वा ऐठन ले छोप्छ तर कहिले काही चाही अर्ध निन्द्रा मै पनि हुन्छ र कहिले काही चाही सपना देख्दा देख्दै हुने गर्छ !
तर ऐठन के कारणले हुन्छ त्यो मलाइ थाह छैन र मलाइ त्यस सम्बन्धि जान्ने जिज्ञासा भने नभएको होइन ! मेरा केहि शिक्षकहरुको भनाइमा - हाम्रो शरीरमा निदाएको (सुतेको ) समयमा रक्तसंचार मन्द हुँदा हामीमा श्वास फेर्न गाह्रो भएको हो र त्यस्ती वेला निन्द्रामा वा अर्ध निन्द्रामा भएका हुन्छौ र हामि उक्त समयमा हल्लिन या चल्न कठिन हुन्छ - हो त्यहि अवस्था लाइ हामि ऐठन भएको ठान्दछौ !
तर हाम्रो समाजमा धेरै बुढापाकाहरुले भन्ने गर्दछन जो डंकिनी (बोक्सी ) भन्ने कुरामा विश्वास गर्दछन हो तिनीहरु - ऐठन हुनु भनेको बोक्सीले सताउनु हो भन्ने गर्दछन !यदि ऐठन कुनै बोक्सीको कारणले या भुत प्रेत, क्षेत, वा लागलले भए , - एक त बोक्सी हुन्छ भन्ने प्रमाण भेटाउन सक्नु पर्यो अनि मात्र पत्याउने कुरा हुन्छ ! यसको केहि (ऐठनको ) अनुभवीहरुले मलाइ के सल्लाह दिएका थिए भने त्यस्तो भएको बेला खुट्टाको बुढी औला हल्लाउने कोसिस गर्नु वा आफ्नो जिउमा र ओछ्यानमा थुकेर सुत्ने गर्नु अथवा बोक्सीलाई नानाभाती कुराले सराप्नु आदि आदि ! तर मलाइ यो त सावधान हो जस्तो त लाग्दैन तर नि समस्या साबधान गर्न त्यसो पनि गरि हेरे !
अचम्म लागेको कुरा :
मलाइ ऐठन भएको वेला खुट्टाको बुढी औला चलाएर (जुन निकै गाह्रो हुन्छ -त्यसो गर्न ) ब्युझिए भने आफ्नो जिउमा र विछ्यानामा थुकेर ( बुढापाकाको भनाइ अनुसार) पुन : सुत्दा ऐठन फेरी त्यस रात दोहोरिदैन तर उठेर (ब्युझिएर ) पनि नथुकी सुते पुन: रिसेन्टलि ऐठन हुन्छ र आनन्दले निदाउन नै पाइदैन ! फेरी मैले यो प्रयोगबाट यस्तो सोचेकी ऐठन भै हाले पनि त्यस्ती खेर उठेर अलिक तडक झड्क गरि जिउ तन्काएर वोले, थुके  वा शरीरलाई अलिक सकृय पार्न खोजे त्यस्तो वेला ऐठन नदोहोरिने रै'छ ! तर यो मेरो सोचाई मेरै अर्को प्रयोग बाट गलत सावित भयो ! मैले धेरै चोटी ऐठन हुदा फेरी पुन; त्यहि समयमा ऐठन नहोस वा नदोहोरिओस भनेर आफ्नो शरीर र विछ्यानमा थुक्नु सट्टा अन्तै थुके तर आफ्नो शरीर र ओछ्यानमा नथुके सम्म मलाइ ऐठन हुन् खोजेर निदाउन नै सकिन ! कहिले काही ऐठन भए पछि बलबल ब्युझिए भने अनि अल्छी मानेर केहि नगरी पुन: सुत्ने कोसिस गरे ऐठन पुन: बारम्बार दोहोरिन्छ ! कहिले काहित ऐठन भएको बेला के के हुदो रहेछ भनेर केहि नगरी (अनुभव मात्र गर्दै) बस्यो भने झन झन कठिन हुदै जान्छ , र त्यस बाट नर्मल अबस्थामा आउने प्रयत्न नगरी सुखै पाइन - मरिएला कि भन्ने डर हुन्छ ! सपना देख्दा देख्दै चाही ऐठन भयो भने ब्युझिदा चिटचिट पसिना आएको हुन्छ र ढक्क ढक्क हृदय फुलेर आउछ अनि कता कता डर रहिरहेको हुन्छ ! तर के र को देखि थाह हुन्न !
......
मलाइ ऐठन सुत्न लाग्दा , निदाउन लागेको वेला बढी हुने गर्दछ तर यसो विचार गरेको त यो पनि बढी अवेर वा बढी रात १२ या १ बजे भन्दा अबेर सम्म बसेमा (अनिदै) प्राय: ऐठन भै हाल्दथ्यो र हुन्छ नै ! त्यस्तो त कहिले काही छिटै सुत्दा पनि हुन्थ्यो ! यहाँ भने मलाइ अलिक शंका लाग्छ र म झुक्कीन्छु पनि - आफ्नो शरीर र ओछ्यान (  कम्मर भन्दा माथि ढाड, छाती र टाउको रहने विछ्यानमा ) मा थुकेमा ऐठन हुदैन वा दोहोरिदैन तर नथुके भने ऐठन फेरी हुन् सक्छ ! यो के हो ? अनि प्राय अवेर गर्दा बढी हुने गर्दछ ! कुनै समय चाही महिनौ सम्म पनि हुदैन !पानि को अभाव ले हो कि भनि सुत्ने समयमा पानि अलि बढी पिउने गरे तर पनि भएन ! कहिले काही कस्तो अचम्म हुन्छ भने ऐठन भएको बेला म कसैलाई बोलाउन पनि सक्दिन अनि आफ्नो शरीर हल्लाउन पनि सक्दिन तर मैले आखा खोलेर म ओरि - परिका द्र्श्य्हरु मज्जाले हेरेर चिन्न र बुझ्न सक्छु ! नजिकै बसेको साथीलाई मलाइ यस्तो भयो भनेर भन्न पनि सक्दिन र उसले मलाइ यस्तो भएछ भनेर छुट्याउन नि सक्दैन -यो कस्तो समस्या हो कुन्नि ? म निकै अचम्ममा परेको छु जसले मलाइ धेरै नै सताई रहेको छ !
ऐठन हुदा कोहि चाही घुरेको जस्तो आवाज निकाल्छन , कोहि वाडुली लागे जस्तो गर्दछन विस्तारै वा ठुलो श्वरमा कराउदछन ! कसै कसैले भने ऐठन भए पछी ब्युझिएर - (बोक्सीले भन्ठानेर ) आधा रातमै तथानाम गालि गरेको पनि मैले सुन्या'छु ! ऐठन हुन् लाग्दा ‘झसंग , झसंग ‘ गरेर निन्द्रा बिच्किने गर्छ ! यसले मानसिक समस्याहरु पनि  उत्पन्न गराउछ जस्तो लाग्छ मलाइ ! धेरै समस्याहरु मध्ये एक समस्या हो यो, जसको बारेमा मैले यस्तै सुनेको र अनुभव गरेर यस्तै नै बुझेको छु ! (कम पढ़लेख्या न परियो ! मैले यो भन्दा बढी सोचिन !) 
यो रोग हो भनेर मैले कुनै scientific reason काही कतै भेट्या त छुइन ( सायद मैले थाह नपाएको हुन् पनि सक्छु ) ! आज सम्ममा कुनै scientists ले सार्वजनिकरुपम मानवमा हुने ऐठन यस्तो हो, यो यसरि , यस्तो कारणले हुन्छ अनि सावधान यस्तो छ भनेर भन्न सकेको जस्तो पनि लाग्दैन ! ( म गलत पनि हुन् सक्छु ) ! यो समस्या मान्छे लाइ मात्र हुन्छ कि अरु प्राणीहरुलाई पनि हुन्छ ? यो खोज वा शंकाकै विषय रहेको छ तर मानिस लाइ भने पक्कै हुन्छ - यो मेरो अनुभव हो र अरुको पनि ! किनकी जसलाई यो समस्या भएको छ उनीहरुको मुख बाट मैले त्यो अनुभब सुनेको छु र यो अधिकांश मानिसलाइ हुने गर्दछ ! तर ऐठन सबैलाई नहुन पनि सक्छ कि मैले सोधेका व्यक्तिहरुमा जीवनमा कहिल्यै ऐठन नभएका र कस्तो हुन्छ ऐठन भनेको पनि सुनेको छु ! अझै मेरो मनाश्पटलमा एउटा ठुलो प्रश्न छ यो के कारण ले हुन्छ र सावधान के ?
मेरो आफ्नो धारणा :
यो एक किसिमको कुनै रोग हुन् सक्छ ( म रोग विशेषज्ञ त होइन ) ,जुन वंशाणुगत रुपमा हुन्छ जस्तो लाग्छ किनकी जति पनि यसको अनुभव सुनाउने मानिस (व्यक्ति ) छन् ती प्राय: सबैको अभिभावक कसैन कसैलाई ऐठन हुन्थ्यो रे ! र मेरो पनि त्यस्तै रहेको छ मेरो परिवार मा सामान्यतया सबैलाई धेर थोर ऐठन हुने गर्दछ ! त्यसैले मैले यसलाई वंशाणुगत हुन्छ होला भन्ने सोच राखेको छु ! सम्भवत ! यसमा ब्लड प्रेसरको कारण प्रमुख हुन् सक्छ ( science teacher को कुरा गर्ने हो भने ) तर हाम्रो परिवारको तर्क छ यो सब कसैको बोक्सी आखा लाग्या हो - हाम्रो परिवारमा !
यदि कसैलाई ऐठन रात या दिनमा (कुनै समयमा ) भै हालेमा उसले उठेर आफ्नो शरीर लाइ क्रियाशील बनाउन खोजेमा त्यति खेर पुन : सुत्दा उसलाई ऐठन दोहोरिने सम्भावना कम रहन्छ ! जस्तै थुकेर , वोलेर , जिउ तन्काएर , पानि पिएर आदि आदि तरिका अपनाउन सकिन्छ ! यो पूर्ण रुपमा निर्मुल नहोला (सायद यो वंशाणुगत हो भने ) तर यसलाई कम गर्न भने सकिन्छ ! यो समस्याले अत्यधिक मानिसलाइ सताएको हुन् सक्छ  कि  जसलाई कसैले बाहिरि रुपमा प्रकाश(प्रस्तुत) मा ल्याएको नहुन सक्छन ! मलाइ लाग्छ ऐठनले गर्दा कति मानिसले मुत्यु बरण पनि गरे होलान ! कहिले काही कतै कतै समाचारमा सुन्न सक्छौ स्वास्थ्य व्यक्ति वेलुका सकुशल सुतेको तर विहान केहि नभई मरिरहेको भेटेको खबरहरु ! सायदै यस्तै ऐठन  जस्तै समस्याले ग्रसित भएर पो हो कि ? कसलाई के थाह ? हो त्यसरी मर्ने हरुमा अन्य कारण भन्दा पनि बढी चाही ऐठन कै कारणले हुन् सक्छन ,भन्ने मेरो अनुमान रहेको छ !
मेरो सोचाइमा र अनुभवमा ऐठन हुने मानिसहरु बढी अबेर रात सम्म बस्नु राम्रो हुन्न, पूर्ण र नियमित सुताई हुनु रामो हुन्छ ! सम्भवत यो ऐठन हुनुमा रगतकै प्रमुख कारण पनि हुन् सक्छ ! तर पक्कै पनि कुनै बोक्सीको कारणले चाही होइन !  जेहोस यस्तो संवेदनशील समस्यालाई पनि बाहिर सार्वजनिक गर्नु पर्छ र यसको कारण , प्रकृति र निराकरणको खोज हुनु नसक्नु दु:खद कुरा भएको छ ! आज किन कुनै पुस्तकहरुमा , कुनै सवालहरुमा ‘ऐठन' को सवाल उठ्दैन , भेटिदैन ? यस सम्बन्धि ठोस कुराहरुको खोज नितान्त जरुरि रहेको छ !
( तर अहिले विगत २/३ बर्ष देखि यता यस्तो भएको थाह छैन ... यानी हुन् छाडेको छ , त्यस्तो केहि नगरिकन ! - मेरो लागि यो लेखाइ अलिकति भए 'नि खोजमुल नै रहेको छ - र अचम्मको कुरा पनि ! )

7 comments:

  1. खै बेद जी यस बारेमा मैले पनि केहि सोच्न सकिन । सामान्य रुपमा कहिले काही सबैलाई हुने गरेको सुनेको छु तर यसरि बारम्बार ? एकपटक डाक्टरको राम्रो सल्लाह लिदा कसो होला ?

    ReplyDelete
  2. हाम्रो समाजको बोलीचालीको भाषामा 'छल्ने' वा 'छोप्ने' भन्ने यो कुरा सायद सबैलाइ हुन्छ होला ।

    मलाई पनि यसबारेमा जान्ने इच्छा त छ तर कुनै आधिकारीक वा वैज्ञानिक पक्ष समेटेर लेखिएको लेख भेटेको छैन ।

    मेरो आफ्नै कुरा गर्ने हो भने कहिले काही राती उत्तानो परेर सुत्दा र विशेषगरी छाती माथी हात वा केही चिज (सिरक आदि) भएको वेलामा यस्तो भएको छ । सायद स्नायु प्रणालीमा केही अबरोध पुगेर यस्तो हुन्छ कि जस्तो लाग्छ मलाई ।

    अरु साथीहरुको पनि अनुभव सुनौं अनि विछार गर्नु पर्ला :)

    ReplyDelete
  3. मलाइ पनि निकै सानो बेलामा एकपटक यस्तो ऐँठन भएको याद छ, कुरा गर्छु, कसैलाई बोलाउछु भन्यो केही गर्न सकिदैन, अहिले धेरै बर्ष भयो त्यस्तो केही भएको छैन। भाइले भनेजस्तै यो अचम्मको र रहस्यको विषय हो र यस्तो हुँदा डर पनि लाग्छ । त्यसो त विज्ञानले यस बिषयमा पक्कै अनुसन्धान गरेकै होला । मैले सुनेको कुरा शेयर गर्छु है त । यकिनका साथ् यस्तै हो कि हैन त भन्न सक्दिन तर एकजना सर के भन्नु हुन्थ्यो भने हामी सुत्दा रातभर निन्द्रा र गहिरो निन्द्राको चक्र चलिरहन्छ। प्रत्येक डेड घण्टा निदाइसकेपछी गहिरो निन्द्राको एक यस्तो समय आउछ जुन १० मिनट भन्दा धेरै हुदैन। फेरी त्यसपछि अर्को डेड घण्टाको सामान्य निन्द्रा हुन्छ र फेरी १० मिनट जति गाढा निन्द्रा पर्छ। यस्तो चक्र एउटा रातमा ३देखि ६ पटक सम्म चल्छ। र यहि १० मिनेटको गहिरो निन्द्रा मा हामी सपना देख्छौं, यदि कुनै नराम्रो सपना या अन्य कारणले यही नै बेला ब्युझियो भने (सामान्यतया यो बेला पटक्कै ब्युझिन्दैन) गहिरो आरामको अवस्थामा रहेको हाम्रो दिमागले संदेश दिन र शरीरले त्यसलाई कार्वान्वयन गर्न तालमेल नमिल्दा हाम्रो अवस्था प्यारालाइसिसको जस्तो हुन पुग्छ। तर त्यो क्षणिक हो ।

    ReplyDelete
  4. अब हुन छाडेछ, राम्रो भयो | यदि भैहालेमा गतिलो डाक्टरकहाँ गैहाल्नुस | यसको उपचार अबश्य भेटिएला | अंग्रेजीमा ऐठनलाई के भन्छन, बेदजी ? नेपालीलाई हुने समस्या अरुलाई पनि भएको होला नि, इन्टरनेटमा केहि भेटिन्छ कि ?

    ReplyDelete
  5. खै मलाई चैँ यसको बारेमा खासै अनुभव छैन । अहिलेसम्म भएको जस्तो पनि लाग्दैन ।
    तपाईलाईपनि अहिले हुन छाडेछ , राम्रै भयो । अब भविष्यमा पनि नहोस् भनेर कामना गर्ओँ ।

    ReplyDelete
  6. Sarai garo kura ho malae pani hunc kailekahi bt solve vane vetina k garda niko hunx

    ReplyDelete
  7. Sarai garo kura ho malae pani hunc kailekahi bt solve vane vetina k garda niko hunx

    ReplyDelete