दमक झापाको भाइरल बन्दै गरेको रोड [ भिडियो ]


 झापा, दमक ~ ९ को एउटा सडक अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ । चियादोकान चौक दक्षिण बुद्बाध चोंक (ह्रघरे जाने) बाटो - फेसबुक र टिकटकमा भाईरल बनेको छ । पुर्वराजा ज्ञानेन्द्र शाहको हिमालयन गुडरिक चियाबगान संगै जोडिएको सडकमा दैनिक टिकटक र भिडियो बनाउनेको भिड लाग्न थालेको छ ।  

 


 यो रुख नेपालको रैथाने प्रजाती नभएको र पछि भारत हुदै नेपाल भित्रिएका कारण यसको  ठ्याक्कै नेपाली नाम भने कतै उल्लेख छैन अरुबाट सोधखोज गर्दा नि पत्ता लगाउन सकिएन । लेथ्रेसीआइ फ्यामिलि (Lythraceae Family) अन्तर्गत पर्ने यो रुखको अङ्ग्रेजिमा नाम चाही  क्रेप मार्टल ( Crape myrtle) रहेछ ! पहिले त मलाइ लाग्यो यो काठमाडौंको सडकमा देखिने बैजनी रंगको फुल फुल्ने जाकाराण्डा मिमोसिफोलिया (Jacaranda mimosifolia) हो जस्तो लागेको थियो ।

नेपालमा यस्तो देख्दा लाग्छ ब्यबस्थित शहरीकारण र ब्यबस्थित पार्क सिस्टम हुनु हो भने झन् कति धेरै जनताहरु झुम्मिन्थे र खुसि हुन्थे ! यो बिदेशी रुख फुल्दा त यस्तो छ, यसरी नै लामा सडक र ठुला बगैचाहरुमा नेपालमा नै पाइने चेरी फुल, टाकी, बाटोभरी रातैभएर फुल्ने सिरिसको फुल, पारिजात आदि  लागाउन सके समय र मौसम अनुसारको आन्तरिक पर्यटन पर्वद्धन गर्न सहज हुने रहेछ भनेर बुझ्न सकिन्छ ! यस्तो यो देशमा कहिले होला सोची रहेछु !


1 comment: