नेपालीको सभ्यतालाई चिनाऔ


bednath blog
हप्ता दिनमा एक पटक छुट्टीका दिन आरामको अनुभूति गर्ने कतारमा बस्ने नेपालीहरु आज विहानै देखि ओक्रा सिटीको सामुन्द्रिक किनारमा देखिए ! उनीहरु देशमा भएका राजनैतिक गतिविधिहरुले गर्दा आफ्नो मुलुकको छवी धमिलिदै गएको अवस्थामा आफ्नो स्वाभिमान र सभ्यतालाई अशल देखाउन एक जुट भएका थिए !
 "सफा सुगर गरौ , नेपाल र नेपालीको सभ्यतालाई चिनाऔ " भन्ने नाराका साथ नेपाल लोकतान्त्रिक मंच , दोहा - कतारले  हिजो ९ अप्रिल २०१० का दिन कतारको ओक्रा समुन्द्री किनारमा करिब २५० जनाको सहभागितामा सरसफाई अभियान .... सम्पन्न गरेको थियो ! जसको लागि ओक्रा सिटीको बलेदिया अफिसको अनुमति रहेको थियो भने यसमा कतारमा क्रियाशील विभिन्न संघ सस्था र समाजसेवीहरुको संलग्नता रहेको थियो !
----------------------------------
कार्यक्रमा नेपालीहरुको राम्रै सहभागिता जुटेको थियो - यसका लागि ति सबै उत्साही नेपालीहरुलाई धन्यबाद नदिरहन म सक्दिन ! हुन् त कतारमा सरसफाईको लागि सरकारी निकाय (बलेदिया) बाट पहलहरु नहुने भने होइन - सफाईको लागि नेपाल भन्दा निकै अघि रहेको छ – कतार ! कार्यक्रमले यस्ता पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुको लापर्बाहिले फालेका … बोतोल, प्लास्टिकका सामानहरुले त्यहाको वाताबरणलाइ नै निकै नराम्रो प्रभाव (दुषित) पार्ने र यस प्रति सबै सचेत रहनु पर्ने भन्ने सन्देश प्रभाह गर्न सफल भएको थियो ! यस्ता कुरा प्रति  नेपालीहरु पनि कम जानकार नभएको तथा हामि पनि यहा सामाजिक कार्यमा सक्रिय रहन चाहेको अव्यक्त सार्वजनिक जानकारी गराइरहेको थियो - यो कार्यक्रमले !
“प्राथना गर्ने ओठहरु भन्दा परिश्रमी हातहरु बढी पवित्र हुन्छन ”
क्रार्यक्रममा सहभागीहरु भेला हुदै र …. सरसफाई अभियानको लागि तयारि हुदै !
bednath blog3
विगत ११ बर्ष देखि कतारमा कार्यरत ताप्लेजुंगका राइ सर - कसिंगर बटुल्दै !bednath blog4
सबै तिर छरिएर …. फोहर बटुल्दै …. कतारमा कार्यरत नेपालीहरु !bednath blog5 
गुल्मीका दोर्ण बस्नेत - विगत १२ बर्ष देखि - दोहामा कार्यरत हुनु हुन्छ ….
bednath blog7bednath blog6
सहभागीहरु एक आपसमा १० / १० जनाको टोलिमा छलफल गर्दै ! bednath blog9 
हेर्नुस …. टिपिएका फोहरको थुप्रोहरु …. !
bednath blog8  

कार्यक्रम समापन हुनलाग्दा - सहभागीहरु तस्विर खिचाउदै ….. !
bednath blog10
केहि मिडियाका मित्रहरु सहित तस्विर लिदै ……
bednath blog2bednath blog10 (2)
उक्त कार्यक्रमको केहि झलकहरु तल भिडियोमा रहेको छ ! जहा तपाइहरुले भेला गरेर राखिएको फोहरहरुलाई फिक उप (गाडी ) मा लगाउदै गरेको देख्न सक्नु हुने’छ !





….. आजको गुड फ्राइडे …. यानी विदाको दिन यसरि विते ! पुन : एकपटक त्यहि लाइन लाइ दोहर्याउन चाहन्छु : -
“प्राथना गर्ने ओठहरु भन्दा परिश्रमी हातहरु बढी पवित्र हुन्छन ” !

2 comments:

  1. बडो राम्रो र रमाइलो काम गर्नुभएछ बेदजी | सहभागिता पनि निकै ठुलो देखियो | हाम्रो देशमा पनि यस्तो होस् भन्ने कामना गर्छु| काठमाडौँ मा त झन् बेसरी होस् भन्छु म |

    ReplyDelete
  2. यो अति नै गौरबको कुरा भयो बेद जी| यस्ता मानबिय काममा अग्रसर भएर देशको सभ्यता र सस्कृतिलाई माथि उठाउन लागि पर्ने सबै नेपालीहरुलाई मेरो सलाम !

    साथै नया बर्ष २०६७ को तपाई लगायत सम्पूर्ण नेपालीहरु र ब्लगका पाठक हरुमा मंगलमय शुभकामना !

    ReplyDelete