TimeLine Post ~ Six


केहि समय अघि देखि मलाई जिओग्राफी र हिस्टोरी च्यानेल बाट प्रसारित हुने केहि औधी मन पर्छ ! त्यो संगै केहि नाम यस्ता नि छन जुन सम्झन र हेर्न लाएक लाग्छ मलाइ Steven Frayne जसलाई ‪#‎Dynamo‬ नामले दुनियाले चिन्छ उनलाई ! म उनको कला देखेर स्तब्ध हुन्छु र उनको हरेक शो नछुटोस भन्ने लाग्छ ! अनि नाम नै लिनु पर्दा चाही यी Ryan Allen Shecklerr, Rodney Mullen, & Rob Dyrdek यी तिन हुन,जसले Skateboard मा उफ्रिएको हेर्दै मात्र नि मलाइ आनन्द लाग्छ !

फेसबुकमा आफुले शेयर गरेका मनपरेका आफ्नै टाइम लाइन पोस्ट गर्ने सिलसिलामा आजका पोस्टहरु यस प्रकार रहेका छन :
……
उपहारमा घडी सस्तो या महँगो ; जस्तो मिले नि हुन्छ तर कहिल्यै जीवनमा मुश्किल घडी भने नमिलोस !
~feelings भन्दा नि आफुले बुझ्दै गरेको कुरा नि : घडीले सधै सही (ठिक) समय मात्र देखाउदो रहेछ तर जिन्दगीले समयको फरक देखाउदो रहेछ !
rado
केहि समय अघि म एउटा विद्धा आश्राम गएको थिए र त्यहाँ हुनु हुने विद्ध,विद्धाहरु लाइ झुक्किएर एउटा प्रश्न सोध्न पुगेको थिए ( त्यतिकै घुमेर, हेरेरै मात्रै के हिड्नु भन्ठानेर ) : तपाइको छोरा या छोरी के गर्छन नि ? भनेर !
तर उनीहरु सबैले भने : मेरो छोरा ब्यापारी छ, वोकिल छ, म्यानेजर छ, इन्स्पेक्टर छ, इन्जिनिएर छ , टिचर छ तर कसैले पनि भनेनन्, ‘मेरो छोरा गरिब छ, मेरो छोरी अनपढ छ’ भनेर !
त्यतिकैमा एक विद्धाले भन्नु भयो बाबु तिमी चाही त्यति धेरै नपढ़नु, त्यति धेरै धनि नहुनु, अनि त्यति ठुलो जागिर नखाऊ है जसले तिम्लाई आफ्नो बा'आमा लाइ पाल्ने सामर्थ खोस्न सक्छ !
sad mom
feeling गम्भीर, आँखा भरि आशु आए ! source : facebook
Kumbh-Mela
आफ्नो कुरा भगवान लाइ भन्न मान्छेहरु प्राथना र भगवानले भनेको कुरा आफुले बुझ्नको लागी ध्यान गर्ने गर्छन !

यो फुल राम्ररी हेर्नुस चिन्नु हुन्छ की ??
ful
आफ्नो बा आमा लाइ Conservative (रूढिवादी) ठान्नेहरु पनि यति सुन्दर र पवित्र फूललाई अशुभ को प्रतिक मान्दै दिपिनी खोलामा लगेर फ्याल्ने गर्दै छन्, लाग्छ अर्को रूढिवाद जन्माउदै छन् ~ यो शहरमा ! हुन् सक्छ तपाइले नि सुन्नु भएको होला 'यो फुल नरोप्नु अशुभ हुन्छ' भन्ने कुरा ! के कारणले यो फुल अशुभ छ कारण थाहा छ तपाइँ लाइ ??? यहाँ मान्छेको सोच्नै अशुभ छ अनि कसरी हुन् सक्छ शुभ ............. !!!!!!!!!!!!!!!!!
ds
अहिले आएर थाहा पाउदै'छु साथी हु भन्नेहरुले मात्र रहेछ,
हाम्रो राम्रो कुराहरु हामी आफै लाइ भन्ने र हाम्रो नराम्रो कूराहरु अरुलाई गएर सुनाउने त
तर असल साथीलेहरु :
हाम्रो नराम्रो कुराहरु हामी आफैलाइ सुनाउदा रहेछन र हाम्रो राम्रो कुराहरु अरुलाई गएर भन्दा रहेछन smile emoticon smile emoticon ! — feeling happy.
books
किताब मात्रै त्यस्तो गुरु रहेछ जो विना कष्ट,विना आलोचना र विना परिक्षा ... निरन्तर झर्को नमानी हामीलाई ज्ञान दिदो रहेछ !
#आफुले_बुझेको कुरा !
ठुल्दाईले भन्नु भए जस्तै मेरो नि मन चाही म भन्दा चलाख रहेछ, यो ज्यान लाइ एक ठाउ राक्छ अनि आँखालाइ एक तिर हेर्न लगाएर आफु चाही सुटुक्क जताततै डुली हिड्छ भन्या !
आफू मुस्कुराएर मान्छेलाइ नि मुस्कुराउन सिकाउछ रे फुलले :) त्यसैले घरकै बगैचामा फुलेका फुलहरुले पनि बाच्न सिकाउदै'छ जस्ताे लाग्छ ~ मलाइ
कुनै पनि काम असफल नहोस भन्नका लागी यहाँ मान्छेहरुले साइत जुराउने गर्छन तर मान्छे आफ्नाे जन्म मरणको चाही साइत जुराउन भ्याउदैनन तर त्यहि साइत नजुराइ भएको काम चाहि 100 % सफल हुन्छ ।
तर नि मान्छेहरु यो सत्यता बाट किन केही सिक्दैनन र साइत जुराउन नै लागि पर्छन ।म बुझ्नै सक्दीन ।।
अहिलेको जमानामा आफ्नो Photo बनाउन कति पनि समय लाग्दैन
तर आफ्नो Image बनाउन कति समय लाग्ने हो, पत्तै हुदैन !!

No comments:

Post a Comment

अचम्म लाग्छ [ कविता ]
अचम्म लाग्छ [ कविता ]
जब म सानो थिए  हरेक कुराहरु चाडै बिर्सन्थे  तर सबैले भन्थे 'याद गर्न सिक'  अहिले उपलब्धीले नभए पनि उमेरले केही ठूलो भए जस्तो लाग्छ  अक्सर कुराहरु याद रहन्छन  तर मान्छेहरु भन्छन कि - 'केही कुराहरु भुल्न सिक' ~feelings ओचोम्म छ यार यो दुनिया पनि !!
व्यक्ति पिछे मोबाइल, घरै पिछे डिस होम छ तर शौचालय एउटा पनि छैन !
व्यक्ति पिछे मोबाइल, घरै पिछे डिस होम छ तर शौचालय एउटा पनि छैन !
UNICEF ले तयार पारेको विध्या बालन अभिनित 'UNICEF Total Sanitation TVC 3 DULHAN Featuring Vidya Balan' एड र Grey Worldwide India  ले तयार गरेको 'सोच्छ भारत' अभियानको Swachh Bharat 60Sec Master 30 10 14 भन्ने एड टिभीमा हेर्दै मुस्कुराउने म ....  ..केहि समय अघि हामी एउटा सामाजिक कार्यको लागी चन्दा संकलन गर्दै  घर दैलो अभियान अन्तर्गत स्थानीय आदिवासी टोलमा गएका थियौ ! विहान