भनिन्छ 'खाली दिमाग सैतानको बास' रे त्यस्तै भै रहेछ आज मलाई । खुट्टाको अर्प्रेसन गरेकाले रेस्टमा बसिरहेछु । आज ३ दिन भै सक्यो एक्लै रूममा बसेको निकै दिक्दार लाग्दो र अल्छि लाग्दो महसूस गरिरहे अनि मनमा हरेक किसिमका कुराहरु खेलाएर बस्नु सिवाय केही रहेन। नेट मात्र कति चलाएर बस्ने, अनि कति बेर फिलिम हेर्ने खाली रहेको मेरो मगजमा बिगत निकै सल्बलाइरह्र्यो ... र यही विगत र समझना लेख्न बसे ... यो ब्लगमा । मन धेरै खेलेको हुनाले केही कुरा पनी टुंगोको लेख्न सकिरा'छुइन र जेपाए त्यही लेख्दै बसे ।
........... दिनहरू बित्दै गएका हुन या आफुले दिन, समय र बर्षहरु विताउदै गइएको हो पतै छैन अनि खै वितेको पतै नहुदो रहेछ - समय । आज दुई बर्ष भन्दा बढ़ी भै सकेछ घर छाडेको या विदेशिएको । नेपाल छाडेको भनौ या कतार बसेको दुबै सही । शुरूका दिनहरुमा त अजीब सजिब खै के के लागे लागे । मनमा खटपट भएकै हो तर पछि यहाको हावापानी र रहन सहनमा अलिक घुलमिल भैएछ क्यारे - त्यो खटपट पनि हराएर गयो । भन्छन क्षण भरको घटनाले मानिसको पुरै जीवनशैली यानी उद्देश्य र सोचाइ नै पूर्ण रूपमै पनि परिवर्तन गराउन सक्दछ तर म मा त्यस्तो भए जस्तो लागेन । म त्यति पलभरमै परिवर्तन र अनौठो हुन सकिन तर मेरा दिनचर्याहरू भने पक्कै विस्तारै क्रमिक रुपमा परिवर्तन हुदै गएको भने रहेछ । हुन त शुरूका दिनमा ( जब म काम मा लागे ) दिन रात र खानपिनको अतोपतो (भेउ) पाउन नै गाह्रो भएको थियो । अनि साविक भन्दा पढाइ लेखाइ ( पत्रपत्रिका , पुस्तक पढने र डायरी लेखन ) निकै कम भयो मात्र हैन झण्डै ठप्पै भएको । वरु शुरू भए'थ्यो एकान्तमा (विशेषत: सुत्ने समयमा )बढ़ी सोच्ने र कल्पिने -घर परिवार र साथिभाइको निकै याद आउने , म किन घर छाडेर हिडे , म के का लागी भौतारिदै गरेको , म आफ्नै ठाउमा (नेपाल) केही गर्न नसकेर नै भागेको हु त ? (आत्म ग्लानी भै ) आफैलाई प्रश्न तेर्साउछु तर सब अनुतरित नै रहने । किन आफ्नो ठाउमा वेकम्मा नै भएको हु त ? मलाई पहिला लाग्थ्यो र म मेरा साथिहरुलाई पनी भन्ने गर्दथे आफ्नै देशमा (विकाशान्मुख ) जहा पुरै भाषा भेष मिल्छ , त्यहा त केही गर्न नसक्नेले विदेशमा जहा अत्याधुनिक प्रविधि छ ,पुरै तोड तरिका नै फरक हुन्छ त्यहा त झन एडजस्ट हुन त पीडादायक हुन्छ । म जानेर या नजानिदै त्यसो भन्न पुग्थे किनकी मलाई त्यस्तो लाग्थ्यो । त्यस्तो भन्ने म - आज विविध कारण बस परदेशी भएको छू । यहाँ पुरै १२ घण्टा खटिनु पर्छ यो कम होइन र वढि पनी होइन अरुको तुलनामा , खट्नेहरु १४/१७ - १८ घण्टा सम्म घोटिरा'छन । श्रम शोषण भन्न नमिल्ने होइन -तर
त्यसमा हाम्रै पनी मज्बुरि छ । दुई कौडी बढी पोल्टामा पार्न सकिन्छ की भनी - झिनो आशामा काम गर्ने रहर नै गर्छौ , ओभर टाइम मानी ।
नत्र त कहा गए हाम्रा रापिएका ,जंगिएको जोश त्यस विरुद्र आवाज फोर्न , हिजै हो अमेरिकाले इराकमा वम झार्दा - यी हातले राको समाएर दमक नगर परिक्रमा गर्दै दमक चोकमा बुषको पुत्ला दहन गरेको अनि शाही घोषणाको विरुद्रमा कालो तोरण उठाएको आलै हो जस्तो लाग्छ मलाई तर खै कुनि यहाँ ति सब पोखरिका छालहरु झै क्षितिज पारीको परिद्रश्य भएर रहे । यो कस्तो वाध्यता , यो अर्को आत्मग्लानि सहितको पौरख या गौरव भनौ ! यसमा कसको दोष मेरो मुलुकको या मेरो , थाहा भएन तर म यसको विज्ञ पनी त परिन तर यस्ता जिखासाहरू आज मेरो मनमा आइर्ह्यो ।

..............................................
इन्टरनेट ले गर्दा यो दुई वर्षको फुर्सदको समय विताउन त्यति गाह्रो भने भएन । एउटा समय विताउने राम्रो , सजिलो माध्याम भयो मेरो लागी । कहिले ब्लग , फेसबुक , हाई५ , त्यतिकै टाइम पास भै हाल्ने । ए साच्ची नेटको कुरा गर्दा ब्लगको कुरा छुटाउनै मिल्दैन मेरो लागी त ! ब्लग जसले मरुभुमिको उजाडपन लाइ भुलाउने काम गर्यो र अनौठो तिर्सना जगायो । प्यास नजानिदो रुपमा बढ्दै गैरह्यो । म ब्लगलाइ परिभाषित गर्न त सक्दिन तर यो स्वतन्त्र विचरण गर्न सकिने खुल्ला सड़क हो जस्तो लाग्छ । एउटा आफ्नै छुट्टै वेब पेज जस्तो हुन्छ र जसलाई संसारको जुनसुकै ठाउबाट हेर्न सकिन्छ भन्ने खुसीका साथ रहरै रहरमा ब्लग सिर्जना गर्न पुगेको थिए । थाहा थिएन यती धेरै र असल मित्रहरुसँग आत्मीयता बढाउन पाउछु भनेर अनि खुसी छू राम्रो नराम्रोको सर- सल्लाह र सुझाब दिने हितैसी ब्लग फ्रेन्ड्स पाएकोमा र म सदा उहाहरुको ऋणी छू । जसले आज मलाई यो रूपमा आइपुग्न सहायता पुर्याउनु भो । फेसबुकका मित्रहरुलाई पनी उतिनै धन्यवाद दिन चाहन्छु जसले धेरै सल्लाह सुझाब दीइरहनु भएको छ र म मा प्रेरणा थपी रहनु भा'छ । मलाई टिका राम जी ले ब्लग लेखनमा लाग्न सबै भन्दा पहिला घचघच्याउनु भएको थियो, उहालाई म मुरी मुरी धन्यवाद नदिरहन सक्दिन , त्यति वेला उहा आफै पनी आफ्नो ब्लग चलाउनु हुन्थो तर अहिले निरन्तरता दिन सकिन भनी ( कामको ब्यास्ताताले ) डिलीट गर्नु भएको छ ।
पहिला त ब्लग मित्रहरु पनी निकै कम हुनुहुन्थ्यो तर अहिले नेपाली ब्लग मित्रहरु निकै मज्जाले बढ्नु भएको छ,जून नेपाली ब्लगरहरुको लागी खुसिको कुरा हो । तर लेखाइमा विश्वसनीयता र उत्कृतता प्रस्तुत गर्न सके अनि निरन्तरता दिन सके नेपाली ब्लगको भविष्य पनी उज्जल हुनेथ्यो की ? अहिले सम्ममा नेपाली ब्लगको दुनियामा एउटा राम्रो काम हालै भएको छ दौतरी द्रारा "प्रथम अन्तराष्ट्रिय नेपाली ब्लगर भेला" जसले नेपाली ब्लगरहरु विच नजिक्याउने काम गरेको छ । अनि एक बद्र भै अगी बढ़ने सहकार्यको माला उनेको छ ।
आज म ब्लग लेखन मा ताते गर्दै हिडेको बर्ष दिन पूरा भएछ , यो मेरो ब्लग पुरै ब्यक्तिगत ब्लग भएको ले यस्मा रहेका खुराकहरू पनि पुण रूप मै ब्यक्ति गत नै रहेका छन तर दुःखको कुरा अझै न्वारन भने गर्न सकेको छुइन । के राखे उचित होला यहाहरू सँग नै सल्लाह लिन चाहन्छु , मलाई आफ्नो अमूल्य शब्द खर्चेर कमेन्ट गरी आफ्नो मार्गदर्शन प्रदान गर्नुहुने मेरा आदरणीय सबै मित्रहरु प्रति म हृदय देखि नै कृतज्ञ रहेको छू । यहाँ मैले एक एक गरेर सबै साथिहरुको नाम उल्लेख गर्दा छुट्ने डरले सबै मित्रहरुलाई एक मुस्त मा सम्बोधन गरे है - नरिसाइदिनु होला ! आज सम्म तपाईहारूबाट जसरी सद्भाव , माया पाए आउदा दिनमा पनी कायमै राख्नु हुन्छ भन्ने अपेक्षा राखेको छू । म लाइ सदा सल्लाह सुझाब अनि गाली गर्दै गल्ती औलाइदिनु होला । धन्यवाद !
ह्यापी ब्लगिङ्ग !
ह्यापी ब्लगिङ्ग !
बेद नाथजी सर्बप्रथम त तपाईको यो यात्राको लागि बधाई छ। गहन बिचार र यथार्थलेखहरुको लागि जसरी तपाईको ब्लग प्रखात छ त्यसै गरि आगामि दिनहरुमा पनि राम्रो हुदै जाओस मेरो हार्दिक शुभकामना छ साथै सिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु। बाकीँ रह्यो न्वारनको कुरा यसमा भने म ब्लगका पंडितहरुको सल्लाह लिएर तपाईलाई जसो लाग्छ उसै गर्नु होला। तपाई जे नाम बाट आए पनि जसो गरेर आए पनि हाम्रो लागि स्बागत योग्य हुनेछ।
ReplyDeleteफेरि पनि तपाईलाई हार्दिक बधाई तथा शुभकामना यो १ बर्षको यात्राको लागि।
Badhai chha!
ReplyDeleteHappy Blogging!
---
"थाहा थिएन यती धेरै र असल मित्रहरुसँग आत्मीयता बढाउन पाउछु भनेर अनि खुसी छू राम्रो नराम्रोको सर- सल्लाह र सुझाब दिने हितैसी ब्लग फ्रेन्ड्स पाएकोमा र म सदा उहाहरुको ऋणी छू "
Happy Birthday...ani Happy Blogging.
ReplyDeleteधेरै धेरै बधाई एवम् शुभ कामना ब्लगिङ यात्राको वर्षिकोत्सवको लागि पहिलो वा तपाईंले पोख्नुभएको विवशताको कथा निकै मार्मिक छ, जीवन हुनु नै आफैँमा पीडादायक भन्छन् चिन्तकहरू । झन् यसभित्रको आरोह-अवरोहको त के हिसाब गरिसाध्य ! कामधन्दा र व्यस्तता भन्नु पनि जीविकाको मेलोबाहेक बाँच्ने र जीवन कटनीको उपक्रम हो जस्तो लाग्छ ।
ReplyDeleteब्गलिङको स्वाद बस्नु पनि यही जीवनरीत हुने रहेछ । भावनात्मक साथीहरूको नेटवर्कभित्र रहन पाइएको छ, अनमोल लाग्छ जीवन यस्तै भेला र जमघटमा ।
केही समययता तपाईंको ब्लगमा खुराक पस्किने क्रम पातलिएको अनुभव मैले पनि गरेको हुँ । गोडाको अप्रेसनले थलिनुभएको रहेछ, चाँडै निको हुनुस् । शीघ्र स्वास्थ्य लाभको कामना ! ब्लग र जीवन जुर्मुराओस् ।
पहिलो कुरा त ब्लग संसारमा एक बर्ष पुरा गर्नु भएकोमा बधाई छ । दोस्रो कुरा यसको निरन्तरता नै हो, यसको लागि शुभकामना । केही कामको थालनी गरियो भने फाईदा र बेफाईदा दुबै हुने गर्दछ तर तपाईंको ब्लग यात्रा पद्ढा त्यस्तो कुनै घाता देखिन । बस् मात्र सबै फाईदा नै फाईदा । अझै अघी बद्न र उज्वल उदेश्य प्राप्तिको लागि मेरो असल कामना छ । नथाकेर तपाईंको ब्लग यात्रा जारी राख्नुस्, दु:ख सुखको मित बनेर सधैं साथ दिनेछ ।
ReplyDeleteल है उमेश ब्रो लाई मेरो पनि एक बर्ष पुगेको मा ह्यापी बड्डे
ReplyDeleteमलाई लाग्छ ब्लग्गिङ बहुलता को सबैभन्दा ठुलो अभ्यास हो
हामी भिन्न प्रिस्ठभुमी र बिचार का भए पनि एक अर्का लाई ब्लग को माध्यम बाट बुझ्ने प्रयास गर्छौ
हाप्पी ब्लग्गिङ
वर्ष दिनको बधाई बेदनाथजी र साथमा शीघ्र स्वास्थ्य लाभको कामना !
ReplyDeletebest of luck bed ji on the occasion of starting ur blog.I wish for ur first anniversary and for ur golden future....
ReplyDeleteब्लग खोल्न जती सजिलो छ,यसलाई निरन्तरता दिन त्यत्तीकै गाह्रो !।
ReplyDeleteआज ब्लग लेखनको एक बर्ष पुगेको अबसरमा, नढाँटीकन भन्नु पर्दा तपाइको लेखनमा निकै सुधार आएको कुरा मैले महशुस गरेको छु । भाषिक शुद्धतामा भने हामीले (यसमा म पनि पर्छु है :)) अझै मेहनत गर्न बाँकी नै छ ।
तर समष्टिमा भन्नु पर्दा, दैनिक कार्य व्यस्तता र जीवनका हजार उतार-चढावका बीच, तपाईको लगन, मातृभूमि प्रतिको आस्था र प्रेम अनि सौन्दर्यचेतका आभास तपाईको हरेक टाँसोमा मिल्छन ।
तपाईको ब्लगको निरन्तरता, लेखन र निजी जीवनमा पनि उत्तरोत्तर सफलताको कामना गर्दछु ।
ब्लगिङको वार्षिकोत्सबको उपलक्षमा हार्दिक बधाई तथा शुभकामना ।लेखन यात्रा निरन्तर रहोस।
ReplyDeleteHappy Blogging!!!
सबैभन्दा पहिला त शिघ्र-लाभको कामना!
ReplyDeleteर बधाई बेदनाथजी ब्लगयात्राको एक वर्ष पूरा गर्नुभएकोमा! यस पछाडिका दिनहरुमा पनि निरन्तरता र अझ उत्कृष्टताको लागि हार्दिक शुभकामना!
तर एउटा कुरा, म तपाईँको ब्लगसंग धेरै लामो समयदेखि परिचित छु जस्तो लाग्छ मलाई र "एक वर्ष मात्रै!?" भन्ने आईरहेछ मनमा। ब्लगहरुका माध्यमबाट जन्मिएको आत्मीयता यहि होला शायद, सबैलाई दूर अतीतदेखिको चिनारु बनाईदिने।
बेदनाथ जी happy blogging.. र आउँदो दिनहरुमा पनि निरन्तर पाइलाहरु अगाडि बधिरहुन् ..
ReplyDeleteबेदनाथ जी happy blogging.. र आउँदो दिनहरुमा पनि निरन्तर पाइलाहरु अगाडि बधिरहुन् ..
ReplyDeleteबर्ष दिनको यो रमाइलो अनि निरन्तर बगिरहेको तपाइको आफ्नै संसारलाई शुभकामना दिन चाहन्छु । आउने दिनहरुमा पनि यस्तै उच्च र सजिव भएर अगाडी बढीरहोस तपाइको संसार अनि जीवन ।
ReplyDeleteमातृभुमिबिहीन भएर भोग्नुपर्ने जीवनको पीडामा हामी एकै छौ जस्तो लाग्छ मलाई बेद जी । ब्लगीङ यात्राले बनाएको सहज परिस्थितिको सामना गर्न सधै पाईरहु बिदेशमै भएपनि ।
ओहो बेदनाथ जी बधाई हो बधाई!
ReplyDeleteयो तपाईंको ब्लगिङ यात्रा एकबर्ष पुगेकोमा बधाई तथा शुभकामना। यसै गरी निरन्तर सप्तकोशी अनि सप्त गण्डकी झै निरन्तर बगिरहोस अझि सगरमाथा झै उच्चर अटल बिस्वास बायुजस्तै बेगवान जोस लिएर।
धन्यबाद।
दूर्जेय चेतना -G, N K M -G, आकार-G, Jotare Dhaiba-G , Chandra Magar-G, हावा De Wind -Bro!, दीपक जडित-G, binod k रिजाल-G, Dilip Acharya-G, Sujan Sharma-G, Basanta -G,Asha -G,सूर्य/सिकारु -G, B.J. Dummali-G यहाहरु सबैलाई यहाहरुको सद्भाव , माया र सुझाब को लागि मुरी मुरी धन्यवाद छ ! र आउदा दिनहरुमा पनि यसलाई निरन्तरता राख्नु हुने छ'भन्ने आशा राखेको छु |
ReplyDeleteCongratulations for completing one year of blogging! and best wishes for many years to follow...
ReplyDeletewishing you a speedy recovery from your illness.
ढिलै भएनि Happy birthday to your blog and happy blogging to you Muskan bhai.
ReplyDelete