मधुगंगा महादेवधाम । भीरगाउँ । धनकुटा । गुफा छिरेर माहादेवको दर्शन । [ Vlog ]


 मधुगंगा महादेवधाममा हरेक वर्ष मंसिरे पूर्णिमाको अवसरमा पाँच दिन मेला लाग्ने गर्दछ। साउन महिना र माघे संक्रान्तिमा पनि भक्तजनको घुइँचो हुने गरेको छ। 

यो धाममा ६० फिट अग्लो झरनाको सँगै करिब ६० फिट लामो प्राकृतिक गुफा रहेको छ। पौराणिक कालमा मधु र गंगा दुईजना आएर महादेवको खोजी गरेपछि यहाँ महादेव प्रकट भएको जनश्रुति रहेको छ। त्यसपछि पुजारी हुन्छु भन्दै धेरै मानिस अघि सरे पनि ती मधु र गंगाले अलि पर रहेका एक जना राई थरका मानिसलाई पूजारी बनाएको कथन रहेको यस धामका पुजारी जमानध्वज राई बताउँनु हुन्छ । राईका अनुसार हालसम्म तिनै पूजारीका पुस्ताहरु नै धामको पूजारी हुदै आएको र उहाहरुले नै रेख देख गर्ने गरेको पाइएको छ !  उनले आफूले धामको पूजारी भएर काम गरेको ४४/४५ वर्ष भै सकेको रहेछ ! 

 

धनकुटा नगरपालिका–२ भीरगाउँमा रहेको यस मधुगंगा महादेवधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण का लागी ७ करोड रुपैयाँ बजेट विनियोजन भए पनि थेगिम सिंह जेबीले तीन करोड ७० लाख रुपैयाँमा ठेक्का पाएर निर्माण शुरु गरेको थियो र अहिले यस ठाउँमा यस्तो संरचनाहरु निर्माण भै सकेको देख्न सकिन्छ ! हुन त धनकुटा नगरपालिकाले मधुगंगा धामको विकासका लागि यसअघि नै १५ लाख रुपैयाँ खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेको थियो। निर्माण कम्पनी थेगिम सिंह जेबीले गएको असार मसान्त सम्ममा निर्माण सम्मन्न गर्ने गरी जिम्मा पाएको थियो तर अझै पूर्ण रुपमा निर्माण सकेर स्थानीय लाइ हस्तान्तरण नगरी सक्दै, यहाँका संरचनाहरु संरक्षणको अभावमा जिर्ण अवस्थामा परिणत हुदै गएको देखिन्छ । हुन त स्थानीयहरुमा पनि यस धाममा निर्मित संरचनाहरुको सरसफाई, हेरचाह र संरक्षण साथै प्रचार प्रसार गर्नु पर्छ भनेर आफै सचेत नभए सम्म धाम र यस क्षेत्रको विकासमा प्रत्यक्ष रुपमा असर पर्दछ भनेर  चेत हुनु जरुरि देखिन्छ ! माल पाएर चाल नपाउने नेपाली उखान जस्तो नहोस !  

पूर्वाधार निर्माणको शिलान्यास गर्दै प्रतिनीधिसभा सदस्य राजेन्द्रकुमार राईले मधुगंगा प्रदेश १ कै आस्थाको केन्द्र रहेकाले धार्मिक तथा पर्यटकीय रुपमा विकास गर्न लागिएको बताए थिए । 

 

धाममा सानाठूला गरी ८७ वटा संरचना निर्माण गरिने भनिए तापनि अहिले सम्ममा धाममा प्राकृतिक सिंढी, पूजा तथा होम गर्ने ठाउँ, पोखरी, शिव मन्दिर, नौवटा ढुंगेधारा, व्यापारिक भवन, सडक, शौचालय, पूजारी घर निर्माण गरिएको छ ! त्यसमा पनि संरक्षणको अभावमा केहि संरचनाहरु टुटेफुटेका छन्, अलिक फोहोर पनि छ र ठेकेदारको लापर्बाहीको कारण टायल विछ्याउदा प्लास्टिक नलागेकोले ति ठाउँमा धेरै नै मात्रामा झारक पोथ्राहरु पलाएको देख्न सकिन्छ !

 

प्रचारप्रसार नहुँदा ओझेलमा

अझै पनि प्रचारप्रसार र राम्रो सडक बाटो नभएको र राम्रो सँग पूर्वाधार निर्माण नहुँदा मधुगंगा धाम ओझेलमा परेको छ ।

यो ठाउँलाई कसै कसैले धनकुटाको पशुपति नाथ पनि भन्छन्। यस  स्थानको बारेमा जानकारी भएकाहरु पितृ श्राद्ध र विभिन्न धार्मिक कार्यक्रम गर्न आउने गरेका छन्। हरेक बर्षको मंसिरे पुर्णिमा उधौँली र साउने र माघें  संक्रान्तिमा हजारौं धामको आस्था राख्नेहरु यहाँ आएर पुजा आज र दर्शन गर्ने गरेको पाइन्छ अझ बिशेष गरी आफ्नो केहि कार्यहरु पुरा होस् भनेर भाकल राख्नेहरु काम फत्ते भए पछी ...भाकल पुरा गर्न, हास, कुखुरा.. परेवा,बोकाहरुको बाली दिने गरेको पनि पाइन्छ ...अझ बिशेष गरी नयाँ धामी धमेनी उत्रे पछी पनि यस ठाउँमा आएर पुजा गर्ने गरेको पाइन्छ ! यस पटकको उधौँलीको ५ दिने मेलामा तपाईहरु पनि आउन सक्नु हुन्छ है ...साथै अन्त्यमा

 यो स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न थालिएको प्रयासले सार्थकता पाए सुनमा सुगन्ध थियो !

No comments:

Post a Comment

दमकमा मञ्जु श्री संवत २८६० डुक ल्हो ( गडुल वर्ग) सोनाम ल्होछार भव्यताको साथ सम्पन्न
दमकमा मञ्जु श्री संवत २८६० डुक ल्हो ( गडुल वर्ग) सोनाम ल्होछार भव्यताको साथ सम्पन्न
 दमकमा मञ्जु श्री संवत २८६० डुक ल्हो ( गडुल वर्ग) सोनाम ल्होछार (नयाँ वर्ष) को शुभकामना आदान प्रदान तथा सस्कृतिक कार्यक्रम भव्यताको साथ दमक -९ को चन्द्रमा पार्कमा आज सम्पन्न भएको छ ! Photo Via : Yumesh PulamiLocation: दमक -९ को चन्द्रमा पार्क ल्होछार शब्द 'ल्हो' अर्थात् वर्ष वा साल र 'छार' वा 'सार' अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि
Photoshoot of Wedding Ceremony [ Photo ]
Photoshoot of Wedding Ceremony [ Photo ]
Remember to us for Photography & Videography Don't hesitate to call us:-☏ 9811644722 👉Engagement | Wedding | Receptions 👉 Birthday | Baby Shoot | 👉 Bartabandha | Puran | Mehandi 👉 Rice Feeding | Picnic | Party 👉 Outdoor | Indoor Photo Shoot 👉 Inbox for more Details ... 👉 Location: Jhapa | Morang | Sunsari~ We are always ready to provide our