नाम बिर्सदा

लगातार घडीको आलम बजिरह्यो … टिरिंग2 ssssssssss ….। म ब्युझे ४: १५ भै सकेको रहेछ । मेरो आखा केहि बिजाई रहेकोले - निन्द्रा नपुगेको भान भो ,हुसुले पुरै शहर नै छोपेर राखेको रहेछ । चिसो सिरेटोले सिरक फाल्ने वितिकै मुटुमा धक्का दियो ।  हतपत उठेर नुहाउन लागे , मलाई थाह छ – हिउदामा धाराको चिसो पानिमा नुहाउनु कतिको गाह्रो हुन्छ भनेर ! ( के गर्ने सिउ सिउ गर्दै भए’नि नुहाए ) 

निकै व्यस्त लाइफ छ …. कुनै प्रोफेसर को भन्दा कम होइन … बिहानै कम्पुटर सिक्न गयो त्यस पछी , टाइम पासको लागि क्याम्पस अनि रूममा आएर आफै खाना पकाएर खायो , त्यस पछी एक छिन भाते निन्द्रा लाग्नु पर्ने , अनि वेलुका उसु सिक्न ( लाठ्ठी + नाइन’चा बोकेर ) सरस्वती मावीको चौउरमा उफ्रिनु पर्ने । त्यति मात्र कहाँ हो र ! साझमा दमक चोकमा बुङ्गा ठिटाहरु मिलेर गफिनु पर्ने ( १/ २ घण्टा जति ) - कति ठिटीहरुलाई सास्ती दिएको ! काम नभएका ठिटाहरु न परिम । अनि यत्रो सेडुलमा सेट हुनु पर्ने - निकै गाह्रो त भै हाल्छ नि ! सायद - ‘कुकुरको काम पनि छैन र बस्दा पनि बस्दैन’ भने कै यहि होला !

यहि सेडुल अनुसार –म ! झिसमिसे मै कम्पुटर सिक्न लागे ….पुग्दा सटर खोलेकै रहेन'छ , कसैले सुनेनन - केहि बेर वोलाउदा  पनि । म सटरकै एक छेउमा उभिएर बसिरहे , त्यहि छेउको केहि चियापसलहरु भने खुलेका थिए !

त्यति खेर नै एक जना वैनी सरर साइकलमा त्यहि आइन र भनिन :-

“सटर खोलेको छैन “

“छैन “

“तपाई ट्युशन पढ्न हो” ,  मैले भने “ हैन “

“तपाइँ चाही ट्युशन ?”

“हैन” , अनि कता त ? मैले प्वाकै सोधी हाले !

“यहा दाइ हुनु हुन्छ , दाइलाई भेट्न “ अनि तपाइँ नि ?

“ म कम्पुटर कोर्ष सिक्न"

“ए” उनले भनिन !

त्यस पछी उनले आफ्नो नाम बताउदै मित्रता को हात म तिर बढाइन र मैले पनि आफ्नो नाम  “ उमेश” भनेर हात मिलाए ।  उनले चिया खाऊ भनेर जिद्री गरिन , नाइँ भन्ने सबालै आएन ! विहानको समय त्यसमा पनि त्यस्तो ठण्डीमा ! म अलिक लजालु स्वभावको भएकाले , हल्का लाज त लाग्यो तर पनि चिया खान बसे , नलाजाए जस्तो गरि । आखा जुधाएर गफ गर्ने जमर्को पनि नगरेको होइन । तर म पूर्ण रुपमा लजाई सकेको थिए - मलाई मेरो स्टेज नमिलेको , मेरो बसाइ नमिलेको जस्तो भो , उति खेरै चियाले जिब्रो पिल्सायो …केहि भन्न सकिन …मेरो मुहार रातो भो ! ( मलाइ किन कोहि कोहि संग भेट हुदा किन यस्तो हुन्छ - थाह छैन,  )

म - गफ गर्दा गर्दै एक छिन वोल्न छाडे भने - उनले मलाई गफ त्यति नगर्ने, लजाउने खाल्को मान्छे रहेछ भन्ने सोच्लिन भनेर , म वेला वेलामा वोलिरहने प्रयत्न गरिरहेको हुन्थे !

तर मैले पहिला नै उनको परिचय संगै मैले मेरो नाम उनलाई भनि सक्दा उनको नाम विर्सी सकेको थिए ……खै के .. ..के … दमक, …. वडा खै के भनेकी थिइन , थाहै भएन । खै के भो कुन्नि मेरो गुगल ले काम नै गरेन ! मेरो एउटा नराम्रो वानी छ जुन आज पनि दोहोरि-यो त्यो के भने म कुनै नौलो मान्छे संग परिचय गर्नु प-र्यो भने एक छिन गफ गर्दा गर्दै उसको परिचय विर्सिहाल्छु , यस्तो धेरै पटक धेरै संग धेरै ठाउमा भएको छ पनि !

त्यतिकै मा सटर खुलेको आवाज आयो …..चिया पिई सकिएछ हैन …सेलाई सकेछ ! दुवै उठेर गयौ …नाम विर्सेका कारण मैले उनलाई उनको नाममा विदाइको अन्तिम सम्बोधन पनि गर्न सकिन न त पुन : उनको नाम सोध्ने हिम्मत नै गरे …….!!!  

इलामको चियाबारी

घुम्न डुल्न भन्ने पछी कसलाई मन पर्दैन होला - जस्तो लाग्छ मलाइ | मेरो त मन नै फुरुंग हुन्छ , अझ सानामा म भोलि पिकनिक (बनभोज ) छ , या कतै नया ठाउमा कामले या अन्य कुरा कै लागि जानु छ है भने पछी - रात भर कोल्टे फेर्दै फुर्सद नहुने !  हैन निदाउन पनि कति गाह्रो हुने , कहिले बिहान हुन्छ र त्यो ठाउमा पुग्ने हो भन्ने उत्सुकताले गर्दा  - अनिदो ताल मै रात गुजारिन्थ्यो !  

 ilam2

यस्तो आतुरी हुन्थ्यो डुल्न घुम्न भने पछी ! धेरै त होइन केहि भए पनि  नेपाल र भारतको रमाइला ठाउहरु घुम्ने मौका पाएको छु - मैले  ! कतारको भने भ्रमण गर्न योग्य ठाउहरु सायदै सबै पुग्न भ्याए जस्तो लाग्छ ! 

डुल्ने सिलसिलामा - यसपटको नेपाल बसाइको क्रममा - कति आफु मात्र डुल्ने आफ्नो जस्तै परिवारमा हुनु हुने ममी ड्याडीहरुलाई पनि त घुम-घाम गर्न रहर लाग्दो हो अनि स-परिवार डुल्नु को मज्जा पनि अर्कै आउने भन्ठानेर - ७ नोभेम्बर २००९ मा , हामि पुरै फ्यामिली - इलामको रमाइलो चियाबारी हेर्न निस्कियौ ! (तर मेरो भने यो चौथो भ्रमण थियो इलाम को ) यहाका तस्विरहरु हेर्दा त - सिक्किमको रोहणी र मिरिकको झल्को आउने उस्तै मनमोहक र रमणीय अनि सितलता दिलाउने ,  मनमा अलौकिक भाव अनुभूत गराउने पर्यावरण ! आहा ! त्यहि बसिरौ जस्तो लाग्ने !

ilam1

यात्रामा ममी ड्याडी , दुइ दाजु भाउजु , भतिजीहरू प्रेरणा , प्रविका, परिना , अनि दुइ भाउजुहरुको ममी ड्याडी , सोल्टी चुडामणि , ठुली फुपु ,अनि बहिनि मिना , पुलामी ठुल्दाई र म थिए ! पहिला सानो पाथीभराको दर्शन गरि सके पछी हामि सुन्दर इलामको रमाइलो ठाउ ‘कन्याम’ पुगेका थियौ ! सानो पाथिभराको दर्शन गर्दा त सबै गलेर थाक्नु भएको थियो ,निकै उकालो अनि उतिनै गाह्रो त्यहाँको  त्यत्रो लामो सिढीहरु झर्नु पर्दा | (उफ )

कन्याममा   - सबै संगै वनभोज खादै गफ गरेर   बस्नुको आनन्द जति थियो त्यति नै ति प्राकृति अनुपम छटाले भरिपूर्ण लोभ लाग्दा दृश्यहरुले आनन्दित बनाइ राखेको थियो – हामीलाई  ! त्यहाको पिरती डाडा यानी लभ डाडा प्रमुख आकर्षणको केन्द्र रहेछ - तर विशेष त यो युवा जोडीको लागि निकै परिचित रहेको रहेछ !  ( मलाइ भने यो डाडा ले अलिक जिस्काए जस्तो लाग्यो - आफु त एक्लो त्यसमा पनि फ्यामिली संग गएको ………नत्र कहाँ नसम्झेको होर …. (धत् )…. हाहाहा ….. ) |

ilam -love dada

हामि जादा अर्को संयोगको कुरा के रहेको थियो भने त्यहि दिन देखि कन्याम महत्सोव शुरु भएको रहेछ - अझ रमाइलो भयो !

 ilamilam5

इलामको पुरै तस्विरहरु हेर्न को लागि यो तलको अन्तिम  तस्विरमा किलिक्क गर्नु होला या यो लिंक मा जान सक्नु हुन्छ इलामको चियाबारी  |

bed nath umesh3 IMG_1313

अब त विदा सकिएर – पुन : परदेशी भईयो कहिले आउलान फेरी त्यसरी डुल्ने दिन - म विर्सन सक्दिन ति थोरै खुसीका पलहरु !

भोजपुरको यात्रा

आज को पोस्टमा ताजा कुरा भन्दा पुरानो कुरा लाइ लिएर आएको छु  !   यसपालाको तिन महिने विदा काट्न नेपाल गएको बेला पुर्वी नेपाल को सुन्दर ठाउँ भोजपुर डुल्न गएको थिए ! हो त्यहि यात्रा को थोरै कुरा सहित केहि सुन्दर फोटोहरु सजाउदै छु आज को पोस्टमा !
१४ आश्विन –२०६६ ( सन् 30 sept 2009) का दिन ओम र मेरो सल्ला अनुसार - हामि दुवै ले आ-आफ्नो ममी  लाइ (ममीको माइत - यानी हाम्रो मामा घर ) घुमाउन संगै हिडेका थिम !  हामि दुबै हिड्न घुम्न भने पछी हरुकै - त्यसमा पनि ओम लाइ फोटो खिच्न कसले भेट्ने ! धरान , धनकुट्टा ,भेडेटार , हिले को रमणीय दृश्य अवलोकन गदै - ठाउ ठाउ मा फोटो खिच्दै र रमाउदै , गफिदै अघि बढीम - हामी | यस पोस्टमा ओमका फोटोहरु धेरै पोस्ट भएका छन् - फोटोग्राफर ओम लाइ - फोटा का लागि धन्यबाद !
ओम र ओम को ममी अनि म र मेरो ममी - लेगुवाघाट बाट छुटिम, जानु पर्ने एउटै ठाउ - भोजपुर नै भए पनि - किन भने उनीहरुलाई सिधै अरुण को तिरै तिर जानु सजिलो थियो भने हामीलाई - अरुण पारि जरायो टार हुदै  पुग्नु सजिलो अनि पारि बाट पनि ट्याक्सीहरु जाने गर्छ भन्ने सुनेर हामि आमा छोरा बिहान को ४: ४५ बजे (लेगुवा बाट ) नै लेगुवाघाट को झोलुङ्गे पुल ( नेपाल को सबै भन्दा लामो झोलुङ्गे पुल ) बाट पार भाइम !
खुसीको कुरा त्यस्तो विकट ठाउमा पनि ग्राभेल सडक थिए ! सोचे कति कठिन भो होला , कति मिहनेत लाग्यो होला ! सडक बनाउन ! तै पनि - मोटर मा गुड्न पाइने भो | अपशोस ! दशैँको समय र त्यहा भएको काण्ड ( केहि दिन आघि मात्र प्याउली मा - एउटा बसमा केहि मानिसहरुले आगो लगाउने प्रयास गरेका थिए रे ! ) ले गर्दै फाटफुट केहि ट्याक्सीहरु मात्र चलेका रहेछन ! त्यसैले हामीले गाडी पाएनौ , तै पनि बिहान को ९ बजे सम्म जरायोटार भन्ने ठाउमा गाडी चढ्न पाउने आश ले निकै बेर बस कुरेर बसिम ! अब ! ११ नम्बार को दुइ खुट्टे आफ्नै गाडी ( आफै) नचलाई सुखै मिलेन !
मैले पहाड डुल्न/ हेर्न जति रमाइलो र खुसि लाग्छ भन्ने मन मा सोचेको थिए त्यो भन्दा हदै कष्ट भोगे झैँ लाग्यो - उकालो कहिलै नसकिने , हैन कति वटा डाडाहरु (पहाड ) पारगर्नु पर्छ | अनि जंगल को बाटो कति भयानक १/२ घण्टा सम्म हिड्दा पनि एउटै गाउ नआउने, एउटै घर देखा नपर्ने ! बेला बेलामा बाटामा हिड्ने (यानी प्याउलि जाने - हामि जाने तिर नै ) बटुवाहरु नभेटिने होइन तर के गर्ने उनीहरु संग हामि काहा हिड्न सकिदो रहेछ ! मलाइ त हरेक ३० / ४० मिनेट हिडे पछी बस्नु पर्ने , त्यो नाकै छुने उकालोमा ! दिउसो को घामले उस्तै पोल्या’छ (गल्फ मा जस्तो चाही होइन है ) राता माटो सट, पेन्ट भरि लागेर…….. - जेहोस हेर्न लाइक को भएको थिए !
धेरै हिड्नु पर्छ भने म त जान्न है ! ‘हैन अहिले त मोटर उही सम्म पुग्छ ‘, त्यस्तै बढीमा १ / २ घण्टा जति पर्छ ! “ यहि सुनेकाले म - भोजपुर यात्रा मा हानिएको थिए ! रमेश दाइ , प्रकाश दाइ अनि राम भान्जा पनि त्यसै भन्दै थिए म त एकै दिनमा मोटर मै उही पुगेको ! तर साध्ये छैन मैले कति हिड्नु पर्यो कति …विहान बेलुका (आलातुल) ! यो मेरो छुट्टै अनुभव भो नेपाल बसाइ को ! कता कता सोचेको थिए अब त झुकिएर नि जान्न ! तर अहिले लाग्छ - हैन पुन : जाने छु बेसरी डुल्ने गरि ! फेरी अब ३/४ बर्ष पछी जादा त मोटर गाडी मामा घरैमा पुग्ला नि !
म एउटा लाठे , छोरो त गलेर हैरान थिए !  बुढी भै सक्नु भएको ममी लाइ कस्तो सास्ती होला भनेर बाटा मा म वेला वेला सोध्ने गर्थे - ममी गल्नु भएन ! कसरि पुग्ने ? ममी को साहसिलो बोलि आउथ्यो ‘आ ! भरै साझ सम्म त पुगी हालिन्छ नि ! नभए बास बस्दै जाउला नि !”
बाटा मा भेटिएका साथीहरु संग गफ गर्दै हिड्दा उनीहरु ठाउँ ठाउमा खाजा खाने भन्दै ',’डबुका भरि छ्यांग, (जाड) नखाई अब सकिन्न भन्दै सानो सानो होटल ( आफ्नै घरमै –खाना/ खाजा खाने व्यवस्था भएको ठाउ) मा थाकाइ मार्ने गर्द'थे !  आफु भने अल्टर परियो - चिकन सिकन , मटन , फुल फराई पनि नचल्ने अनि खाना पकाएर खाउन जेल - साथीहरुले पर्खिएर नबस्ने ! मिनिरल वाटर खादै हिडियो , त्यो पनि खोल्सा (जाहा ढुंगाको च्याप - जाहा बाट पानि आएको हुन्छ ) बाट भरेर !
धन्न एक ठाउँ (त्यो ठाउको नाम मलाइ अहिले याद भएन ) बाट एउटा ट्याक्सी भेटीम तर निकै हाउस फुल भएको तर निकै अनुरोध गरे पछी – मोटरा’मा सरर १ घण्टा पछी हामि प्याउली भन्ने ठाउ सम्म पुगिम अनि त्यहा बाट त फेरी ११ नम्बर …..  सिस्नेरी , Yanpang हुदै खानि गाउ - मेरो मामा घर ! नभन्दै साझ मा त पुगी हालिम नि !
हुन् त यो मेरो भोजपुरको बसाइ पहिलो भने होइन ! म सायद २०५१/२०५२ (१४/ १५ बर्ष पहिले)  तिर करिब एक महिना जति हिडेको थिए , डुलेको थिए ! तर त्यति वेला डुल्ने आदत थिएन - कामको सिलसिलामा बुबा (ड्याड) संग गएको थिए ! तर अहिले निकै फरक थियो , सबै तिर बाटाहरु बनाउने काम हुदै थियो ! विजुली पनि ठाउ ठाउमा पुगी सकेका थिए ! कतै कतै सोलार राखिएका घरहरु देखिन्थे ! निकै आत्मीय भाव भएका छर छिमेक र आफन्तहरु पाए ! तर  युबापिढीहरुमा केहि शहरिया बातावरणको प्रभाव देखिन्थ्यो (विशेष त लगाई खुवाई मा ) अनि  जाड रक्सि , गाजा अनि लंगुर बुर्जा (धाइस को ) लत देखे !
भोजपुर एक प्राकृतिक सुन्दरताले भरिपूर्ण , सितल अनि रमणीय ठाउ रहेको छ ! खुब मखै बनाउने दृश्यहरु हेर्न पाइने ! निकै राम्रो ठाउ लाग्यो ! तर एउटै गाह्रो कुरा - तर जता गए नि , हिड्नै पर्ने ! तर भोजपुर सदरमुकाम सम्म चाही गाडीमै जान सकिन्छ ! १५ /१५ दिन (कृष्ण पक्ष र शुक्ल पक्षमा लाग्ने  ) को विच मा लाग्ने  चम्पे बजार भर्नुको मज्जै अर्कै !
हावापानीको हेरफेर ले गर्दा - हल्का बिसन्चो भएकोले अलिक सोचे जति डुल्न सकिन ! बल बल मामा घर गएको त्यो पनि - सुतेर ढल्नु पर्दा भने अलिक नमज्जा लाग्यो !
फर्कदा हामि खानि गाउबाट सिधै पारि संखवासभा हुदै फर्किएका थियौ ! सातटारे आएर त्यहा पनि निकै अबेर सम्म मोटर कुरेर बस्यौ तर सिट फेला पार्न सकेनौ ! जतिनै गरे पनि पार चलेन ! म त जादै तर्सिएको थिए - त्यहाको उकालो ओरालोसंग बरु जतिनै भाडा (फिस ) तिर्नु परे पनि परोस तर कुरेरै जाने भनेर मैले ममी लाइ फकाए तर त्यहाँको अनौठो चलन ले - हिस्स पा-यो ! कुनै पनि गाडीले विचको प्यासेन्जर लाइ गाडीमा नचढाउदो रहेछ किन भने ! लेगुवाघाट - भोजपुर भने झैँ सबाय - लेगुवाघाट को डाइरेक्ट प्यासेन्जर ले पुरै गाडी भरिएको हुदो रहेछ अनि - विचकालाइ त चान्स नै भएन ( सायद - दशैँको टाइम भएर पनि होला ) !
म हारेर बसेको थिए - पछी एउटा ट्याक्टर आयो !  बरु त्यसै मा ममी लाइ राखे अनि म पनि चढे त्यसैमा –यहा बर्णन नगरु होला - ट्याक्टर चढ्दा कस्तो हुन्छ भनेर , त्यसमा पनि पहाडको ग्राभेल सडक मा ! उफ ! धुलो , त्यसको उफ्राइ ! ( नासम्झौ होला ) …. “कालो कालो रेल को धुवाले , म त कालो हजुर , छाता ओढ्दै नओढ्नाले .......”

Bed Nathको B'ज्ञान




हेरऔ न त Bed Nathको ‘विचार विज्ञान’ यानी B'ज्ञान, हल्कागफको थोरै ध्यान - यस्तै छ मेरो ज्ञान !!
अंग्रेजी सब्द को सेकेण्ड (दोस्रो) शब्द B बाट शुरू भएको Bednath (म) र सेकेण्डपटक लेख्न बसेको (खप्तड बाबा पछि ) 'विचार विज्ञान' ! B सेकेन्ड शब्द हो , यसलाई पनि आफ्नै विचार प्रयोग गरेर बुझ्ने हो भने – सेकेन्ड यानी दोश्रो भने पनि हुन्छ या सेकेन्ड यानी उल्लु भएर ग्वाजे तालले हेरेर बस्ने हुस्सु (सेकेन्ड) ! त्यो तपाई आफै ठम्याउनुस – आफ्नै विचार प्रयोग गरेर !

बेदनाथ ब्लग Headline

 
Related Posts with Thumbnails
बेदनाथ ब्लग Copyright © 2009 Blogger Template Designed by Bed Nath Pulami Blogger Template