संसार बदल्ने 7 वेबसाइटहरु


कुनै यस्ता वेवसाइटहरु छन् यो इन्टरनेटको दुनियामा जसको नाम नलिने हो भने आजको यत्रो विकसित इन्टरनेट संजालको कल्पना नै गर्न सकिन्न । जो कुनै व्यक्तिले पनि एक पटक इन्टरनेटको प्रयोग गरेको छ भने उसले यी सबै वा यसमध्ये अधिकांश साइटमा ब्राउज गरेको हुनुपर्छ । यी साइटहरु स्वयममा एउटा उदाहरण हुन्- जसले नेटको दुनिया मात्र बदलेन पुरै संसारलाई नै बद्लिदिएको छ ! आउनुस ति वेबसाइटहरुको केही कुरा गरौ यहाँ : -
1. विकीपेडिया (Wikipedia)
Jimmy Wales
Photo: source
कुनै पनि विषय सम्बन्धि जानकारी प्राप्त गर्न सकिने सर्वश्रेष्ठ माध्यम हो विकीपेडिया ।
आज कुनै पनि विषयमा आधारित खोज गर्नुस् पहिलो लिंक तपाईले विकीपेडियाकै पाउनु हुनेछ । विकीपेडियाको आगमनअघि पनि अनलाइन इन्साक्लोपेडिया (Encyclopedia) त कैयौं थिए तर ती सबैमा कमै मात्र जानकारी हुने गर्दथ्यो र तिनीहरुको प्रयोग पनि कठिन थियो । तर विकीपेडियाको आगमनसँगै पुरै परिस्थितिमा परिवर्तन आयो । विकीपेडिया एउटा निःशुल्क ज्ञानकोष हो । यसलाई कुनै पनि व्यक्तिले सम्पादन गर्न सक्दछ र लाखौ स्वयमसेवकका कारण हरेक दिन यसको ज्ञानकोषको उचाई कयौं गुना बढिरहेको छ। आजभोलि यो ज्ञानकोष अंग्रेजीमा मात्र नभएर नेपाली लगायत धेरै भाषामा उपलव्ध छ ।
सुरुवातः 15 January 2001.
निर्माताः जिम्मी वालेस (Jimmy Wales), ल्यारी सैंगर
भाषाः 240 .

2. हटमेल (Hotmail)
© www.bednath.blogspot.com
आजको नयाँ पिढीले यो नाम पहिचान गरुन वा पहिचानका लागि ध्यान नदिउन् तर हटमेलले कुनै समय इमेलको परिभाषा नै बदलिदिएको थियो । हटमेलभन्दा पहिला इमेल गर्नु र इमेल प्राप्त गर्नु दुर्लभ कार्य थियो । अनलाइन इमेल क्लाइन्ट सफ्टवेयर उपलव्ध थिएन । तपाई जब इमेललाई आफ्नो एक पीसीमा डाउनलोड गर्नुहुन्थ्यो तब रिमोट सर्भरबाट त्यो डिलेट हुने गर्दथ्यो । अर्थात एउटा इमेल एक स्थानमा मात्र हेर्न सकिन्थ्यो । हटमेलले वेभमेलको सुरुवात गर्‍यो । हटमेललाई कुनै पनि पीसीमा ब्राउज गर्न सकिन्थ्यो । कुनै इमेललाई कयौ स्थानबाट खोल्न सकिन्थ्यो । शब्बीर भाटिया र केही अन्य व्यक्तिको यो खोजले इमेल गर्ने तौरतरिकामै बदलाव ल्यायो । पछि माइक्रोसफ्टले हटमेल किन्यो र अहिले यो ब्राण्ड समाप्त भइसक्यो । त्यसको स्थान माइक्रोसफ्ट लाइभ मेलले लिएको छ। तर, हटमेलको याद मानिसहरु अहिले पनि गर्दछन् ।
सुरुवातः 4 July 1996.
subir bhatia
Photo Source : Subir Bhatia
निर्माताः शब्बीर भाटिया (Subir Bhatia) र अन्य
अधिग्रहणः माइक्रोसफ्ट !
3.फेसबुक (Facebook)

फेसबुक विश्वको सबैभन्दा लोकप्रीय सामाजिक सञ्जाल साइट हो । अमेरिकाजस्ता देशमा त यसले गुगललाई पनि उछिनेर सबैभन्दा लोकप्रीय साइटको गौरव पनि प्राप्त गरिसकेको छ। फेसबुकका प्रयोगकर्ताहरु करोडौको संख्यामा छन् र कैयौ मानिसको त दिन र रात फेसबुकमै बित्ने गरेको छ । तर फेसबुक पहिलो सामाजिक सञ्जाल साइट भने थिएन । तर, यसले सामाजिक सञ्जालको सिद्धान्त नै परिवर्तन गरिदियो । फेसबुकले थर्ड पार्टी एप्लिकेशनहरु (Applications) लाई मन्जुरी दिएर आफ्नो लोकप्रीयतामा तिब्रताका साथ बढायो । फेसबुक लोकप्रीय बनिरह्यो किनभने उसले आफूलाई समय अनुसार परिर्वतन गर्दै गयो ।
सुरुवातः 4 February 2004.
mark zuckerberg
Photo Source : Mark Zuckerberg
निर्माताः मार्क जकरवर्ग (Mark Zuckerberg)
4. ट्वीटर (twitter)

के राजनेता, के अभिनेता, के समाजसेवी, के धर्मगुरु, के आम नागरिक । आज सबैजसो ट्वीटरमा उपस्थित छन् । 140 अक्षरका साथ तपाई संसारभरसँग जोडिन सक्नु हुन्छ । के केही वर्ष पहिलेसम्म कुनै कल्पना गर्न सक्दथ्यो कि एउटा सामान्य व्यक्ति विल गेट्सलगायतका चर्चित हस्तीहरुसँग सिधा प्रश्न गर्न सक्छ कि आफूले उत्तर पनि पाउने गरी । यो ट्वीटरकै कमाल हो, जसले आम र विशेषको भेद मेटाइदियो । अब हरेक ‘विशेष’ व्यक्ति ट्वीटरको माध्यमबाट आम संसारसंग जोडिन चाहन्छ । संसारभरको सरकारका सरकारहरु यो सेवादेखि डराउन थालिसकेका छन् । किनभने सूचनाको अति तिब्र माध्यम क्षणभरमा पलपलको खबर संसारको कुनाकुनामा पुर्‍याइरहेको छ। ट्वीटर आज जीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ ।
सुरुवातः 2006.
jack-dorsey-
Photo Source : Jack Dorsey
निर्माताः ज्याक डोर्सी ( Jack Dorsey), इवान विलियम्स, विज स्टोन
5. युट्युब ( YouTube )

युट्युवले मनोरञ्जनको अर्थ नै परिवर्तन गरिदियो । युट्युवभन्दा पहिला अनलाइन भिडियो हेर्न सकिने राम्रो माध्यम थिएन । युट्युवको सुरुवात जब भयो तब विश्वभर निकै ब्याण्डविथ नै उपलव्ध थिएन । त्यतिबेला मानिसहरु सोच्थे यो साइट चल्दैन । किनभने लामा लामा भिडियो मानिसहरुले कसरी हेर्नेछन् ? मानिसहरु आफ्नो साइटमा भिडियो अपलोड गर्दैन थिए किनकि यसबाट उनीहरुको ब्याण्डविथ खर्च ह्वात्तै बढाउथ्यो । तर युट्युवको आगमनका साथै परिस्थिति बदलियो । युट्युवले मानिसहरुलाई अचम्ममा पार्‍यो । अब निःशुल्क भिडियो अपलोड गर्न सकिन्थ्यो र त्यसलाई कुनै पनि साइटमा राख्न पनि सकिन्थ्यो । अहिले गुगलले लिएको यो सेवामा हजारौ भिडियो दैनिक अपलोड हुने गर्दछन् । र, लाखौ मानिस यो भिडियो हेर्ने गर्दछन् ।
सुरुवातः February 2005.
Chad Hurley
Photo Source : Chad Hurley
निर्माताः चाड हर्ली (Chad Hurley), जावेद, करिब, स्टीभ चैन
अधिग्रहण : Google (2006)



6. गुगल (Google )

नाम मात्रै पर्याप्त छ । इन्टरनेटकाबारे सामान्य मात्र ज्ञान राख्ने शायदै कुनै व्यक्ति होलान् जो गुगलका विषयमा थाहा नहोस् । गुगल अर्थात खोज खोज अर्थात गुगल । यतिबेला मानिसहरु भौतिक सामग्री हराए पनि झक्किएर गुगलमा खोजी गर्न जाने बेला भइसकेको छ । मानिसहरु भन्छन्, कुनै जानकारी चाहियो गुगलमा जानुस् न । अहिले इन्टरनेटमा चाहे जेसुकै गरियोस प्रयोगकर्ताहरु गुगलमा एक पटक जान्छन् । गुगलमा खोजी नगरे पनि यसका असंख्य निःशुल्क सेवाको प्रयोग सबैले गर्छन । जीमेल छ, रिडर छ, ब्लगपोष्ट छ, पिकासा छ, युट्युव छ, सूची लामो हुनेछ । आफै सोच्नुस्।
सुरुवातः 4 September 1998.
Larry Page
Photo Source : Larry Page
निर्माताः सर्जेई विन, लारेन्स पैज ( Larry Page )
7. अमेजन (Amazon.com)

किनमेल त्यसै पनि हुन सक्दछ । पसल नै नगई घरै बसेर लगइन गर्नुस् । आफूले मन पराएको उत्पादन छान्नुस् । क्रेडिट कार्डबाट शुल्क तिर्नुस् काम सकियो । घरमै बसेर तपाईलाई आफूले किनेको सामान प्राप्त हुनेछ । अमेजनले मानिसहरुको किनमेलको बानी नै परिवर्तन गरिदियो । अहिले इन्टरनेटमा असंख्य अनलाइन सपिङ्ग साइट छन् तर यस उद्योगको सुरुवात अमेजनले नै गरेको थियो ।
सुरुवातः 1994 .
निर्माताः जैफरी विजोज (Jaafari Widjaja)

9 comments:

  1. Nice Collection. यिनीहरुले इन्टरनेट को विकास र विस्तार मा ठूलो काम गरेका छन् ।

    btw, खै त, हाम्रो साइट को त नाम नै पो रै'नछ ! हा हा हा :)

    ReplyDelete
  2. बेदनाथजिले बडो मिहिनेत गरेर तयार गर्नुभएको यो जानकारी उपयोगी छ | अरु पनि साइटहरु बन्दै होलान जसले संसारलाई अझै बदल्लान | (आकारपोष्ट पनि त्यस्तै हो भन्ठान्छु म , कसो !)

    ReplyDelete
  3. राम्रो सुचि बेद जी ! यसो सोच्दा मेरो ईन्टरनेट यात्रा यहाँ बाहेक धेरै बाटो हिँडेको छैन। Amazon त प्रयोग नै गरेको छैन। ब्लग पनि गूगल कै पाटो मान्ने हो भने ;)

    ReplyDelete
  4. आकार जी तपाइँको नि नम्बर आउछ !
    विश्व परिवर्तनको लागी त अहिले म भन्न सक्दिन तर नेपाली ब्लगरको क्षेत्रमा भने तपाइको वेब ब्लगले परिवर्तन नै ल्याएको छ !
    धन्यवाद आकार जी, चैतन्य जी र रविन्द्र रिजाल जी - यहाँहरुको हौसलाको लागी !

    ReplyDelete
  5. hello sir blogspot ma menubar ( home ,journey.....) kasari rakhne hola. mero pani euta blog 6..batai die abhari hune thie ..

    http://naturebeuti.blogspot.com/

    ReplyDelete
  6. You can definitely see your skills in the work you write.
    The sector hopes for even more passionate writers such as you who aren't afraid to say how they believe. At all times follow your heart.

    Feel free to visit my web page sex facebook

    ReplyDelete
  7. Hello there! Quick question that's totally off topic. Do you know how to make your site mobile friendly? My web site looks weird when browsing from my iphone4. I'm trying to find a template or plugin
    that might be able to correct this issue. If you have any suggestions,
    please share. Many thanks!

    Here is my weblog facebook sex

    ReplyDelete
  8. Wonderful site you have here but I was wanting to know if you knew
    of any message boards that cover the same topics discussed in
    this article? I'd really like to be a part of community where I can get suggestions from other experienced people that share the same interest. If you have any suggestions, please let me know. Kudos!

    Feel free to surf to my homepage ... facebook for sex

    ReplyDelete
  9. I've been browsing online more than 3 hours today, yet I never found any interesting article like yours. It�s pretty worth enough for me. In my view, if all site owners and bloggers made good content as you did, the web will be a lot more useful than ever before.

    Visit my weblog ... adult sex

    ReplyDelete