सहमति


विरोधदेशमा हिजो !
प्रजातन्त्र ल्याउन नि !
देशबाट राजा फ्याल्न नि !
सबै एक भै अघि बढ्न नि !
भा'थ्यो हामि बिच - सहमती !!!

……………………………………………..
देशमा हिजो !
वाइसिएल / युथफोर्स बनाउन नि !
संविधानसभाको चुनाव गराउनु नि !
हड्ताल / जुलुश / सभा गर्न'नि !
भा'थ्यो हामि बिच - सहमती !!!
…………………………………………………..
देशमा हिजो !
साशन व्यवस्था चलाउन नि !
पद / सप्ता टिकाउन नि !
राशन / भता पचाउन नि !
भा'थ्यो हामि बिच - सहमती !!!
…………………………………
(सहमतिमा मात्र विश्वाश गर्ने - हामि !)
त्यसैले ,
………………………..
देशमा आज !
आपसमा कोहि नमिल्ने भनेर !
आफ्नै अडान नछाड्ने भनेर !
समयमै संविधान नबनाउने भनेर !
गर्या'छौ हामि बिच - सहमति !!!
………….
मेलमिलाप
(तस्विरमा हेर्नुस कस्तो लाग्दैछ त हाम्रो सहमति – तपाईलाई ! अब हामि अर्कै सहमति गरदैछौ !)

4 comments:

  1. aash garne thau, kahi dekhidaina...

    ReplyDelete
  2. राम्रो व्यङ्ग प्रहार गर्नुभएको छ, कवितामार्फत !!

    ReplyDelete
  3. देशमा आज !
    आपसमा कोहि नमिल्ने भनेर !
    आफ्नै अडान नछाड्ने भनेर !
    समयमै संविधान नबनाउने भनेर !
    गर्या'छौ हामि बिच - सहमति !!!

    Right gajal in right time

    ReplyDelete
  4. वास्तविक झटारो! सहमतिले नै यहासम्म आए. अझै कहाँ सम्म पुग्ने हुन् था छैन ।

    ReplyDelete