यहाँ
पैसा नभएका कारण
पढाइ छाड्ने
घर छाड्ने
गाँउ छाड्ने
देश छाडेर
विदेश जाने
गर्दै गरेको व्यवसाय छाड्ने
मान्छेहरु धेरै भेटे
तर
पैसा नभएकै कारण
रक्सी छाड्ने
गाँजा छाड्ने
तास खेल्न छाड्ने
मान्छेहरु , अह !
धरो धर्म
आज सम्म मैले भेटेकै छैन यार ।।😄😄
भगवान भरोषामा चलेको देश [कविता]
आज नेताहारु
भगवान भरोषामा
देश चलाई रहेका छन् ।
तर आम जनता
यो राजनिती
~ छिमेकी र विपक्षीहरुको खेल हो भनेर बुझ्दैछन ।।
जस्तो की
हिजो बा'ले
भगवान भरोषामा जिन्दगी चलाएका थिए
र आमाले
यो जिन्दगी
~ सब भाग्यको खेल हो भनेर बुझ्नु भयो ।।
मेरो पहिलो पुस्तक ~ आमा [ कविता ]
आमा भन्नु हुन्थ्यो:-
दिनरातको
साउने झरिले गर्दा
घरसँगै टासिएको रतुवा खोलामा
ठुलो बाढी आयो
दाउराहरु बगाएर ल्यायो
घर नजिकैको बगर भरी छरिदियो
अनि
दिनभरी दाउरा बटुलेर डोकामा ओसारे
साझमा खाना खाए
पाकले खुट्टा बेसरी खाएकोले
भतभती पोेल्यो
पिठारी पोलेर खुट्टा भरी दले
अबेर 10, 11 बजे तिर
ढल्किदा ब्यथा लाग्यो ...
रातभर सुत्न सकिन
No comments:
Post a Comment