Asian Highway (AH2) । एसियन हाईवे । [ Vlog ]


करिब 1,41,000 km भन्दा  बढीको लम्बाई रहेको Asian Highway ले एसियाका ३२ देशहरुलाई जोड्ने’छ ! एसियाली राजमार्गको पहिलो चरणको निर्माण सुरु भएको छ ।

यस आयोजनाअन्तर्गत एशियाली विकास बैंकको आर्थिक सहयोगमा पहिलो चरणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकाहीसम्म १२० किलोमिटर चार लेनको सडक निर्माण भइरहेको छ । सरकारले निर्माणको जिम्मा जैन CR F G टुँडी कम्पनीलाई दिएको छ । सडक विस्तारका लागी  झापा र मोरंग अन्तर्गत पर्ने रुख काट्न धमाधम थालिएको छ । यस खण्डमा करिब ६ हजार ७३७ रुख काटिने छन् भने । तीन वर्षभित्र सडक निर्माण सक्ने गरी कम्पनीले सरकारसँग सम्झौता गरेको छ  120 किलोमिटर लामो चार लेन सडक पूर्व-पश्चिम राजमार्गको एक खण्ड अन्तर्गत पर्दछ र यसले झापा, मोरङ र सुनसरी जोड्छ। एसियाली विकास बैंकको २८ अर्ब १७ करोडको लगानीमा निर्माण हुन लागेको हो । साथै ७१ वटा नयाँ पुल निर्माणसँगै राजमार्ग विस्तार हुने भएको छ ।

दुई एसियाली राजमार्गले नेपाल  लाइ अन्य राष्ट्रहरु सँग जोड्ने छ । त्यसमा  Asian Highway 2 (AH2) Asian Highway 42 (AH42) हुन् नेपाल भित्रमा यी दुई Asian Highway  को कुल लम्बाइ १३२४ किलोमिटर रहने छ !

Asian Highway 2 (AH2)

AH2  बंगलादेशको ढाकाबाट सुरु हुन्छ र भारतको नयाँ दिल्लीमा समाप्त हुन्छ। AH2 लम्बाई करिब  1027 km रहेको छ यसलाई  पहिला  Mahendra Raj Marga ले पनि चिनिन्थ्यो जुन  Kakarvitta बाट  Mahendra Nagar सम्मको !

Asian Highway 42 (AH42)

Asian Highway 42 (AH42भारतको रक्सौललाइ जोड्ने दक्षिण सिमाना सहर वीरगन्जबाट सुरु भएर पथलैया, हेटौंडा, नारायणघाट, मुग्लिन, नौबिसे, काठमाडौं, भक्तपुर, धुलिखेल, पाँचखाल, लामोसाङ्गु, बाराबिसे हुँदै कोदारी ( चीनसँग जोड्ने एउटा सिमाना सम्म पुग्दछ ।  यो सडक दक्षिणमा बार्ही (भारत) मा रहेको AH1 मा जोडिएको छ र चीनको AH5 लाई जोड्दछ। सडकको यस खण्डको कुल लम्बाइ २९७ किलोमिटर छ। AH42 ले नेपालमा ‘त्रिभुवन राजपथ’, ‘महेन्द्र राजमार्ग’ पृथ्वी राजमार्ग’, र ‘अरनिको राजमार्ग’ भनेर चिनिने प्रमुख चार राजमार्गहरू छन्।

No comments:

Post a Comment