Kankai Mai 2 Damak Street View । कन्काइ माइ, दोमुखा देखी दमक चोक सम्मको यात्रा ।


 कन्काई नदी 

कन्काई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बङ्गालको खाडीमा पुग्दछ। महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको दोस्रो लामो पूल हो। सोही पूल भएको कोटीहोम क्षेत्रमा हरेक माघे संक्रान्तिमा मकरमेला अथवा माईमेला लाग्ने गर्दछ। यस नदीलाई पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ।

दोमुखा

सतासीधाम र सुरुङगा गाविसको बीचमा पर्ने एक पर्यटकीय स्थल हो । पिकनिकको सिजनमा (आश्विनदेखि वैशाख सम्म) दैनिक दश हजारसम्म पिकनिक खाने मानिसहरू आउने गरेका छन् । यो स्थानम वैष्णव देवीको मन्दिर समेत छ । पूर्वपश्चिम राजमार्गबाट लगभग ३ कि.मी. उत्तरमा अवस्थित माई दोमुखाबाट मेची अञ्चल कै सबैभन्दा ठूलो सिंचाई योजना कन्काई सिंचाई संचालनमा छ ।

विस १९९० अगाडि कन्काई माई चुरे पर्वतवाट तराई निस्कदा साँघुरो गल्छी भएको ठाउँमा सखुवाको रुख लडेर दुई मुख परेको अर्को सखुवाको रुखमा अड्किई फड्के पुलको आकार दियो। सो फड्केको उपयोग गरी मानिसहरू आगत जावत गर्दथे र त्यही दुई मुखे सखुवाको रुखबाट यो ठाउँको नाम दुई मुखे भन्दा भन्दै दोमुखा रहन गएको जनश्रुती छ। वाह्रै महिना जस्तो यहाँ दृश्यावलोकन गर्ने मानिसहरूको भीड लागि नै रहेको हुन्छ। विशेषतः वनभोज स्थलका रूपमा यसलाई प्रयोग गर्ने गरेको पाइन्छ। 

 

आदिवासी रंगशालाका

आदिवासी रंगशालाको नाम बाट निर्माण शुरु भएको यो रंगशाला तत्कालिन  प्रधनमन्त्री केपी ओली यो रंगशाला मदन भण्डारीको नामबाट बनाउन लागि परे ...आखिर किन जनजाती लाइ ओलीले यसरी अवहेलना गरे तर यो रंगशाला  मदन भण्डारी नामांकन गरेपछि निर्माणको काममा अवरोध भएको छ र ओली सरकारले नै आदिवासी रंगशालाको विकल्पको रुपमा दमकको हम्से दुम्से सामुदायिक वन क्षेत्रमा रहेको खेल मैदान लाइ  मदन भण्डारी रंगशालाको रुपमा अघि बढाएको छ तर अहिले सम्म लखनपुर स्थित रहेको यो आदिवासी रंगशाला भने अहिले सम्म अलपत्र नै रहेको छ

कहिले कति बजेट विनियोजन ?
आदिवासी रंगशालाका नाममा
आ.व.२०६७/०६८ : एक कारोड
आ.व.२०७०/०७१ : डेढ करोड 
आ.व. २०७१/०७२ : ३५ लाख 
मदन भण्डारी रंगशालाका नाममा
आ.व.२०७२/०७३ : ४० लाख
आ.व.२०७३/०७४ : एक करोड
आ.व.२०७५/०७६ : दुई करोड
आ.व.२०७६/०७७ : १० लाख
आ.व. २०७७/०७८ : १० लाख

 

No comments:

Post a Comment