केहि गफ गाफको कुरा


माघको जाडो ...त्यसमा सिमसिमे पानि परिरा'छ ..एकोहोरो तालमा..., खना खाएका जुठा भाडा बर्तन त्यतिकै ... लडीरा' मलाई नै हेर्दै ! आम हड्ताल भएका ले - आज बस गाडीहरुको हर्नले हैरान पार-या छैन - शान्त छ देश ( हामीले खोजेको जस्तै ) ! कलेज लागेन - पढाई बन्द ! पार्ट टाइम जब छैन अनि वेरोजगारी र फुर्सदिलो भएर गफियो ...हेर जागरूप युवाले समयको सदुपयोग गरेको ! मान्छेहरुले अफिस धाउनु परेन , अनि रमिते हुन् सडकमा निस्किए ... कति खेर , काहा , के हुने हो भनेर ? अनि भन्छन आज कति मज्जाको दिन भो !

महिनामा करीब  ७ / १० दिन आइ लाग्ने विशेष दिनहरु (हर्ताल) को सदुपयोग गर्न (गर्या' गर्यै हो ) ! घनिन्द्र श्रेष्ठ , शान्तिराम निरौला , संजय ढकाल , टिका राम श्रेष्ठ , विनोद भट्टराई र म भएर मस्त गफ गरियो ! गर्न सक्ने र हुने नै त्यहि मात्र थियो ! खुब आदर्श , भावनात्मक यथार्थताको कुराहरु  पिटर बसिम !

" वास्तबमा हामि नेपालमा काम नभएर र हामि सिर्जनशील नभएर नै यसरि फोकट्या समय विताउन उद्त रहन्छौ ! " ...

हामि छत बाट ...घरि सडकको गल्लि त, घरि नजिकैको चिया पसलमा भेला भएका मानिसहरु लाइ हेरिरा'थिम ! "उ हेर त ! मान्छेहरु कसरि बेकम्मा भएर गफ दिन भ्या'छन !" -विनोद ले के भन्न भ्याएका थिए शान्ति राम वोले :- "आफ्नो रोजगारीको लागि सानो सिर्जना पनि छैन अनि काम नभए पछी के गर्ने , जागिर पाइदैन ! "

" वाह ! हेर त्यहा हिड्दै गरेका छप्किहरु ... क्या छ यार ! " - संजयले जिब्रो पड्काउदै भने (हामीलाई उतै हेर्ने संकेत गर्दै ) ... घनिन्द्र झन के कम .. "हाइ , हेल्लो ! सोल्टिनी !" ( हाहाहा ...... हाहाहा ) केटाहरु कति छिटै रसिलो भए ... उर्छिंकल बुङ्गा न परिम ! 

( एक छिन चुप चाप के के हेर्दै बसिम ) नेताहरु कराउदै थिए एउटा सानो भेला गरेर दमक चोकमा र प्रहरीहरु डण्डा लिएर घुम्दै थिए - झडप होला जस्तो ! 

"आजकल देशको स्थिति र यो नेताहरुले बाड्ने आश्वासन र ब्यबहार देख्दा मलाइ त यस्तो भान भै सक्यो कि ! नेता भन्ने वितिकै सबै माहा च्युत्या हुन्छन " - मेरो मुख बाट  प्वाक निकिहल्यो -यो कुरा ! यसरि  नै हामीले दिन भर जसो राजनैतिक, प्राविधिक, सामाजिक, नैतिक आदर्शक आदि विविध प्रसंगका कुराहरु गरेर बस्यौ ! वेला-वेलामा हामिले आफ्नो जीवनमा भएका घटनाहरु एक अर्का विच पालै पालो सुनाउने पनि गरियो  .. (फुर्सदिलो व्यक्तिको व्यस्त कुरा ) ! अनि निकै वेर सोच्यौ - मानिसहको पेट नभए कस्तो हुन्थ्यो भनेर ? यो सब यहि पापी पेट ले गर्दा –यत्रा जात्राहरु भैरा’छ !


...... सबैको कुरा सुनेर मलाइ यस्तो लाग्यो कि हामि बेकार नाना भातिका कुरा गर्छौ र मान्छौ ! काम (Job) आफै उत्पति हुने या कुकुरले बच्चा जन्माए जस्तो (एकै पटक ६/७ ओटा ) जन्मिने भए पो सबैलाई काम (रोजगार) मिल्छ !  त्यो त आफैले सृजना गर्नु पर्छ ! हामीले एउटा मात्र कार्यको थालनी गर्ने हो भने अरु उप-कार्यहरु त्यसै उत्पन्न हुन्छ ! त्यसैले सृजना (परिश्रम ) गर्ने गरौ , काम भनेको जस्तो सुकै सानो भए पनि गर्नु पर्छ तर ठुलो र सुविधा जनकको काम पाइने आश भने त्याग्नु हुन्न ! यसरि नै .... खुलेर नै समलिंगी , सेक्स, आदि इत्यादिका सब कुराहरु गरेर बसिम .... (गफ त हो सजिलो हुन्छ अनि किन , नगर्नु ) !

समलिंगी  - महिला र पुरुष दुवै हुन्छन र समलिंगी भनेको विपरित लिंगी प्रति आकर्षित नहुने अर्थात केटा केटा संग र केटि केटि संग सेक्स सन्तुष्टि लिनेहरुलाई समलिंगी व्यक्ति  भनिन्छ ! अनि समलिंगीको समाज पनि हुन्छ ... र यस्तो पनि हुन्छ भनेर थाह पाउदा - आफुलाई निकै आश्चर्य लागेका कुरा पनि गरियो ! हामीलाई थाह थियो कि उनीहरु विपरित लिंग प्रति विकर्षण र एकै खाले ( आफु जस्तै ) लिंग अनुरुप खोज्दछन , त्यसैले बाल ब्रह्मचारी (आजीवन अविवाहित रहने ) -पहिले देखि अहिले सम्मका सबै प्रति शंका गर-यौ ! पकै पनि उनीहरु समलिंगी थिए या समलिंगी भएका हुनाले अविवाहित (जीवन संगी विना) रहन सके ! त्यसैले पहिला पहिला ब्रह्मचारिहरु मात्रै भएर छुट्टै जंगलमा बस्दथे (मानिसको बस्ति देखि टाढा) र उनीहरु पक्कै पनि आफु आफु मिलि सम्भोग क्रिडा गर्थे कि ? तर त्यस्ता माहात्माहरु प्रति हामीले यस्तो आरोप लागाउनु धार्मिकरुपले वा हाम्रो वेद, गीता र उपनिषद् ले हामीलाई धिकार्ला ! तर पनि हामीले धेरै नै विश्वासका साथ यो शंका गरौ कि उनीहरु समलिंगी  नै थिए !

मैले चाही यति सम्म भने कि पक्कै पनि समलिंगी थिए र’त ब्रह्मचारीको रुपमा रहे तर जहा सम्म सम्भोगको कुरा छ त्यो त समय र मन मिले सायदै हन्थ्यो होला ! नपत्याए ब्रह्मचारी हुन् ऋषि भएर बस्नेहरु धेरै अप्सराहरु संग लसपस भएको काहानी पुराणहरुमा पढ्न पाइछ ! किनकि उनीहरु समलिंगीको आचरण भएका थिएनन्  र त त्यस्तो गरे जुन ऋषिहरुमा समलिंगीको आचरण रहेको थियो उनीहरुले त्यस्तो सम्भोग को प्रयास नै गरेनन नि ! र उनिहरु ब्रह्मचारी नै रहे ! हामि केटा केटा मात्र भएकाले यति खुलेर कुरा गर्यौ कि हामि पश्चिमा भन्दा फ्र्यांक्ली भएका थियौ !  हुन् त केटि केटि हुदा पनि यस्ता कुरा निकै गमेर जान्छ अरे भन्ने सुन्या थिम (कहा सम्म साचो हो थाह भएन ) ! तर यस्तो कुरा गर्न  चाहि संजय अरु भन्दा निकै आघि रहेको थियो ! हामीले यस्तो कुरा पनि गर्यौ कि , हामि केटा केटा (मनमिल्ने ) हुदा मात्रै यस्तो कुरा गर्छौ तर अपरिचित व्यक्ति , त्यस्तै आफूभन्दा ठुला व्यक्ति (अभिभावक) हरुसंग साथै कुनै पनि नारि अगाडी किन यस्तो खुलेर कुरा गर्न सक्दैनौ र हिच्किचाउने, लजाउने गर्छौ ! आखिर कुरा यथार्थ हो अनि लुक्ने कुरा पनि होइन - हामि सबै संग मानवत्व रहेको छ र थाहा पनि छ ! यो सब जाँदा जान्दै थाह हुदा हुदै पनि किन यस्ता कुराहरु खुल्लारुपमा गर्न सक्दैनौ ? हाम्रो के जान्छ यस्ता कुरा गर्दा र डराउछौ
आखिर नैतिकता नफाली चरित्र जोगाए त भै गयो नि , हैन र ? यस्ता सेक्सुअल कुरा सबैलाई नभई नहुने कुरा खुल्ला रुपमा गर्ने गरे यसबाट उत्पन्न हुने धेरै जस्तो समस्या आफै हाल हुने थियो ! यस्तै यस्तै धेरै कुराहरु गरेर बस्यौ .....नेता सेता भन्दा कम साना कुरा गरेनौ , हुन् त काम नभए नि कुरा सानो गर्ने मान्छे त परिनम (हाहाह ... ) ,

साझ सबै आ -आफ्नो तिर लाखापाखा .... लागियो तर वेलुका किचेन हेरेको त ..मट्टीतेल रहेन’छ पर्यो फसाद ! दिउसो गफ न थियो, निकै ठुला ठुला गरियो ... समस्या आफ्नो (भोकै सुत्नु पर्ने भो ) – अनि दोस ... साला सरकार ! नेता सब स्वार्थि ! यो सिस्टम नै खतम ! ..........

 .......................................
 (.....तर त्यति खेर जति र जस्ता कुरा गर्यौ त्यति अहिले मैले यहाँ लेखीन किनकि म पनि त्यति खुल्लेयाम छैन ... जति त्यति खेर कुरा गर्दा थिए ! र जति कुरा गरेका थियौ उति सबै उल्लेख गर्ने हो भने यो बेद को अर्को बेद (पौराणिक धार्मिक पुस्तक) नै सिर्जना हुने थिए ! उसै त लामो भै सक्यो ! पढ्नै झ्याउ लाग्ने गरिको ! )


6 comments:

  1. बेदनाथ जी , हाम्रो दिनचर्या नै त्यस्तै भएको छ । नेपालमा पनि हाम्रै केहि साथिहरुमै पनि यस्ता ब्यक्ति हुनुहुन्छ जसले समयको पूर्ण सदुपयोग गर्नु भएको छ र कामहरु भ्याइनभ्याइ गरिरहनु भएको छ । औसत नेपालीको दिनचर्या चाहिं हामिले भोगेजस्तो हैनर ? समाज अनुसार त्यहाँको रिति अनुसार धेरै कुराहरु बाँधिएका हुन्छन् खुल्दैनन् त्यस्को लागि समय कुर्नु नै सबैभन्दा सजिलो उपाय हो जस्तो लाग्छ । सेक्सको बारेमा खुलेर कुरा गरेपनि , नगरे पनि ठूलै परिवर्तन हुने कुरा पनि त हैन नि । हाहाहा

    ReplyDelete
  2. कुरो सहि गर्नुभयो । नेपालीको आम प्रवृति नै यस्तै हुन्छ । अनि तपाईले गर्नुभएको समलैङ्गिकताको कुरा पनि धेर थोर चित्तै वुझ्यो । यसलाई एकथरी मान्छेले विकृतिको संग्या दिएता पनि पूर्ण रूपमा वेठिक हो जस्तो चैँ मलाई लाग्दैन । हो नि हामीले खुलेर कुरा गर्न सक्नुपर्यो यस वारेमा ।

    अनि लेखाई नि रमाईलो छ है ।

    ReplyDelete
  3. बेदनाथजी, हामी नेपालीहरु र मैले बुझेसम्म दक्षिण एसियाकै मानिसहरुको एउटा ठुलो बिशेषता छ, त्यो के हो भने नि हामी आफैंलाई वाक्क आउन्जेलसम्म पनि बेफ्वांकका गफ मार्न सक्छौं | बेलुकी आफैंलाई नरमाइलो लाग्ने हदसम्म गफ गरेको मेरो आफ्नै पनि अनुभव छ|कुरा त क्रान्तिकारी पनि गर्छौं कहिलेकाहीं,तर साँच्चिकै अघि सर्न भने हामी डराउँछौं | तसर्थ क्रान्ति हाम्रो आकर्षण मात्रै बन्छ, ध्येय बन्दैन |

    ReplyDelete
  4. निकै रमाइलो शैलीमा नेपाली जनजीवनको वास्तविकता खोतल्नुभयो । राज्यले युवालाई कामको अवसर दिन सकेको यतिको भद्रगोल स्थितिको चुल्ठोमा देश पक्कै बाटिने थिएन । अरूको मुलुकमा निन्यारो अनुहार पार्दै श्रम बेच्नुपर्दैनथ्यो । त्यो श्रम हाम्रै आर्थिक विकास र औद्योगिक समृद्धिका लागि खर्चिन सकिन्थ्यो । तर नीतिनिर्माताको हातमा नीति छैन, फोहोरी राजनीति मात्र छ ।

    काम भएको फोसटमा समय नष्ट गरेर को नै बस्थ्यो होला । माओवादी द्वन्द्वले उग्र रूप लिनुमा पनि समान अवसरको अभाव, बेरोजगारी प्रमुख कारक हुन् भन्ने कुरा हामी बाट छिपेको छैन ।

    खलनायकहरू भएसम्म यस्तै हो वेदनाथ जी, देशको चीर हरण जारी रहनेछ ।

    ReplyDelete
  5. हाम्रो सामाजिक यथार्थको सटीक चित्र गर्नुभएको रहेछ यो लेखमा। बेरोजगारीनै हाम्रो समाजको सबैभन्दा ठूलो महारोग हो।

    पछिपनि यस्तै लेखहरु पढ्न पाउने आशा छ।

    ReplyDelete
  6. NAPOKHEKAA WAA POKHAAUNA NAKHOJIYEKA JIWAN CHAKRAKO SAJIB CHITRAN ..

    ReplyDelete