NET का कुरा र सम्झना Wushu Game को !


ब्लग पोस्ट नगरेको या केहि नलेखेको भनौ अथवा नेटको दुनिया बाट टाढा रहेको धेरै भैसकेको रहेछ । यो पोस्ट मेरो ब्लगमा नेपाल बाट पोस्ट गरेको पहिलो पोस्ट हो । यस  भन्दा अघि नेपालबाट ब्लगमा केहि कुरा टाँस्ने जमर्को नै जुरेको थिएन - प्रयास भने नगरेको होइन । नेट नभए पछी कम्प्युटर खोल्न मन पनि नलाग्ने रहेछ अनि केहि कुरा लेख्ने त परैको कुरा हुन् थालेको छ किन भने पहिलाको जस्तो अब कापीको पन्नामा लेख्ने आदतनै हराएछ -अच्चमको कुरा छ’बा !! 
मेरो घर कोहबरा (महादेवस्थान) हो ! कोहबरा गाविस झापा जिल्लामै भए पनि हाम्रो गाविस नेटको पहुच देखि अझै निकै टाढै रहेको छ ! NTC को Dial Up -कनेक्शन छैन, त्यो नभए पछी ADLS हुने कुरै भएन, Broadband, Wlink जस्ताले देशमा इन्टरनेटको राम्रो सुविधा दिने एड मात्र गर्न सकेका छन - वितरण होइन । अनि Sky र UTL का टावर र कनेक्शन भनेको हातिको देखाउने दात जस्ता मात्र छन् । ल्याबटबमा Usb (with data SIM) लएर यता र उता कुदीरहनु पर्छ । कहिले, कति खेर, कहाँ नेर देखा पर्छ पर्छ -भूमिगत भएको नेताहरु जस्तो :) । स्लोको कुरा गर्ने हो भन्ने एउटा पेज खुल्न एक कप चिया पिसक्दा ठिक्क हुन्छ । बरु मोबाइलमा भने काम चलाउ रुपमा नेट चलाउन सकिने रहेछ । गाउघरमा त Facebook भन्दा त Mig नै बढी चलाइदो रहेछ ।
अन्य कुराहरु केहि नलेखेको हुनाले आजको यो पोस्टमा आफ्नै रहरको कुरा टास्ने प्रयत्न गर्दै छु - जुन रहरमै मात्र सिमित भएर रह्यो । स्टिक, नाइन'चा चलाउन साथै जम्पिङ्ग गर्ने जस्ता रहरै रहरमा 2003/4  AD तिर करिब दुइ बर्ष जति Wushu Game खेलेको थिए । त्यति बेला संगै उक्त ग्याम खेलेका सबै साथीहरु अहिले काहाँ काहाँ पुग्नु भएको छ, भेटघाट नभएको धेरै भइ सकेको छ ।  सोहि समय र मित्रहरुको सम्झनाको लागि यो पोस्ट यहाँ राख्दै छु ।

     (प्रशिक्षणको समयमा साथीहरु संग : सरस्वती उमाबि (इँटाभट्ट –दमक ) को प्रांगणमा ।)
प्रशिक्षणको समयमा साथीहरु संग : सरस्वती उमाबि (इँटाभट्ट –दमक ) को प्रांगणमा !प्रशिक्षणको समयमा : सरस्वती उमाबि (इँटाभट्ट –दमक ) को प्रांगणमा ! -नाइन'चा खेलाउदै !      प्रशिक्षणको समयमा : सरस्वती उमाबि (इँटाभट्ट –दमक ) को प्रांगणमा ! स्टिक खेलाउदै !
प्रशिक्षणको समयमा : सरस्वती उमाबि (इँटाभट्ट –दमक ) को प्रांगणमा !www.bednath.blogspot.com
मेची रंगशालामा : पहिलो पुर्बाञ्चलको क्षेत्रीय स्तरीय Wushu Game Show & Grading प्रोग्राममा सहभागी हुदै ! साथमा गुरु : रविन श्रेष्ठ र भगवान राइ  ।
www.bednath.blogspot.com
अझै पनि इँटाभट्ट स्कुल (दमकमा )मा गुरु भगवान राइले Wushu सिकाउदै हुनु हुन्छ भन्ने थाहा पाएको छु - खुसि लागेको छ ! उहाको खेल प्रतिको उत्साह र लगन लाइ सदा सलाम छ !
गुरु : भगवान राइ र रविन श्रेष्ठ @ मेची रंगशाला (झापा -भद्रपुर)
गुरु : भगवान राइ र रविन श्रेष्ठ @ मेची रंगशाला (झापा -भद्रपुर)

8 comments:

  1. बेद जी देश अनुसारको भेस हो नेपालको नेट !!

    ReplyDelete
  2. उमेश जि नमस्ते मलाई हजुरको ब्लग साह्रै मन पर्छ म पनि भर्खर ब्लग बनाउन सिक्दै छु कृपया पेजस १२३४ » गरेर कसरी राख्ने सिकाइ दिए आभारी हुने

    ReplyDelete
  3. ओम सर त्यहि भएर त बर्बाद भएको छ नि ...कुनै उपाय नै छैन ..आश गरौ छिट्टै यस्ता समस्या बाट मुक्त हुन् सकोस यो हाम्रो गाउँ घर !
    कृष्ण पुरी जी मेरो Skype ID bednath हो त्यसमा आउनुस त्यस बारेमा कुरा गरौला !

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete
  5. पढ्दै गर्दा मेरा पुराना दिनको पनि याद आयो जुन बेला मा बक्सिंङ्ग खेल्थे। आफ्नै देश र परिबेश अनुसार चल्न पर्दो रहेछ। जीवन यस्तै हो सायद। तपाइका फोटोहरु निकै रोचक र राम्रा रहेछन् गाढेँ..

    ReplyDelete