Happy New Year 2011


new_year_by_Bed Nath
सर्ब प्रथम -नव बर्ष २०११ को उपलक्ष्यमा म  देश विदेशमा रहनु हुने मेरा सम्पूर्ण नेट फ्रेन्ड्स (ब्लग,फेसबुक,मेसेन्जर), आफन्त, गुरुजन शुभ चिन्तक तथा पाठकहरुमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु ! धन्यबाद !

हुन त यो हाम्रो नेपालीहरुको सस्कृति त होइन तर हिजो आज यस्ता बाहिरिया सस्कृति र सस्कारहरुले हाम्रो देशमा निकै प्रसय पाउन थालेको छ ! अनि त्यहि समाजको मलाइ पनि अछुतो राख्ने कुरो नै भएन, अनि सायद तपाइँ पनि त्यस बाट टाढा हुनु हुन्न होला  ! कुरा यति हो त्यस्तो प्रवृतिले हाम्रो कला सस्कृति र चाड पर्वले विस्तापित भने हुनु नपरोस !  त्यो जिम्मा तपाई हामीले पहिलाउने जीवनशैलीमा निर्भर रहन्छ ! तर सकारात्मक सस्कार र आचरण लाइ अनुशरण गर्न भने कुनै शन्देह गर्नु ठिक हुन्न ! बरु आफ्नो कला सस्कृतिहरुलाई पनि उतिकै महत्व दिएर मनाउनु पर्छ र प्रचार प्रसार पनि !
यो अवसरमा म यस्तो कामना गर्छु : -
रामायणमा रामको १४ बर्षे वनबास दुर्भाग्ग्य नभएर एउटा सौभाग्य थियो -रामको र राम राज्यको लागी अनि त्यो उपलब्धिमुलक पनि रह्यो ! तर नेपाल र नेपालीका लागी गएको १४ बर्ष एउटा दुर्भाग्य मात्र नभएर त्यो ठुलो कालरात्री साबित भो ! त्यसैले विगतको १४ बर्षको जस्तो समय नेपालमा कहिल्यै नदोहोरियोस !  हिजो तपाईलाई थाहा नै भएको कुरा हो राजसस्था हटाएर (राजसस्थाको बचाउ गर्न खोजेको होइन) गणतन्त्र घोषणा गर्दा ति नेता भनाउदाले निकै गर्वका साथ भनेका थिए, ‘अहिले हामी इतिहासको यस्तो संघिन घडीमा छौ -यस्तो समयमा हामी यहाँ र यस्तो समयमा हुनु ठुलो गर्वको कुरा हो ! इतिहासले हामीलाई सम्झने'छ’ ! उक्त समयमा म जस्ता सर्व साधारण नेपाली जनताको खुसीको सिमा नै थिएन (त्यो सब झुटा ठहरियो ) ! हो, तिनले  केहि ठिकै भनेछन यस्तो संघिन घडी (समय) मा छौ कि ‘संघिन' को ‘सं’ यानी संविधान नभएको ‘घिन' मात्र बाकी रहेको समयमा छौ, जसले गर्दा गर्व हैन निकै सरम मान्नु परेको छ ! अनि तिनलाई इतिहासले नसम्झने भन्ने कुरा त आउदै आउदैन नी - नेपालको इतिहासको ‘काला धब्बाहरु’ भनेर आउदो पुस्ताले पढ्ने छन् अनि बुझ्ने छन ! त्यसैले म भन्छु अहिले (बर्तमान) को जस्तो दोधारे र प्रष्ट्र धारणा ल्याएर देश र विकाशको लागी कुनै पनि ठोस निर्णय लिन नसक्ने लिडरशिप (नेताहरु) हरु र लाचार अनि धुर्त जनताहरुको जन्म यो मेरो देशमा कहिल्यै नहोस ! बरु झमक कुमारी (शारीरिक अशक्त- मानशिक शक्ती भएको ) जस्ताको जन्म देउ तर नेपालमा भएका सात दलको सत्र पाटा भएका नेताहरु नदेउ !
रामायणमा राम लाइ १४ बर्ष बनबास पठाउन ‘मन्थरा'ले महारानी ‘कैके’ लाइ प्रयोग गरेको पाइन्छ ! परिणाम पारीवारिक कलह, पति वियोग अनि पुत्रवियोग मात्र हैन -माहारानिले आफ्नो पुत्र भरत बाट –‘यो जगतमा कसैले पनि आफ्नो छोरीको नाम ‘कैके' नराखुन भन्ने सरापको कलंक पनि पाउनु पर्यो !  अनि माहाभारतमा मामा ‘सकुनी' ले भान्जा युवराज ‘दुर्योधन' लाइ प्रयोग गरेर आफ्नो बंसज विनास मात्र होइन पुरै राज्य नै तहसनस  बनाएका थिए ! हैन उ वेला त एक दुइ जना मन्थरा, कैके अनि सकुनी र दुर्योधन जस्ताले त त्यत्रो ठुला विनासक घटना घटाएका थिए भने अहिले त हाम्रो देशमा त्यस्ता ‘मन्थरा र सकुनी’ त कति छन् कति ….!! मेरो देश इराक जस्तो नहोस, मेरो देशमा अफगानिस्तानमा जस्तो घटना नहोस ! सुडानको जस्तो हिंसा नहोस ! मेरो देश नेपाल, नेपाल भएर अडियोस / रहोस ! अनि यहाँका कुनै पनि नेपाली जनताले ‘कैके’ र ‘दुर्योधन' जस्तो भएर प्रयोगमा आउनु नपरोस !
नेपाली भाषा बोल्ने मात्र नेपाली होइनन, हिन्दु धर्म मान्ने मात्र नेपाली होइनन ! जुन सुकै धर्म मान्ने र जुनसुकै भाषा बोल्ने तर नेपाली परिचय पत्र (नेपाली नागरिकता - पासपोट) लिएर नेपालको सिमा भित्र या बाहिर रहने -हरेक जनता नेपाली जनता हुन् ! नेपाल अनि नेपाली हो - उ !  सबैमा चेतना भएस !


भगवाने लोकमा केहि दिनु पर्दैन –बस ! सबैमा सद बुद्दी दिउन !
यहि छ मेरो सबैमा २०११ को शुभकामना !! तपाइको समय शुभ होस, शुभ रहोस , धन्यबाद !!!
~~~o~~~              ~~o~~~             ~~~o~~~

7 comments:

  1. नयाँ वर्ष २०११ को हार्दिक मङ्गलमय शुभकामना ! नेतृत्व पङ्कतिमा उभिएका दुशासन र अन्य खलपात्र हरूको चाँडै निवारण होस् । तर हामी कुरुक्षेत्र जस्तो संग्रामको खोजि मा छैनौ, अत: खलपात्र हरुले आफ्नो पहिचान गरेर आँफै बाटो बाट पन्छिउन भन्ने कामना गरौँ । धन्यवाद !

    ReplyDelete
  2. शुभकामना सन् २०११ को !

    ReplyDelete
  3. यहाँलाई पनि नयाँ वर्ष २०११ को हार्दिक मङ्गलमय शुभकामना !!!

    ReplyDelete
  4. 新年好! Happy New Year अनि नयाँ वर्षको शुभकामना !!!

    ReplyDelete
  5. यहाँलाई पनि नयां बर्षको धेरै धेरै शुभकामना ! यहाँले भने जस्तो पुगोस् |

    ReplyDelete
  6. परिवर्तन २ वटा कुरा ले मात्रै आउछ बोलि ले या गोलि ले . अब नेपाल मा बोलि को कुनै काम छैन .जनता बाट पनि परिवर्तन को कुनै सम्भाना देखिदैन.उनि हरुलाई थाहा नै छैन यो देश उनि हरुको हो ,कुनै 'दुर्योधन' जस्ता नेता हरु को बिर्ता हैन भन्ने कुरा. त्यसैले अब देश मा अर्को जंग बहादुर को खाचो छ.हिटलर,सद्दाम को खाचो छ.तर त्यसो भन्दा हामी डराउछौं.किन कि हामी लाई स्वतन्त्रता को खाँचो छ.दिन भरि तास र कैरेम मा समय बिताउन रमाइलो लाग्छ .घर अगाडी बाटो को खाल्डो मा १ कोदालो माटो हाल्न लाज हुन्छ.जांड खाएर बाटो मा सुत्दा स्वतन्त्र को महसुस हुन्छ....नेता भनेका हाम्रै समाज बाट छानिएका त व्यक्तिहरु हुन्.हामी जस्ता छौं,उनीहरु त्यस्तै छन्.यो कुन अचम्म भयो र?हाम्रो गलत सोचाई,संसार का सबै सम्पन्न देस हरु नेता कै प्रयास ले मात्रै त्यस्ता भएका हुन्.तर हामीलाई कहिल्यै थाहा भएन कि परिश्रम बिना कुनै देस अगाडी बढ्दैन वन्ने कुरा.जब हामी यी कुरा हरु बुझ्छौं नेता लाई दोस दिने अवस्था नै औदैना.
    त्यसैले परिश्रमी बनौँ;मेहनत ले परिवर्तन खोजौं;बोलि र गोलि ले हैन.सभ्य र लगनशील बनौँ.देश को लागि गर्ने काम सकियो भन्दा पनि अब के गर्न बाँकी छ भन्ने सोचौं.पक्कै परिवर्तन आउछ.नत्र उही हिटलर,जंग बहादुर,हिटलर.......

    ReplyDelete
  7. RRijal जी, दीपक जडित जी,उदय(मुस्कान)जी ,Dilip Acharya जी, Chaitanya जी, durlav जी लगायत सबै जना लाइ धेरै धन्यबाद !
    durlav जी लाइ मेरो ब्लगमा पहिलो पाइला राख्नु भएको मा स्वागत छ र यहाँले अझ आफ्नो परिचय खुलाउनु भएको भए राम्रो हुने थियो ! अनि यहाँ लाइ मैले राखेको विचार प्रति आफ्नो धारणा राख्नु भएकोमा आभार व्यक्त गर्दछु र तपाइँ ले हिट्लर र जंग बहादुरको कुरा भन्दा खेरि मलाइ भोल्टाएरको भनाइ याद आयो- 'म -सयौ मुसाहरुद्रारा भन्दा एउटा सिंहद्रारा शासित हुन् चाहन्छु !
    यो राष्ट्रमा अहिले भै रहेको जात्रले सबै सचेत नागरिकलाइ वाक्क बनाएको छ !

    ReplyDelete