यस्तै रहेछ जिन्दगी !!!


मलाई लेख्न आएन
-साहित्य !
के पो लेखिरहनु !
फुराउनै आएन - शब्दहरु
कुन कन्दराबाट खोजी ल्याउने !
अस्थिर रहेको मनले

कसैको दोभाष पहिल्याउन सकिन !
कस्तो व्यवहार हो - यो
जसको आभास - बुझ्न नसक्नु
बुझी नसक्नु छ !
म भावनामा बहेछु
जसको गन्तव्य नै भेटिन !
म सोचन पनी के सोचिरहन्छु
आफ्नै सस्मरणमा पनी मेटिन्न !
सुख खुसी खै के हो ?
- थाहा छैन
कसरी पो भयो
मिलन विछोड
- त्यो पनी त थाहा छैन !
थाहा छैन -
म लाइ , म स्वयं को हु भनी ?
थाहा छैन
म किन र के का लागी भनी
अनि
किन हासे र रोए'थे - त्यो पनी !!
यो बेमेल लेखाइ संगै
बेमेल हुदै गैरहेछु ।
धेरै ले सिकाउनु भए जस्तो लाग्छ
निकै लिए जस्तो पनी लाग्छ
तर
अझै अघाए जस्तो लाग्दैन
-जिन्दगी देखि !
अझै भरिए जस्तो त लाग्दैन
- जिन्दगी !
सायद ,
चुइने भाडो हो
-यो मेरो जिन्दगी !!
खाली रहेको - मगज !
बाकी केही छैन
भएको केही होइन

हरपल रित्तो लाग्ने
त्यसैले -
मुखारवृन्दबाट सदा भर्नु पर्ने
अनि कानबाट ज्ञान कोच्नु पर्ने
....... ..... उफ ......... ..... .....
टोल्याइ रहे ...... सोचिरहे....
यस्तै रहेछ जिन्दगी !!!

( आज निकै समय पछि एउटा भावना लेख्न बसे - निकै भए'थ्यो कविता लेखेर पोस्ट नगरेको तर शून्य रहेको दिमाग बाट सोचे जस्तो लेख्न त सकिएन । त्यही जेजसो भए पनी उपलोट गरेको छू - ढिलै भए पनी ब्लगमा सल्बलाउदैछु भनेर जनाउन ) ।

5 comments:

  1. बेदनाथ जी स्थिर भयो भने कहिल्यै यात्रा पुरा हुन्न त्यसैले जहिले पनि यात्रा जारि राख्नुस, तपाईंको लक्ष्यहरु एक पछि अर्को तछ्ड-मछाड गर्दै तपाईँसामु आउनेछन। तपाईंको कबिता धेरै नै राम्रो छ मलाई जहाँसम्म लाग्छ कतै निरासिएर कोरिएको त हैन? यसो चाहिं गर्नु भएन है मित्र।

    धेरै राम्रो छ, अरु पनि धेरै पढ्न पाऊँ।
    धन्यबाद।

    ReplyDelete
  2. राम्रो लेख्नु भएको छ त, किन साहित्य आउँदैन भन्नुभाको, बेदनाथजी ?

    ReplyDelete
  3. साह्रै नै मिठो कविता !!वेदनाथ जी !

    ReplyDelete
  4. यस्तो माहीर भएर पनि आएन भन्न मिलेन है बेद जी ।
    बरु अल्छीको जरा काटन सकीएन भन्दा मेल खान्छ जस्तो लाग्यो मलाई चाही ।
    यस्तै हो भरिनु चुहीनु, फेरि भरिनु फेरि चुहिनु नै जिन्दगी रहेछ तर भर्न र चुहाउन चै छोडनु भएन ।

    ReplyDelete
  5. "म लाइ , म स्वयं को हु भनी ?
    थाहा छैन"
    यसको जवाफ मसँग छ - तपाइँ वेदनाथ हो ।
    तर ए मित्र, लेख्न नजान्ने भए कसरी लेख्नु त ?
    nepalimanharu.com

    Shiva Prakash

    ReplyDelete