Donate Blood Save Lives


केही समय अघि मैले यहि मेरो ब्लगमा Sunfoundationindia ले तयार गरेको Save the Girl Child भन्ने भिडियो शेएर गरेको थिए आज BBC Media Action द्रारा तयार पारिएको Blood Donation : Little Girl भन्ने भिडियो शेएर गर्न उचित लाग्यो ! जसले जो कोहीको मन नछोइरहला जस्तो लाग्दैन त्यसैले यस भन्दा बढी यो भिडियो  बारेमा म केहि भन्दिन त्यो भिडीयो तपाइँ आफै हेरेर बुझ्न सक्नु हुन्छ :-




प्रसंग थियो त विराटनगर बाट शुरु भएर अधिराज्य भर फैलदै गएको Youth for Blood को अभियानको यही अभियान लाइ टेवा पुर्याउन साथ लागेको Youth for Blood, Jhapa पनि करिब करिब बर्ष दिन बाट उभो लागेको छ ! अनि हिजो (22 Sept 2013) दमकको युनिक कलेजमा Youth for Blood, Jhapa ले औपचारिक रुपमा पहिलो पटक Blood Donation Program गर्न सफल भएको छ ! जसमा ४५ पिन ब्लड कलेक्सन गर्न सफल भएका थियौ ! YFB Jhapa ले organize गरेको उक्त कार्यक्रम लाइ युनिक कलेज दमक, गौतम कोल्ड स्टोर उर्लाबारी (मोरंग), दमक-९ का YFB Jhapa का सदस्य रमेश लिम्बु र आस्था कलेज दमकले स्पोन्सर गर्दिनु भएर सहयोग गर्नु भएको थियो !

उक्त कार्यक्रम सफलताका साथ सम्पन्न गराउन सहयोग पुर्याउनु हुने सबै प्रति हामी YFBians हरु कृतज्ञ छौ ! आउदा दिनहरुमा पनि यस्तै साथ, साहयोग र हौसला पाउने अपेक्षा गरेका छौ ! माथि शेएर गरेको भिडियो युथ फर ब्लडको अभियान संग मेल खाने भएकोले यहाँ शेएर गर्न उचित ठानेको छु ! 


ठुलो काम गर्ने सपना छ भने साना साना कामहरु कुशलताका साथ गरेर देखाउ अनि म जस्ता आम नागरिक फलोअर हुन सक्छन अनि त्यो नै सबै भन्दा ठुलो काम हुने'छ - सबैको लागी  !

No comments:

Post a Comment