Sealine Beach को रात्रि भोज !


गत बिहिबारको साँझ अच्चमै भो ! हाम्रो कम्पनी ( Al khaleejiya )को जेनेरल मेनेजर मोहमद इदले अचानक एउटा पाटी (रात्रि भोज) को आयोजना गरेको देख्दा, फेरी विना जानकारी त्यो पनि सिलाइन विचको वगरमा - छक्क नपर्ने कुरै थिएन, अनि नाइँ/ हुन्न भन्ने कुरै भएन ! उक्त पाटीमा अफिसियली स्टाफ मात्र सामेल भएका थियौ ! किन भने होटल/ रेस्टुरा लाइनमा एकै दिन सबैको छुट्टी मिलाउन सम्भव नै हुदैन !
Sealine Beach - Doha Qatar -Bed Nath Blog
AL Khaleejiy को जेनेरल म्यानेजर मोहमद इद (इजिप्ट), एच. आर. म्यानेजर मेडम हायत (मोरक्को), चिफ एकाउन्टेन्ट मोहमद आन्तर (इजिप्ट), मंदुक हसबल्ला मोहम्मद (सुडान), स्टोर इन्चार्ज टिना गार्सिया (फिलिपिन्स)   Al Mandara Restaurant को फादी (इजिप्ट), Soy Restaurant को एकाउन्टेन्ट इयान (फिलिपिन्स), एकाउन्टेन्ट लिजा (फिलिपिन्स),  Tajine Restaurant म्यानेजर अब्दुल (मोरक्को), एकाउन्टेन्ट रविन्द्र शाह (नेपाल) र लेखापाल म गरि ११ जना रहेका थियौ !

कुरा बुझ्दै जादा त विगत ४/५ वर्ष देखि काम गर्दै आएको म, इयान र टिना फिनिस (पुन: कतार नफर्कने गरि ) जाने तरखरमा रहेको हुदा, हामी ३ लाइ सामुहिक विदा गर्न राखिएको  पाटी रहेछ ! जुन सम्झनाको लागि रहोस भनेर ! हामि साँझ ७ बजे तिर Sealine Beach पुगेका थियौ, उक्त समयमा प्राय: सबै सामुन्द्रिक किनारा तिर हामि जस्ता घुमन्तेहरुले भरिनै लागि सकेको थियो ! सबै तिर चहलपल / मान्छेहरुको हल्लाको गुन्जमान थियो !
अरुले झैँ हामीले पनि केहि समय फुटबल, भलिवल अनि समुन्द्रमा पौडी पनि खेल्यौ ! सबै जना सेकुवा, लेवालानी खाना , सलाद र सफ्ट ड्रिंक्समा रमाए … म लाइ भने अरु बेला अन्य ठाउमा झैँ भेजिटेरिएन हुदाको फसाद त परिनै गयो ! तर पनि केहि रमाइला, ठट्यौली कुराहरु सँगै आ-आफ्नो देशको :- समाज , परम्परा अनि धर्म संस्कृति र अवस्था तथा परिवेषको बारेमा कुरा गर्दै - त्यो हाम्रो रात्रि भोज समापन भयो ! करिब रातको १२ बजे तिर सबै आफ्नो गन्तब्य तिर लम्कियौ ! अब म छिट्टै नै यी साथि संगीहरु सँग छुट्टिएर सधाको लागि टाढा हुन् गै’रहेको छु - त्यसैले पनि मेरो लागी यो पल, यो क्षण सम्झन लायक भएर रहने छ ! त्यसैले त्यस क्षणको केहि स्न्याप मेरो क्यामेरामा पनि कैद गर्न भ्याए र यो ब्लगमा पोस्ट गर्दै छु !
भेटिनु छुटिनु त …संसारकै रित रहेछ ………………
Sealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath BlogSealine Beach - Doha Qatar -Bed Nath Blog
Sealine Beach - Doha Qatar -Bed Nath Blog

4 comments:

  1. तपाई अब नेपाल फिर्दै हुनहुन्छ जस्तो लाग्यो ! फेयरवेल पार्टि नै दिइसकेछन् ! बधाइ तथा शुभकामना छ है !

    ReplyDelete
  2. Feels like you enjoyed a lot.. :) :) Welcome back to Nepal :)

    ReplyDelete
  3. धन्यबाद आकार जी , स्वेता जी & चैतन्य जी !

    ReplyDelete