Give Blood and Save Life!


गन्तव्य विहिन भएर हिडेको यो जिन्दगीसँग न त समस्या छ न समाधान नै अनि उस्तरी नै न जिज्ञासा छ न त उतर नै ! छ त स्रिफ गन्तव्य विहिन यात्रा ! पेन्डुलम घडीको घण्टा जस्तो अस्थिर भै ... ओल्लो छेउ र पल्लो छेउ हुदै हल्ली रहने ! के पाउदा खुसि होइन्छ र के पाउदा दु:खी ...?? (सोच्नै पर्छ :) ) यो जिन्दगीको आफ्नै रफ्तार छ ... कुनै पनि ट्रेनको लिक समाएर नसक्ने हिड्न ! यो यात्रा खै कहाँ सम्मको हो कुन्नि ? आफुलाई आफ्नै किसिमको हतारो छ ... खै कुन्नि कुन काम सक्नु छ ...अनि के पाउनु छ थाहा छैन तर नि हतारो छ ... चौपटैको ! मान्छेहरुले फेसबुकका स्टाटस र फोटा अपलोड गरे जतिकै हतार र व्यस्त छु ...  कहि पनि रोकियौ जस्तो त लागेको छैन ! ... खै जिन्दगीका किनारै किनार हिड्दै जादा कति झोक्का हावाहरुले हिर्काएर गए पत्तै छैन न त झरिहरुले रुझाएर गएको नै पत्तो छ ! यसरी जिन्दगीका किनारहरुको धार समाएर हिडेको थुप्रै भै सके ... कहिले काही छालहरू आएर पैताला भरि झस्काउछन ... बस तव मात्र थाहा हुन्छ ... म गन्तव्य विहिन यात्राको यात्री हुँ भनेर !


मान्छेका सोचहरुले ... सस्कारको जन्म गराउछ या सस्कारहरुले गर्दा मान्छेको दिमागमा नयाँ नयाँ सोचको जन्म हुन्छ ... त्यो मेरो बहसको कुरा भएन ! भलै सोच र सस्कार एक अर्काका पुरक कुरा नै किन नहोस ! म संग पनि केहि आफ्नै र केहि फलो गर्दै आएका सोचहरु र सस्कारहरु छन् ... यो जिन्दगी टुइटर नभए पनि केहि कुरा फलो र फलो ब्याक भने भएकै छन् ! म गन्तव्य विहिन यात्राको यात्री हुँ भनेर थाहा छ तर नि ... मलाइ रहर छैन मेरो यात्राको अन्त्य होस् भन्ने ... या कुनै विन्दुमा गएर टुंगियोस ! आज म एउटा सस्कार र त्यहि सस्कारले उब्जाएको एउटा सोचको कुरा लिएर आएको छु .... यो पोस्ट संगै तपाईहरु संग उत्सव मनाउन ! मेरो जन्म दिनको उत्सव ! हुन त मेरो जिन्दगीले दुइ दशक पार गरेर यहाँ सम्म आइपुग्दा कसैले त्यस्तो उत्सव नै मान्नु पर्ने गरिको कुनै उपलब्धि त गरेको छैन नै ... अरुको त के कुरा म जन्मेकोमा उल्लास मनाउने उमंग मैले मेरा बा आमा लाइ मात्र होइन म आफुमा पनि थप्न सकेको छुइन तर नि हरेक मेरा जन्म उत्सवहरुमा कहिले केक त कहिले आफ्नै जेब भने पक्कै काटेको छु ! तर गएको जन्म उत्सव ( सन् २०१२ – विस ०६९) देखि भने मैले केक काट्ने रहर मिल्काई सकेको छु ! त्यो सोच र भावना म मा “Youth for Blood” को Concept ले दिलायो ! मलाइ लाग्छ ‘राम्रो काम गर्न नसके नि राम्रो काम र राम्रो काम गर्नेहरु लाई सपोर्ट गर्न कसो नसकिएला नि’ भन्ठानेर यो सोच र यो सस्कार लाइ फलो गर्दै छु ! भोलि Youth for Blood रहे पनि या नरहे पनि  (रहने त पक्कै नै छ ) र म जुन सुकै ठाउमा रहे पनि म मा एउटा जीवन प्रतिको यो सकारात्मक जग सधैका लागि रही रहोस भनेर यस पालि पनि रेड क्रस भवन मै गएर ब्लड र युथ फर ब्लड लाइ केहि सानो रकमको रिचार्ज कार्ड (सेलफोन को ) डोनेसन गरेर मनाएको छु !
यति सानो काममा पनि यति धेरै आनन्द र आत्मसन्तुष्टी मिल्दो रहेछ ... यहाँ मान्छे जीवनमा थोरै खुसीका लागी कति मरी हत्ते गर्छन ... त्यो त तपाइँ लाइ राम्ररी नै थाहा छ ! हो म पनि मेरो जीवनको यस्तै थोरै थोरै र साना खुसीहरु लाइ संगाल्न आतुर छु ! मैले मेरो यो जन्म उत्सवमा गरेको काम धेरै ठुलो होइन ... सामान्य नै हो ! यसलाई यति धेरै बढाई चढाई कुरा बढाउनु पर्ने आबश्यकता छदै छैन तर ‘जीवनमा जसरी ठुला काम र ठुला उपलब्धीले मात्र खुसि भरिने होइन’ भने झैँ विकाश र परिवर्तन भन्ने कुरा पनि ठुला भाषण र कामले मात्र नहुदो रहेछ .... त्यो परिवर्तन र विकाश सानै प्रयास र सानै कामले नि हुन् सक्छ ! तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव, पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ... त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !
If you want to help and support to ‘Youth For Blood’ – . Please join your hand with, “Youth for Blood”.  You don’t have to have a medical degree to save a life but just a fair degree of humanity – Donate Blood and save Life.
मेरो जन्म दिनमा म संगै ब्लड डोनेसन गरेर तथा आएर साथ दिनु हुने :- Youth For Blood का मित्र नविन खेबांङ्ग, Damak Red Cross Blood Bank का in-charge सिद्धथ दाहाल सर , नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष सिताराम खतिवडा सर र मेरा साथीहरु तथा बहिनीहरुमा हृदय देखि नै कृतज्ञता टक्र्याउन चाहन्छु !

उक्त समयमा लिइएका केहि फोटाहरु यहाँ पोस्ट गरेको छु : -
नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष : सिताराम खतिवडा (वायाँ ), Damak Red Cross Blood Bank का in-charge सिद्धथ दाहाल (दाँया) र विचमा म ( Blood Donation गर्दै ) 
 Bhuwan Khatiwada - Damak - 11
Om Bogati - Kohabara VDC , Word No. 4
Rabindra Adhikari - Kohabara VDC, Word no. 3
Yam Shrestha - Kohabara VDC - 4
Smriti Humagai - Dharampur VDC, Parabari
Mamta Chemjong - Dharampur VDC
Thanks to all of them.

Happy Birth Day to Me :) & Happy Blogging  !!!

No comments:

Post a Comment