Blog Widget by LinkWithin

समुन्द्रमा पौडिखेल्दा

दुई हातले नाक मुख थुनेर डुबेका साथी केहिबेर पछि निस्कादा आफ्नो अनुहारको आकृति पुरै पुरानो कुच्चिएको भाडो जस्तो बिगारेर निस्केको देख्दा ,मलाइ पूरा दया लागेर आयो र सोधे : "किन ? के भो र ? "
"हत् तेरी !! कस्तो , सबै नुनै नून रहेछ । "
"चर्को न चर्को "
"ए हो र ? " मैले थाहै नभए जस्तो गरेर भने ।
"हो ..हो .... , हो रहेछ ...." सबै साथीहरूले जोड दिदै भन्दै'थे ।
हुन त हामी कुनै भोज भतेरमा सरिक भएका भने थीइनम तर पनी कुरो भने 'चर्को र नुनिलो'को चल्दै थियो । कुरो थियो Arabic Ocean मा पौडी खेल्दा को हो 17 july 2009 को बिहान कतार को डफ्ना नेर , सबै साथिहरु मिली छुट्टी मनाउन गएका थियौ । जून दोहा देखि सबै भन्दा नजिकको Swimming Place पनी हो ।

( सबै आफ्नै सुरमा - पौडी खेल्न नै मस्त रहेकाछन ) ...................( भर्खर समुन्द्र मा पस्दै - हामीहरु )
......................................
कतारमा Swimming गर्न को लागी Dafna, Alkhor, Okra र Sea Line Beach जस्ता ठाउँहरु निकै प्रख्यात रहेको छ । तर मलाई त Sea Line Beach र Dafna को Swimming Place हरु नै राम्रो र उपायुक्त लाग्यो किन भने पानी पनी निकै clean अनि हेर्दा रमाइलो ठाउॅ रहेको छ, यिनिहरूको तुलनामा Alkhor र Okra मा भने निकै फोहर र दुर्घन्दित रहेको छ । अल्खोरमा भने बोटको (पानीमा कुदाउने बाईक) सुबिधा छैन । सबै भन्दा उतम त 'सी लाइन बिच' नै रहेको छ ।
(गलेर थकाई मार्दै - साथिहरु ) .................................... (चिसो अनि नुनिलो पानीमा - डुब्दै )


(हेमन्त , म , अशोक प्रकाश रेग्मी ) ........................ (म , देवी राम, धन गुरुङ्ग र हेमन्त )
.......................
जाबो पौडी खेलेको कुरा पनी के ब्लगमा राख्नु भन्ने लागेको थियो तर त्यस दिन घटेको घटनाले गर्दा - यो टासो नटासी चितै भुझेन । लगभग आधा घण्टा जति पौडी खेली सके पछि , म लगाएत सबै मित्रहरुको रहर अनुसार बोटिङ्गको मज्जा लुट्ने हिसाबले हामी बोटिङ्गमा रम्न थाल्यौ ।
एक पटक म र हेमन्त - शुरुमा बिस्तारै बिस्तारै बोटिङ्ग गर्दै अगाडी बढिम , जति चलाउदै गयो उति मज्जा र जोश बढ़ई गयो .... साथै ...गियर पनी बढ्दै गयो अनि स्पीड नबढ्ने कुरै भएन । पछाडी बाट हेमन्त ले कंट्रोल गर्दै गरौ है भन्दै'थे तर मनले मानेन पूरा गियर दबाइयो अनि त फुल स्पीडमा । आहा ! बोट ड्राइभ गर्नु को मज्जा त अर्कै । बोटको पछिल्लो भागले मात्र पानी छोएर सरर ....अनि त्यसले फालेको पानीको छाल फरर । वाह ! आनन्द नै अर्कै । म अझ फुर्के र उभिएर नै चलाउन थाले - हात खुट्टाहरु अलिक चिप्ला थिए , नुनिलो पानिले भिजेको हुदा । पुरै Over Speed मा थियो बोट तर हल्का टर्निङ्ग गरेर छाल तर्काउन खोजेको मात्र थिए, बोट बाट हामी दुबै जाना चित खेलेर पानीमा दुब्न पुग्यौ । बोट एका तीर हामी अर्को तीर भइयो । धन्न हामीलाई पौडिन आउथ्यो, नत्र त बर्बात हुनेथ्यो ।

(यसरी जादै गर्दा एक छीन पछि बोट पल्टियो) ................................................ (हाहा ! ... बोट पल्टियो )
...................
बल्ल बल्ल पौडिएर बोट सम्म पुग्यौ तर चाबि हराएछ अब फसाद कसरी स्टार्ट गर्ने ? तर चाबिको रिङ्ग रबरको (रातो कलर ) भएकोले पानीमा तैरिएर - हल्ली रहेको रहेछ ,त्यो पनी - बोट देखि निकै टाढा तर हेमन्त ले गएर ल्याए । तर अझै ड्राइभ गर्ने रहर पूरा भएन । खुबै रमाइलो र हल्का डरको अनुभूति भो । किनारमा आइसके पछि ... कोही हास्दै थिए भने कोही । त्यस्तो out of control मा जाने हो त भनेर कराउदै थिए । बाहिर किनारमा बस्ने सबै साथिहरु को सातो उडेको थियो ।

(बोट पल्टिए पछि किनार तीर आउदै )
बोट चढ़न को लागी साथिहरु हानाथाप गर्दै - 'म ...म जाने , म चलाउने ......हाह....हाहा... "

22 ओटा प्रतिक्रियाहरु:

खुल्लामन्च July 19, 2009 4:15 AM  

रमाइलो गर्नुभएछ बेदनाथजी, गर्मिमा । त्यसमाथि पनि छुट्टीमा साथीहरुसँग । त्यो भन्दा आनन्द के हुन्छ त हो गांठे ?

Dilip Acharya July 19, 2009 7:34 AM  

ल, रमाईलो गर्नु भएछ, समुद्रको पानीमा खेल्ने मजा नै अर्को हुन्छ तर होस नै गुम्ने गरी कस्तो जोससंग खेलेको !!!:)

wordflows July 19, 2009 5:53 AM  

ल ल रमाइलो गर्नुभएछ। आफ्नो जोश चै control गर्नुहोला।

हावा The Wind July 19, 2009 8:09 AM  

हैन बेदनाथ जी, यस्तै पोस्ट त झन पो रमाइलो हुन्छ हौ पौडिन तेती नआए पनि मलाई पनि समुन्द्र मा पौदी खेल्ने एकदम रहर छ ईन्डिया मै गएर भएपनी एकदिन खेलेरै छाडछु

त्यो बोट् चलाऊन त झनै पो मज्जा होला जस्तो छ..हैन फोटोमा त सबै डन्ठेहरु मात्रै छन त ठिटिहरु हुँदैनन ब्रो ?

Shiva Prakash July 19, 2009 2:41 PM  

नूनमा पैसा बच्ने भो नि त । तरकारीमा त्यही ल्याएर खन्याइदियो नून किन्नै पर्दैन । हा हा हा हा । गरम् है साथी गरम्; गरममा रमाइलो गरम् !

Sujan Sharma July 19, 2009 2:36 PM  

मोज गर्नुभएछ त !!!! समुन्द्र मा खेलेको देख्दा मलाई पनि खेल्ने रहर लाग्यो।

जे होस अर्को पटक त्यस्तो ठाउँमा खेल्न जाँदा होस पुराएर,होसियारका साथ खेल्नु होला।

bikash July 19, 2009 4:13 PM  

o bednath dai dhanai chilim farkena k ko majja hune ne hai huna ta ma ni baki chaian chaina hai paltina ma hehe anyway we had lodz of fun no? hahah

दूर्जेय चेतना July 19, 2009 3:55 PM  

गजब रमाईलो गर्नु भएछ ल।

आशा July 19, 2009 5:03 PM  

बेदनाथ जी तपाईंको यो कुरा त मैले face book बाट पनि थाहा पाएको थिए,लेख्ने सुर नआएपनि मनमनै पुनर्जीबन पाउनु भएछ भन्ने लागिरहेको थियो तर आज तपाईंको केही चित्र सहित लेख पढदा रमाइलो लाग्यो,जिबनमा एउटा छुत्तै अनुभब गर्नु भयो होला। अब फेरी फेरी पनि साबधान रहनु होला है अनि जोशमा होस नगुमाउनु होला :)

आशा July 19, 2009 5:06 PM  

बेदनाथ जी तपाईंको यो कुरा त मैले face book बाट पनि थाहा पाएको थिए,लेख्ने सुर नआएपनि मनमनै पुनर्जीबन पाउनु भएछ भन्ने लागिरहेको थियो तर आज तपाईंको केही चित्र सहित लेख पढदा रमाइलो लाग्यो,जिबनमा एउटा छुट्टै अनुभब गर्नु भयो होला। अब फेरी फेरी पनि साबधान रहनु होला है अनि जोशमा होस नगुमाउनु होला :)

कृष्णपक्ष उज्यालोको खोजिमा July 19, 2009 10:39 PM  

झन्दै बर्बाद हुने एक्सन गर्दा पनि, मस्ती त बब्बाल नै भएछ है, तर यो समुन्द्रको छालको भर हुन्न है बेदनाथ जी।

Milan July 19, 2009 11:43 PM  

आहा केटाहरुले सारै रमाईलो गरेछन | आफु त देशमा हुँदा ल्याण्डलक्ट परदेशमा हुँदा जब-लक्ड ..| फुर्सद मिलाएर म नि बीच तिर जाने सोच चाहिँ बनाउँदै छु ..| अहिलेलाई मेरो साटो नि मोज गर्दै गर्नुस बेदनाथ जी..

Jotare Dhaiba July 20, 2009 3:04 AM  

गजब रमाइलो गरिएछ नि त वेदनाथ जी, झन्डै चिलिम भने फर्किएनछ । जोसमा होश भने यसरी गुमाउनुभएन । पौडी खेल्न नआउने परेको भए त बर्बाद हुने थिएन ?

यस्तो अनौपचारिक कुरा पनि ब्लगमा गतिलो खुराक हुन्छ, दोमन गर्नु पर्देन वेदनाथ जी ।

सिकारु July 20, 2009 3:34 PM  

ओहो !!! बेद जी निकै रमाइलो गर्नुभएछ यो चर्को गर्मीमा । मलाई पनि खेलौ-खेलौ लाग्यो । समुन्द्र जस्तो ठाउँमा पौडी खेल्दा होसियार भने हुनै पर्छ है । गत बर्ष त म पनि बहराइन बृजमा गएर पौडीएको थिए अति रमाइलो भएको थियो त्यो क्षण पनि तर अहिलेचाही तपाइकै पौडीले रमाउने मौका दिनुभएकोमा धन्यबाद ।

N K M July 20, 2009 7:22 PM  

Interesting experience!

Basanta July 21, 2009 5:26 AM  

रमाईलो अनुभव लिनुभएछ बेदनाथजी!

B.J. Dummali July 21, 2009 12:31 PM  

Samundramaa paudinu ko majjai beglai tara sharira bhari Nunko pokai basdaa bore lahai bednaath jee mastee garnu bhae chhaajhi ramaailo garnu holaa tara tapaaiko kaan bhitra nun chhiryo bhane problem holaa hai khyaal rakhnu hola.

प्रबिण थापा July 25, 2009 5:52 PM  

रमाइलो त गर्नु भएछ तर मलाई भने कता कता डर पनि लागेर आयो भन्या हुनत आफु पौडिन त्यती सिपालु नभएर पनि होला यदि म तपाइको ठाँउमा भएको भए त धाइबा जि ले भने जस्तै चिलिम नै फर्किने थियो नि हा हा!! जे होस जिवनमा अर्को नौलो अनुभब बटुल्नु भएछ बेद जि!

chudamani July 27, 2009 2:12 AM  

लौ बेदानाथजीले इर्श्या लाग्दो मजा लुट्नु भएछ | पोहोर साल long beach maa यस्तै यस्तै मजा गरिएको थियो | आफूलाई भने यस्तो बुद्दी आएन |
गजब छ मित्र |

आकार August 2, 2009 6:24 PM  

ब्लगबाट केही दिन हराएको थिँए, तपाईले त धेरै मज्जा गरिसक्नुभएछ । मलाई नि शितल लाग्यो है, समुन्द्र देखेर ।

एकल यात्री August 6, 2009 10:51 AM  

हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।

pralad August 11, 2009 3:08 PM  

nikai mazza ayoo hola

ताजा खबरहरु माई संसारको

Followers

फेस बुकको जालो

Twitter Updates

    follow me on Twitter

    Albert Einstein's Statement

    नेपाली पात्रो

    तपाइँ लाइ किन नेपालमा राजनैतिक तनाब सधै भै रहन्छ जस्तो लाग्छ ?

      © Bednath.blogspot Template Made by Bednath स्वागत छ तपाईलाई मेरो संसारमा 2009

    Back to TOP