Public Garden मा बनभोज


गएको शुक्रबार (25 December,2009) का दिन म एउटा बनभोज कार्यक्राममा सहभागी भएको थिए । अल्खोरको पब्लिक गाडेनमा भएको उक्त कार्यक्रमको आयोजना Unity life insurance  ले गरेको थियो । यसरी परदेशी भूमिमा आफ्नै ठाउमा जसरी यत्रो ठुलो जमात भै एकै साथ बनभोजमा रमाउन पाउदा उपस्थित नेपालीहरु निकै खुसी र आनन्दित देखिन्थे |
bednath.blogspot
( गाडेन अघि पुगे पछि - लिएको पोज । )

bednath.blogspot2 bednath.blogspot3 (2)     DSC00773
bednath.blogspot5bednath.blogspot4आहा ! कति राम्रो हरियाली !! bednath.blogspot3





                                                                                                  
bednath.blogspot6
कार्यक्रम लाइ राष्ट्रीय गान गाएर औपचारिक रूपमा  शुरुवात गरिएको थियो  ।
bednath.blogspot7
bednath.blogspot8क्रिश्मशको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा करीब ६/ ७ सय नेपालीहरुको जमघट रहेको थियो । आयोजकहरुले प्रवासमा रहेका नेपालीहरुको अहिले सम्मकै सबै भन्दा ठुलो - बनभोज रहेको दाबी पनि गरे ! कार्यक्रममा Unity life insurance ले आफ्नो छोटो परिचयात्मक नालिबेली प्रस्तुत गर्नुका साथै मनोरन्जनात्मक विविन्न  किसिमका प्रस्तुतिहरू (गाउने, नाच्ने, खेलहरु आदि इत्यादि )  देखाइएको थियो ।                                                                                        DSC00691
bednath.blogspot9


















  bednath.blogspot10

“ आहा ! क्या भोक लागेको ! हेर्नुस त साथिहरुको ताती ..........., प्लेट खोसिएला नि - मित्र ! होसियार !! हाहा ...हाह ... ”


bednath.blolgspot8

bednath.blogspot11अर्को सबै भन्दा रोचक खेल - फुटबल नै भएको थियो ! १२ टीमको सहभागिता रहेको उक्त खेल को प्रथम स्थान भने - जागरूप युवा क्लबले लिन सफल भएको थियो ! विजयी टीम र खेलाडीहरुलाई तथा  कलाकारहरु अनि  अन्य खेलका विजयी प्रतियोगीहरुलाई पदक तथा प्रमाण प्रत्र वितरण गरिएको थियो !                                                                                                                bednath.blogspot12
अर्को कुरा मलाई अल्खोरमा यत्रो ठुलो गाडेन छ भन्ने कुरा थाहा थिएन ! ठुलो एरियामा रहेको यो पब्लिक गाडेन निकै भब्य र सुन्दर अनि शान्त रहेको छ ! हामीले खाएको बनभोज स्थल जस्तो त यो एउटा  गाडेन भित्र ८ /१० ओटा रहेका छन |  जेहोस कतार बसे पछि एक पटक दुल्नै पर्ने रहेछ वा छुट्टी / फुर्सदको समय भएमा समय विताउने मनमोहक स्थल रहेको ठाने - मैले | खेल्न ,डुल्न अनि साथिभाइहरु र परिवार सँग गफिएर बस्न तथा फ्यामिली पिक्निकको लागी उपयुक्त ठाऊ रहेको छ !

6 comments:

  1. विदेशको ठाउँमा यत्रो जमघट र वनभोज को आयोजना हुनु निकै खुसिको कुरा हो, तस्विर हरु पनि राम्रा लागे, खुब रमाइलो गर्नु भयो होला ।

    ReplyDelete
  2. मलाई पनि रमाईलो लाग्यो नेपालीहरुको यो एकता !

    ReplyDelete
  3. परदेशको ठाउँ अनि नेपाली मात्रको भेटघाट । खुव रमाईलो भएजस्तो लाग्यो मलाई पनि ।

    ReplyDelete
  4. बनभोज निकै रमाइलो र खुसियालीपूर्ण सम्पन्न भएछ। रमाइला फोटोहरु सहित हामीलाई पनि शाब्दिक रुपले बनभोजमा सरिक हुने मौका दिनु भएकोमा बेद जी लाई धन्यबाद!
    साथै नयाँ बर्ष २०१० को मंगलमय शुभकामना !

    ReplyDelete
  5. साह्रै रमाईलो लाग्यो। कस्तो हरियाली रहेछ। वास्तबमा मैले सोचे भन्दा पनि बढी हरियाली देखे मैले। रमाईलो गर्नु भएछ सबै नेपालीहरु मिलेर।

    ReplyDelete
  6. रमाईलो गर्नुभएछ सबै नेपाली मिलेर ।तस्बिरको लागि धन्यवाद!!

    नयाँ बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना !

    ReplyDelete