Nepal Tourism Year 2011


Nepal Tourism Year 2011
देशमा अहिले Nepal Tourism Year 2011 लागी सकेको अवस्था छ भन्दा नी हुन्छ, अब केहि दिनमात्र बाकी रहेको छ  !  तर देशमा भने अझै राजनैतिक अस्थिरता र अन्योलको स्थिति ले गाज्न भने छाडेको छैन ! त्यसैले धेरै ले “Nepal Tourism Year 2011” सफल हुने कुरामा शंकै गरि’रा छन् ! शंका शंकै मै रहोस त्यो सत्य नरहोस ! किन भने यो “Nepal Tourism Year 2011”  नेपाल र नेपालीहरुलाइ विश्वमा चिनाउने राम्रो अवसर हो ! त्यसैले यो पर्यटन वर्षलाइ सफल बनाउन हरेक नेपाली जनताको सकारात्मक पहल हुनु जरुरि रहेको छ ! हरेक देष, दण्ड ,राजनैतिक प्रयोजनका घटनाहरुलाई त्यागेर देशमा आर्थिक समृद्री, शान्ति र विकाशको लागी पर्यटन वर्ष २०११ लाइ सफल बनाउनु आबश्यक रहेको छ ! हाम्रो जीवनशैली र देशको कला सस्कृति, प्राकृतिक सम्पदाहरुलाई टेलीभिज र नेटमा मात्र होइन, त्यसलाई  प्रत्यक्ष्य देखाउने र अनुभव गराउने मौका पनि हो ,यो ! जसबाट Tourist हरुले हरेक किसिमले नेपाल र नेपालीको सामिप्यमा रहेको आभास पाउने छन् !

भनिन्छ छ नी संकट र आबश्यक परेको बेला सर सहयोग गर्ने नै असल मानव हो ! यो “Nepal Tourism Year 2011” सफल बनाउनेको लागी हरेक राजनैतिक दल, समुह, संघ सस्था, क्षेत्र र निकायहरुले सहमति जनाएका छन् ! अब हेरौ न त यो पर्यटन वर्ष 2011 मा देशमा बन्द, हड्ताल, तोडफोड कतिको त्याग्न सक्दा रहेछन ! अनि हामीले पनि थाहा पाउन सक्छौ को कतिको राष्ट्र भक्त र राष्ट्र समृद्री भएको हेर्न चाहाने रहेछ भनेर !  नेताहरु मात्र होइन, सर्वसाधारण देखि नागरिक समाज सबैले आफ्नो तर्फ बाट यसलाई सफल बनाउनु पर्ने जिम्मेबारी उतिकै रहेको छ किनकी यो समयमा हामीले विश्व लाइ जे जस्तो behave देखाउछौ उनीहरुले हामी लाइ त्यसरी नै चिन्ने छन् !
तपाइ हाम्रो सानो प्रयासले देश विकाशमा ठुलो टेवा पुर्याउन  सकिन्छ अनि राष्ट्रको इज्जत जोगाउन सकिन्छ भने म मेरा ब्लग, फेसबुक, यानी नेट मित्रहरुलाई के भन्न चाहान्छु भने, ‘यो “Nepal Tourism Year 2011” सफल पार्न आफ्नो ठाउमा (नेपालमा) सकारात्मक पहल गरौ र ब्लग, फेसबुक, मेसेन्जर सबै तिर प्रचार प्रसार  गरौ !’ धन्यबाद !
NEPAL is One of the best country for adventure destination in the world.Once is not Enough. 
See the video :
“Nepal Tourism Year 2011” for the more information you can visit :-
http://welcomenepal.com/
http://nepaltourismyear2011.com/
http://www.adventuresinnepal.com/ etc.
अन्तमा “Nepal Tourism Year 2011” सम्बन्धित एउटा गजबको फोटो पनि बाड्दै छु (धेरै मित्रहरुले फेसबुक तिर देखि सक्नु भएको हुन् सक्छ ) जुन मलाइ धेरै अघि फेसबुकमा ट्याग गरिएको थियो !  अनि यो फोटो हेर्दा म सधै दमक बाट ‘पाथिभरा' ट्राभसको बसको हुटमा चढेर घर गएको याद आउछ !Smile
Nepal Tourism Year 2011 2
फोटो श्रोत :( नेपाल भ्रमण बर्ष –२०११ )
Welcome to Nepal !!

8 comments:

  1. उमेश जी तपाई को प्रयास साह्रै राम्रो लाग्यो | यदि सबै ले हजुरकै जस्तो विचार राख्ने हो भने पर्यटन बर्ष सफल हुने कुरा मा द्विमत नै रहदैन नि हैन र ?

    ReplyDelete
  2. बेद जी को कुरामा सतप्रतिशत सहमति जनाउछु म पनि । देशको अर्थतन्त्रमा प्रतक्ष्य सरोकार राख्ने पर्यटन बर्षलाई सफल बनाउन हामीले आ-आफ्नो ठउँबाट सक्दो सहयोग गरौ । अरु बेला जे जस्तो भएपनि यो समयमा देशमा शान्ति छाई सहज वाताबरण बनोस पर्यटकको लागि । मेरो पनि कामना !

    ReplyDelete
  3. तपाईंको प्रस्ताबमा मेरो समर्थन छ | पाथिभराको बस जस्तो जहाज निकै रमाइलो लाग्यो |

    ReplyDelete
  4. really good blog i love this nepali blog

    ReplyDelete
  5. hi this bednath blog really good i make a new nepal tourism realated blog

    pls review my this below blog

    http://itsnepal.blogspot.com

    ReplyDelete
  6. Nepal Tourism Year 2011 im saptg

    ReplyDelete
  7. Lets make tourism year 2011 with a huge success.

    ReplyDelete