गन्तव्य विहिन भएर हिडेको यो जिन्दगीसँग न त समस्या
छ न समाधान नै अनि उस्तरी नै न जिज्ञासा छ न त उतर नै ! छ त स्रिफ गन्तव्य विहिन
यात्रा ! पेन्डुलम घडीको घण्टा जस्तो अस्थिर भै ... ओल्लो छेउ र पल्लो छेउ हुदै
हल्ली रहने ! के पाउदा खुसि होइन्छ र के पाउदा दु:खी ...?? (सोच्नै पर्छ :) ) यो जिन्दगीको आफ्नै
रफ्तार छ ... कुनै पनि ट्रेनको लिक समाएर नसक्ने हिड्न ! यो यात्रा खै कहाँ सम्मको
हो कुन्नि ? आफुलाई आफ्नै किसिमको हतारो छ ... खै कुन्नि कुन काम सक्नु छ ...अनि
के पाउनु छ थाहा छैन तर नि हतारो छ ... चौपटैको ! मान्छेहरुले फेसबुकका स्टाटस र फोटा अपलोड गरे जतिकै हतार र व्यस्त छु
... कहि पनि रोकियौ जस्तो त लागेको छैन ! ...
खै जिन्दगीका किनारै किनार हिड्दै जादा कति झोक्का हावाहरुले हिर्काएर गए पत्तै
छैन न त झरिहरुले रुझाएर गएको नै पत्तो छ ! यसरी जिन्दगीका किनारहरुको
धार समाएर हिडेको थुप्रै भै सके ... कहिले काही छालहरू आएर पैताला भरि झस्काउछन
... बस तव मात्र थाहा हुन्छ ... म गन्तव्य विहिन यात्राको यात्री हुँ भनेर !
मान्छेका सोचहरुले ... सस्कारको जन्म गराउछ या सस्कारहरुले
गर्दा मान्छेको दिमागमा नयाँ नयाँ सोचको जन्म हुन्छ ... त्यो मेरो बहसको कुरा भएन
! भलै सोच र सस्कार एक अर्काका पुरक कुरा नै किन नहोस ! म संग पनि केहि आफ्नै र
केहि फलो गर्दै आएका सोचहरु र सस्कारहरु छन् ... यो जिन्दगी टुइटर नभए पनि केहि
कुरा फलो र फलो ब्याक भने भएकै छन् ! म गन्तव्य विहिन यात्राको यात्री
हुँ भनेर थाहा छ तर नि ... मलाइ रहर छैन मेरो यात्राको अन्त्य होस् भन्ने ... या
कुनै विन्दुमा गएर टुंगियोस ! आज म एउटा सस्कार र त्यहि सस्कारले उब्जाएको एउटा
सोचको कुरा लिएर आएको छु .... यो पोस्ट संगै तपाईहरु संग उत्सव मनाउन ! मेरो जन्म दिनको उत्सव ! हुन त मेरो जिन्दगीले दुइ दशक पार गरेर यहाँ सम्म आइपुग्दा कसैले त्यस्तो उत्सव नै मान्नु पर्ने गरिको कुनै उपलब्धि त गरेको
छैन नै ... अरुको त के कुरा म जन्मेकोमा उल्लास मनाउने उमंग मैले मेरा बा आमा लाइ
मात्र होइन म आफुमा पनि थप्न सकेको छुइन तर नि हरेक मेरा जन्म उत्सवहरुमा कहिले
केक त कहिले आफ्नै जेब भने पक्कै काटेको छु ! तर गएको जन्म उत्सव ( सन् २०१२ – विस
०६९) देखि भने मैले केक काट्ने रहर मिल्काई सकेको छु ! त्यो सोच र भावना म मा “Youth for Blood” को Concept ले दिलायो
! मलाइ लाग्छ ‘राम्रो काम गर्न नसके नि राम्रो काम र राम्रो काम गर्नेहरु लाई
सपोर्ट गर्न कसो नसकिएला नि’ भन्ठानेर यो सोच र यो सस्कार लाइ फलो गर्दै छु !
भोलि Youth
for Blood रहे पनि या नरहे पनि (रहने त पक्कै नै छ ) र म जुन सुकै ठाउमा रहे पनि म मा एउटा जीवन प्रतिको यो सकारात्मक
जग सधैका लागि रही रहोस भनेर यस पालि पनि रेड क्रस भवन मै गएर ब्लड र युथ फर ब्लड
लाइ केहि सानो रकमको रिचार्ज कार्ड (सेलफोन को ) डोनेसन गरेर मनाएको छु !
यति सानो काममा पनि यति धेरै आनन्द
र आत्मसन्तुष्टी मिल्दो रहेछ ... यहाँ मान्छे जीवनमा थोरै खुसीका लागी कति मरी
हत्ते गर्छन ... त्यो त तपाइँ लाइ राम्ररी नै थाहा छ ! हो म पनि मेरो जीवनको यस्तै
थोरै थोरै र साना खुसीहरु लाइ संगाल्न आतुर छु ! मैले मेरो यो जन्म उत्सवमा गरेको
काम धेरै ठुलो होइन ... सामान्य नै हो ! यसलाई यति धेरै बढाई चढाई कुरा बढाउनु
पर्ने आबश्यकता छदै छैन तर ‘जीवनमा जसरी ठुला काम र ठुला उपलब्धीले मात्र खुसि
भरिने होइन’ भने झैँ विकाश र परिवर्तन भन्ने कुरा पनि ठुला भाषण र कामले मात्र
नहुदो रहेछ .... त्यो परिवर्तन र विकाश सानै प्रयास र सानै कामले नि हुन् सक्छ !
तपाइँ लाइ मेरो जन्म उत्सव मनाउने तरिका र सोच कस्तो लाग्यो कुन्नि ? तपाइँ तपाइको
जन्म उत्सव जसरी जहाँ पनि मनाउन सक्नु हुन्छ त्यसमा मेरो कुनै आपति र खेद छैन त्यो
तपाइको व्यक्तिगत स्वतन्त्रता हो तर नि म यो पोस्ट संगै के भन्न चाहन्छु भने, ‘तपाइँ
हामी जस्ता युवा र सभ्य तथा विकसित समाजको परिकल्पना गर्नेहरुले कुनै पनि उत्सव,
पर्व र रिवाजहरु लाइ केहि सृजनात्मक तरिकाले मनाउने पो हो कि ?’ देश, समाजमा
विकाश र प्रगति भएन भनेर हामी हाम्रो समाज, सरकार र नेता लाइ मात्र गालि नगरौ ...
त्यसको भागी तपाइँ हामी जस्ता सर्व साधारण नागरिकहरु पनि छौ – त्यसैले देश, समाजमा
परिवर्तन ल्याउन सानै भए पनि तपाइँ हाम्रो पहल हुनु नितान्त जरुरि छ !
If you want to help and support to ‘Youth For
Blood’ – . Please join your hand with, “Youth for Blood”. You don’t have to have a medical degree to save a life
but just a fair degree of humanity – Donate Blood and save Life.
मेरो जन्म दिनमा म संगै ब्लड डोनेसन गरेर तथा आएर साथ दिनु हुने :- Youth For Blood का मित्र नविन खेबांङ्ग, Damak Red Cross Blood Bank का in-charge सिद्धथ दाहाल सर , नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष सिताराम खतिवडा सर र मेरा साथीहरु तथा बहिनीहरुमा हृदय देखि नै कृतज्ञता टक्र्याउन चाहन्छु !
उक्त समयमा लिइएका केहि फोटाहरु यहाँ पोस्ट गरेको छु : -
|
नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष : सिताराम खतिवडा (वायाँ ), Damak Red Cross Blood Bank का in-charge सिद्धथ दाहाल (दाँया) र विचमा म ( Blood Donation गर्दै ) |
|
Bhuwan Khatiwada - Damak - 11 |
|
Om Bogati - Kohabara VDC , Word No. 4 |
|
Rabindra Adhikari - Kohabara VDC, Word no. 3 |
|
Yam Shrestha - Kohabara VDC - 4 |
|
Smriti Humagai - Dharampur VDC, Parabari |
|
Mamta Chemjong - Dharampur VDC |
Thanks to all of them.
Happy Birth Day
to Me :) & Happy Blogging !!!
No comments:
Post a Comment